निर्णय नं. ९३७१ - निर्णय दर्ता बदर दर्ता हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३७१ - निर्णय दर्ता बदर दर्ता हक कायम भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/११/११ ३७०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७१।११।११।२ ०६६-CI-०५२१ मुद्दा : निर्णय दर्ता बदर दर्ता हक कायम । पुनरावेदक / वादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १९ बस्ने शंकरदेव पाण्डेकी श्रीमती वर्ष ५० की पुष्पा पाण्डेको मु.स.गर्ने शंकरदेव पाण्डेको छोरा प्रकाश पाण्डे विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध भूःबहाल बस्ने रामबहादुर श्रेष्ठको मु.स. गर्ने ऐ.ऐ. बस्ने रामबहादुर श्रेष्ठकी श्रीमती अं. वर्ष ७५ की बुद्धिमाया श्रेष्ठसमेत कुनैपनि जग्गासम्बन्धी मुद्दाको विवादमा हकदैया, हदम्याद र हकको स्रोतको विवेचना हुन जरूरी हुन्छ । आयकर अदालतको कार्यबाट कुनै जग्गामा कसको हक पुगेको छ छैन भनी हेरिने कार्य हुन नसक्ने । आफ्नो हक कायम भएको जग्गा हो र त्यस्तो जग्गा अरू कसैले दर्ता गराएको रहेछ भने जग्गा पजनीका १७ नं. समेतको आधारमा दूषित दर्ता भएका मितिले ६ महिनाभित्र नालेस गर्नुपर्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता जगतबहादुर कार्की विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता शिवराम देवकोटा अवलम्बित नजिर : नेकाप २०४२, नि.नं.२२६४, पृ.१३७ सम्बद्ध कानून : मुलुकी ऐन, दण्डसजायको महलको १७, १८, ४३ नं. फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छः ससुरा मुक्तिदेव पाण्डे र सासू भक्तिदेवी पाण्डेका ३ भाइ छोराहरूमा जेठो विद्यादेव पाण्डे, माहिला भिमदेव पाण्डे र कान्छा म फिरादीका पति शंकरदेव पाण्डे भएकामा वहाँको मिति २०४९।९।२ मा मृत्यु भइसकेको छ । निज शंकरदेवको हक खाने हकदारमा म फिरादी श्रीमती र छोराहरू दिपकदेव पाण्डे र प्रकाशदेव पाण्डे छन् । जेठा विद्यादेव पाण्डे र निजका श्रीमती दुर्गादेवी पाण्डेको निःसन्तान अवस्थामै मृत्यु भइसकेको छ । माइला भिमदेव पाण्डेको २०२७ सालमा मृत्यु भएको र वहाँको हक खाने प्रतिवादी चुनुदेवी पाण्डे हुन् । सासू भक्तिदेवी पाण्डे र गणेशबहादुर खड्काबीच चलेको जग्गा दपोट मुद्दामा आयकर अदालतबाट मिति २०२४।७।७ मा भएको फैसलाबाट साबिक का.स.२९ नं. मौजाको कि.नं. ५८९।२९९ को क्षेत्रफल ८-०-०-० जग्गा सर्वे नापीमा काठमाडौं जिल्ला बौद्ध गा.वि.स. वडा नं. ५ (ग) कि.नं. ८४ को ६-१५-०-० भई नापनक्सा भएको जग्गामा विपक्षी रामबहादुर श्रेष्ठ र मंगले श्रेष्ठबीच अंशबन्डा गराई उक्त कि.नं. ८४ को जग्गालाई कि.का. गराई कायम भएको कि.नं. ३७३ को ३-७-२-० जग्गा मंगले श्रेष्ठका नाउँमा र कि.नं. ३७२ को ३-७-२-० जग्गा रामबहादुर श्रेष्ठका नाउँमा दर्ता भएकामा आयकर अदालतको फैसलाबमोजिम सासू भक्तिदेवी पडेनीको नाउँमा दर्ता हुने ठहरेकामा निज सासूको २०३४ सालमा मृत्यु भएपश्चात्‌ हकखाने हकदारमा भक्तिदेवी पडेनीका छोराहरू विद्यादेव पाण्डे भिमदेव पाण्डे र शंकरदेव पाण्डे भएकामा विद्यादेव पाण्डेको समेत मृत्यु भई निजको हकदार श्रीमती चुनुदेवी पाण्डे र वहाँका छोराहरू अच्युतराज पाण्डे र विश्वराज पाण्डे हुनुहुन्छ । कान्छो छोरा शंकरदेव पाण्डेको मृत्युपश्चात्‌ वहाँको हकखाने म फिरादी पुष्पा पाण्डे हुँ । त्यसैले सासू भक्तिदेवी पाण्डे