निर्णय नं. ९३६६ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३६६ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/०९/२१ ६२२० सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७१।९।२१।२ ०६७–CR–०३४० मुद्दा : गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको । पुनरावेदक / वादी : अनुसन्धान अधिकृत केदारनाथ शर्माको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : साबिक महोत्तरी जिल्ला डाम्ही महेशपुर गा.वि.स. वडा नं. १ घर भई हाल धनुषा जिल्ला जनकपुर नगरपालिका –४ स्थायी ठेगाना भएका शिक्षा तथा खेलकूद मन्त्रालयको सहसचिव पदमा कार्यरत वीरेन्द्रकुमार सिंहसमेत आय र व्ययको हिसाब गर्दा विभिन्न घरायसी व्यवहार, सम्पत्तिको व्यक्तिगत लेखा जोखा राख्नुपर्ने दायित्वयुक्त व्यवस्था सुरूदेखि नै नरहेको जस्ता कारक तत्त्वहरूलाई बिर्सेर निरपेक्षरूपले आय व्ययको निर्धारण गर्नु न्यायोचित मान्न नसकिने हुँदा कतिपय अवस्थामा न्यायोचित अनुमानको आधारमा आय व्यय निर्धारण गर्नुपर्दा आय र व्ययको फरक रकमले मात्र राष्ट्रसेवक प्रतिवादीको उच्च जीवनस्तरलाई निर्धारण गर्न नसकिने । कतिपय यस्ता स्रोतहरू हुन्छन् जसबाट व्यावहारिकरूपमा आम्दानी त भएको हुन्छ तर कागज प्रमाण हुँदैनन् । कागज प्रमाणको अभावमा यो यो शीर्षकबाट यति यति आय भयो भनी निष्कर्ष निकाल्न कठिनाई हुने हुँदा कतिपय आयका स्रोत एवम् खर्चको रकम न्यायिक अनुमानबाट पनि यकिन गर्नुपर्ने । (प्रकरण नं.२४) जुन स्रोतहरू प्रतिवादीले व्यक्त गरेबमोजिम विश्वसनीय भएपनि समयको अन्तरालले सम्बन्धित कागज प्रमाण व्यक्तिको साथमा रहिरहन नसक्ने हुनाले बिना प्रमाण आयमा समावेश गर्न पनि नसकिने र आयमा समावेश नगरेको अवस्थामा व्यक्तिलाई मर्का पर्न जाने अवस्थाको विद्यमानता रहेको हुनाले आय र व्ययको रकम निर्धारण गर्दा न्यायिक सद्विवेक प्रयोग हुनु जरूरी र सान्दर्भिक हुने । (प्रकरण नं.२५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता महेश शर्मा पौडेल र विद्वान् उपन्यायाधिवक्ताद्वय मानबहादुर कार्की तथा टिकेन्द्र दाहाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय मिथिलेश कुमार सिंह र कृष्णप्रसाद सापकोटा तथा अधिवक्ताद्वय नरेन्द्रकुमार के.सी. र दिपेन्द्र कुमार झा अवलम्बित नजिर : नेकाप २०६७, नि.नं.८५१९, अङ्क १२, पृ.२००७ नेकाप २०६८, नि.नं.८६३०, अङ्क ६, पृ.९१७ नेकाप २०६८, नि.नं.८७२२, अङ्क ११, पृ.९२८ नेकाप २०६९, नि.नं.८८३२, अङ्क ५ नेकाप २०६९, नि.नं.८७७०, अङ्क २ सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) सुरू फैसला गर्नेः अध्यक्ष मा.न्या.श्री गौरीबहादुर कार्की सदस्य मा.न्या.श्री ओमप्रकाश मिश्र सदस्य मा.न्या.श्री केदारप्रसाद चालिसे फैसला न्या.गिरीश चन्द्र लाल : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालतको मिति २०६७।०१।२८ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ । शिक्षा तथा खेलकूद मन्त्रालयका सहसचिव (तत्कालीन निर्देशक, क्षेत्रीय शिक्षा निर्देशनालय, मध्यमाञ्चल, काठमाडौं) वीरेन्द्रकुमार सिंहले देखाएको कूल स्वआर्जित सम्पत्ति रू.४४,२९,०००।– मध्ये निजले पेस गरेको स्रोतबाट रू.२०,८१,२४९।– मात्र पुष्टि हुन आएको हुँदा रू.२३,४७,७५१।– बराबरको सम्पत्तिको स्रोत पुष्टि भएक