निर्णय नं. ९३६४ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३६४ - परमादेश भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/०६/२२ २६७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की आदेश मिति : २०७१।६।२२।४ ०६८–WO–१०१० मुद्दा : परमादेश रिट / निवेदक : रौतहट जिल्ला, ब्रह्मपुरी गाउँ विकास समिति, वडा नं.२ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.५ मालिगाउँ बस्ने अधिवक्ता राजीव सिन्हा राजु विरूद्ध विपक्षी : पशुपति क्षेत्र विकास कोष, गौशाला, काठमाडौंसमेत प्रत्येक व्यक्तिले प्रचलित सामाजिक एवम्‌ सांस्कृतिक परम्पराअनुसार पूजा गर्न पाउनु मौलिक अधिकार भएको र परम्परादेखि चलिआएका त्यस्ता स्थापित पूजा परम्पराको निरन्तरतासमेत हुनुपर्छ । परापूर्वदेखि चलिआएको धार्मिक आस्था एवम्‌ मान्यतामाथि चोट पुग्नेगरी अन्यथा निर्णय गर्नुपनि मनासिब हुने देखिन्न । पूजा गर्दा विशेष पूजाको सामग्रीले असङ्गत प्रवेश पाउने र सामान्य पूजाले भने पशुपतिनाथको मूर्ति रहेको स्थलमा प्रवेश नपाई ढोका बाहिर नै थन्काउन पर्ने अवस्था वाञ्छनीय नहुने । (प्रकरण नं.६) कुनैपनि भक्तले भक्तिको अभिव्यक्त गरेको अनुभूति नै गर्न नसक्ने गरी पूजा सामग्रीहरू नै बाहिरिन पर्ने अवस्था ठीक हुँदैन भने पूजा सामग्रीहरू चढाउने नाममा मूर्ति र सो रहेको क्षेत्रउपर नै क्षय वा ह्रास हुनेगरी नकारात्मक असर पर्न दिन पनि मनासिब हुँदैन । तसर्थ सम्बन्धित निकाय एवम्‌ व्यक्तिहरूबाट सन्तुलित ढङ्गले पूजा व्यवस्थापन गर्नुपर्ने हुन आउने । (प्रकरण नं.७) पूजा सामग्रीको शुद्धताको कुरालाई लिएर भगवानसमक्ष पुर्‍याउन बाधा परेको भन्ने पशुपति क्षेत्र विकास कोषको धारणा हो भनेपनि कोषले व्यवस्था गरेको सामग्री शुद्ध र अन्य व्यक्तिले आफ्नैतर्फबाट ल्याएको पूजा सामग्रीको शुद्धता छैन वा रहँदैन भन्ने कुराको विश्वास गर्न सकिने आधार पनि विपक्षीले दिन सकेको छैन । शुद्ध सामग्री चढाउन प्रोत्साहित गर्नु आफैँमा नराम्रो कुरा नभएपनि त्यसको प्रक्रिया वा संयन्त्र निर्धारण नगरी भक्तजनको पूजा सामग्री अशुद्ध भनी लान्छित गर्नु उचित नहुने । (प्रकरण नं.९) पशुपतिनाथको मन्दिर सार्वजनिक स्थल भई धार्मिक हक एवम्‌ आस्थाको विषय भएकामा यसको व्यवस्थापन गर्नु सार्वजनिक सरोकारको विषय भएको र पूर्व आदेश हुँदासमेत त्यससम्बन्धमा कारवाही चलाएको भएपनि त्यसको कार्यान्वयन नभएकोबाट आस्थाअनुसार पूजा गर्ने कार्यमा अवरोध भएको देखिन आउने । (प्रकरण नं.१०) रिट / निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता राजीव सिन्हा राजु विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता कमलबहादुर बोगटी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ को धारा २३(१) मन्दिर तथा पूजा व्यवस्था नियमावली, २०६८ को निमय ७९(१) आदेश न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको सङ्क्षिप्त तथ्य एवम्‌ आदेश यसप्रकार छ : १. रिट निवेदन व्यहोरा: म निवेदक हिन्दू धर्म कर्ममा अटुट विश्वास गर्ने नेपालको नागरिक हुँ । विगत १२, १५ वर्षदेखि झन्डै दैनिकरूपमा नै श्री पशुपतिनाथको मन्दिर जाने पुष्प बेलपत्र आदि श्री पशुपतिनाथको मूर्तिमा चढाइदिन भट्टज्यू, भण्डारीज्यूलाई दिने गरेको थिएँ साथै श्री पशुपतिनाथका मन्दिरको चार ढोका खुलेको समयमा आफैँ पनि परैबाट पुष्प बेलपत्र आदि श्री पशुपतिनाथको मूर्तिमा चढाउँदै आएको थिए । श्री पशु