निर्णय नं. ९३६५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३६५ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/०५/०६ ३५८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।५।६।६ ०७०-RC-००६४ मुद्दा : कर्तव्य ज्यान । वादी : रतन दमाईको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : सुर्खेत जिल्ला, तरंगा गा.वि.स. वडा नं. ५ घर भई हाल बालसुधार गृह भक्तपुरमा रहेका कृष्ण भन्ने देवेन्द्र नेपाली आधार र कारण बेगर नै राज्यले लिएको दण्ड नीतिकै विपरीत हुने गरी अ.ब.१८८ नं. बमोजिम सजाय घटाउँदै जाने प्रवृत्तिले न त पीडितको भावनामा पुग्न गएको चोटलाई कम गर्न नै मद्दत गर्छ न त दण्डहीनताको स्थितिमा कमी ल्याउनमा नै मद्दत गर्छ । यस्तो विषयमा न्यायकर्ता सधैँ होसियार रहन जरूरी हुने । (प्रकरण नं.७) फौजदारी कसुरमा १६ वर्ष नपुगेकालाई वयस्क अपराधीलाई हुने सरहको सजाय नगरी कम सजाय गर्ने आधार नै सजाय घटाउने आधारको रूपमा बुझ्नुपर्ने हुन्छ । १६ वर्ष पुग्नलाई सामान्य समयको मात्र अन्तर बाँकी रहेकै कारणले त्यस्तो व्यक्तिले अपराधको मतलब र परिणामलाई सम्झन र बुझ्न नसक्ने अवस्थामा रहेकै हुन्छ भन्न नसकिने र १६ वर्ष पुग्न लागेको व्यक्तिमा वयस्कताको लक्षण देखिइसक्ने नै हुँदा त्यस्तो व्यक्तिलाई कानूनले दिन मिल्नेभन्दा बढी रियायत दिन मिल्दैन । कर्तव्य ज्यान जस्तो सङ्गीन र गम्भीर किसिमको फौजदारी मुद्दामा प्रतिवादीलाई उसले घटाएको अपराधको मात्रा अनुसारको उपयुक्त सजायको निर्धारण गरी सुधार गर्नु र पीडितलाई मानवोचित एवम्‌ न्यायोचित तरिकाले न्याय प्रदान गर्न सक्नुपर्ने । (प्रकरण नं.८) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(१)(३) नं. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ (१) नं., १८८ नं. सुरू फैसला गर्ने : मा.जि.न्या. श्री कृष्णबहादुर थापा पुनरावेदन तहमा फैसला गर्ने : मा.का.मु.मु.न्या. श्री विश्वनाथ जोशी मा.न्या. श्री भूपेन्द्रप्रसाद राई फैसला न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, सुर्खेतको मिति २०६७।८।६ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १० र मुलुकी ऐन, अ.ब. १८६ नं. बमोजिम साधक जाँचका लागि जाहेर भई आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर देहायबमोजिम छ : रतन दमाईले दिएको जाहेरी दरखास्तको सङ्क्षिप्त व्यहोरा : मेरो भाइ निरक दमाईलाई मिति २०६५।७।१४ गते साँझ अं. ५.०० बजेको समयमा सुर्खेत तरंगा गा.वि.स. वडा नं. ५ बस्ने वर्ष १७ को देवेन्द्र नेपालीले धारिलो खुकुरीले छातीसमेतको भागमा प्रहार गरी कर्तव्य गरी मारेकाले निजलाई कानूनबमोजिम कारवाही गरिपाउँ । लास जाँच मुचुल्काको व्यहोरा : बायाँ कुममा दुई ठाउँमा र छातीको बीचमा १ इन्चको गहिरो घाउ चोट भएको । लुगासमेत बरामद गरेको २०६५।७।१६ को बरामदी खानतलासी मुचुल्काको व्यहोरा : बींडदेखि टुप्पोसम्मको लम्बाई ९ इन्च भएको सानो खुकुरी थान १, मृतक निरक दमाईले वारदातको समयमा लगाएको खैरो रंगको पाइन्ट थान १, प्रतिवादी कृष्ण भन्ने देवेन्द्र नेपालीले वारदातको समयमा लगाएको पहेँलो रंगको भेस्ट थान १, मृतकको शरीरबाट निकालिएको रगतको स्वाम्प सिसी थान १ बरामद भएको । पोस्टमार्टम रिपोर्टको व्यहोरा : मुटुमा चोट लागेको कारण मृतकको मृत्यु भएको (Hypolumic shock due to cardiac injury) हो । प्रतिवादी कृष्ण भन्ने देवेन्द्र नेपालीले मौकामा गरेको बयानको सङ्क्षिप्त व्यहोरा : म