निर्णय नं. ९३६२ - बन्डा मुचुल्का बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३६२ - बन्डा मुचुल्का बदर भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/०८/०७ ३९८४ श्री सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्र.न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।८।७।१ ०६९-CI-०२४६ मुद्दा : बन्डा मुचुल्का बदर । पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा, लिपनीबिर्ता गाउँ विकास समिति वडा नं.४ बस्ने रजपतिया भन्ने सुन्दरीया धनुकाइनको मु.स.गरी आफ्नो हकमा समेत ऐ.ऐ.बस्ने सुरसतिया धनुकाइन विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला पर्सा, लिपनीबिर्ता गाउँ विकास समिति वडा नं.४ बस्ने रामलखन महतो धानुकसमेत फैसला कार्यान्वयनबाट सिर्जित परिणामलाई सम्बन्धित पक्षले स्वीकार गरी त्यस्तो कार्यान्वयनको परिणामको अंशसमेत आफूले प्राप्त गरेपछि स्वीकार गरिएको पूर्व परिणामलाई पछि अस्वीकार गरी दाबी गर्न नमिल्ने । (प्रकरण नं.६) एकपटक आफूले स्वीकार गरी त्यसबाट फाइदा लिई सकेपछि सोही विषयमा यस्तो होइन भनी दाबी लिन विबन्धनको सिद्धान्तविपरीत हुन जान्छ । अंश मुद्दाको मिलापत्रबाट पूर्व बन्डा मुचुल्कामा उल्लिखित जग्गा नै आफ्नो भाग शान्ति लिई कित्ताकाट गरी दा.खा.दर्ता नामसारीसमेतका कार्य पूरा गरिसकेको अवस्थामा पूर्व बन्डा मुचुल्कालाई मान्दैनौं भन्न प्रमाण ऐन, २०३१ के दफा ३४ ले विबन्धन लाग्ने हुँदा एकपटक स्वीकार गरिसकेको विषयमा पुनः अस्वीकार गरी दाबी गर्न मिल्ने नदेखिने । (प्रकरण नं.७) आफूलाई लाभ हासिल गर्दा कुनै कार्य वा निर्णयलाई मान्ने तर लाभ हासिल गरेपछि सोही कार्य वा निर्णय यस्तो थियो यस्तो हुनुपर्दथ्यो त्यस कार्य वा निर्णयबाट आफूहरूको साम्पत्तिक हकमा क्षति हुन गयो भनी प्रस्तुत गरिएका त्यस्तो दाबी व्यक्तिको द्वैध चरित्र हुँदा त्यस्तो दाबी मान्य हुन सक्दैन । कुनै कार्य वा निर्णयबाट मर्का परेको छ भने सो अवस्थामा कानूनी मार्ग अवलम्बन गर्नुपर्दछ । तर कानूनी मार्ग अवलम्बन नगरी कुनै निर्णयबाट सिर्जित परिणामलाई स्वीकार गरी आफूले लाभ हासिल गरेपछि सोही विषयलाई बदर माग गर्न वा चुनौती दिन मिल्ने नदेखिने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता रामप्रसाद भण्डारी सम्भव प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू कृष्णप्रसाद रौनियार, जितेन्द्रप्रसाद कुर्मी अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा ३४ पजनीको महलको १७ नं. लेनदेन व्यवहारको महलको ४० नं. पर्सा जिल्ला अदालतमा फैसला गर्ने : मा.न्या. श्री तीर्थराज देवकोटा पुनरावेदन अदालत हेटौंडामा फैसला गर्ने : मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री गौरीबहादुर कार्की फैसला न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‌याई हेर्ने निस्सा प्रदान भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ : मूल पुर्खा भेख महतोको २ छोरामा जेठो रामकिसुन महतो र कान्छो रामशरण महतो हुन् । रामकिसुन महतोको छोरा रूपन महतो र रूपन महतोको छोरा शिवनारायण महतो र शिवनारायण महतोको २ श्रीमतीमा जेठी विपक्षी रजपतिया भन्ने सुन्दरीयादेवी र कान्छी विपक्षी सुरसतिया धनुकाइन हुन् । रामशरण महतोको २ छोरामा जेठो प्रमेश्वर महतो र कान्छो सुकदेव महतो हुन् । प्रमेश्वर महतोको २ छोरामा जेठो म फिरादी रामलखन महतो र कान्छो फिरादी विष्णु महतो धानुक हौं । सुकदेव महतो धानुकले हामीसमेत उपर दायर गर्नु भ