निर्णय नं. ९३७२ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३७२ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/१२/१२ ४६४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७१।१२।१२।५ ०७०-WO-०७८६ विषयः उत्प्रेषण / परमादेश निवेदक : लमजुङ जिल्ला, समिभन्ज्याङ्ग गाउँ विकास समिति वडा नं. ९ घर भई हाल ऐ. ऐ. जिता गाउँ विकास समिति वडा नं. १ बस्ने रविना थापा भुजेल विरूद्ध विपक्षी : पुनरावेदन अदालत, पोखरासमेत साधारण क्षेत्राधिकारको अवलम्बन गर्ने सिलसिलामा भएका त्रुटिलाई सच्याउन कानूनबमोजिमको मार्ग नभएमा वा कानूनले अवरूद्ध गरेमा त्यसलाई असाधारण अधिकारको दुहाई माग्दै कोही अदालतमा शरण पर्दछ भने अदालतले शरणको मरण गर्दैन । त्यस्ता प्रत्यक्ष त्रुटिपूर्ण कार्य गर्नबाट रोक्न, भइसकेका कार्य बदर गरी हक अधिकारको सुनिश्चितताको लागि उपयुक्त आदेश जारी गर्ने असाधारण अधिकार क्षेत्र यस अदालतलाई संविधानले नै दिएको पाइने । (प्रकरण नं.२) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू शेरबहादुर के.सी., बसन्तप्रसाद रिमाल र रामचन्द्र पौडेल विपक्षीका तर्फबाट : अवलम्बित नजिर : नेकाप २०७०, अङ्क ३, नि.नं.८९७२, पृ.३१८ नेकाप २०६८, अङ्क ११, नि.नं.८७१३, पृ.१८१२ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १९, १०७(२) आदेश न्या.दीपकराज जोशी : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ : म निवेदिकाले विपक्षी प्रेमबहादुर भुजेललाई प्रतिवादी कायम गरी मिति २०६८ भाद्रमा लमजुङ जिल्ला अदालतमा अंशसमेत माग गरी सम्बन्ध विच्छेद मुद्दा दायर गरेकी थिएँ । विपक्षी प्रेमबहादुर भुजेल, विपक्षी प्रेमबहादुर भुजेलका पिता बुद्धिबहादुर भुजेल, आमा चिजा भुजेल र भाइ अमृत भुजेल गरी जम्मा ४ मूल अंशियारमध्ये विपक्षी प्रेमबहादुर भुजेलको १ भाग अंश भागबाट म निवेदिकालाई आधा अंश दिलाउने गरी लमजुङ जिल्ला अदालतबाट मिति २०६९।४।१० मा फैसला भएको, सो फैसलाउपर विपक्षी प्रेमबहादुर भुजेलले पुनरावेदन अदालत, पोखरामा पुनरावेदन गरेकामा पुनरावेदन अदालत, पोखराबाट पुनरावेदन जिकिर पुग्न नसक्ने भनी सुरू लमजुङ जिल्ला अदालतको फैसला सदर गरी मिति २०७०।१।२५ मा अन्तिम फैसला भएपछि म निवेदिकाले लमजुङ जिल्ला अदालत तहसिल शाखामा फैसलाबमोजिम बन्डा छुट्याई पाउँ भनी निवेदन दिई बन्डा छुट्टयाउने प्रक्रिया अगाडि बढिरहेको थियो । जिल्ला अदालतको आदेशउपर विपक्षी प्रेमबहादुर भुजेलले पुनरावेदन अदालत, पोखरामा अ.ब. को १७ नं. बमोजिम निवेदन गरेकामा पुनरावेदन अदालत, पोखराबाट भएको अन्तिम फैसलाबमोजिम वादीले बन्डा छुट्याई पाउँ भनी दरखास्त दिई प्रतिवादीका नाउँमा म्याद जारी भएपछि मात्र अंशियार कायम गरिपाउँ भनी निवेदन दिएको देखिँदा निज प्रमिला भुजेललाई अंशियार कायम गर्न मिलेन भनी तहाँ लमजुङ जिल्ला अदालतबाट मिति २०७०।१०।२४ मा भएको आदेश जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८ख एवम् सम्मानित सर्वोच्च अदालतबाट पुनरावेदक निर्मला रोका विरूद्ध बालकृष्ण रोका भएको अंश मुद्दा (ने.का.प. २०७० अङ्क ३ नि.नं. ८९७२ पृष्ठ ३१८) मा भएको व्याख्यासमेतका आधारमा मिलेको नदेखिँदा बदर गरी दिएको छ । निवेदकको निवेदनउपरको कारवाही जिल्ला अदालत नियमावली, २०५३ को नियम ७८ख मा उल्लेख भएबमोजिमको कानूनी प्रक्रिया पूरा गरी नियमानुसार गर्नु भनी