निर्णय नं. ९३७३ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३७३ - परमादेश भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/११/१३ २७४९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७१।११।१३।४ ०७१-WO-०१९० मुद्दा : परमादेश रिट निवेदक : जिल्ला सर्लाही गा.वि.स. गोडैता वडा नं. १ घर भई हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालअन्तर्गत प्यारासाइटोलोजी युनिट प्याथोलोजी ल्याब टेक्निसियन अधिकृत छैठौं तहमा कार्यरत शोभाचन्द्र मिश्र विरूद्ध विपक्षी : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रामशाहपथ काठमाडौंसमेत स्वास्थ्य सेवा जस्तो संवेदनशील र अत्यावश्यकीय सेवाअन्तर्गतको कर्मचारी भएको देखिन्छ । निवेदक कर्मचारीले सरकारले खटाएको कार्यालयमा गई स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा सरूवा भएको करिब तीन महिनासम्ममा पनि बरबुझारथ नगरी स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवामा आलटाल गरी सरूवा भएको कार्यालयमा नगई आफ्नो कर्तव्य पूरा नगर्ने तर सरूवा भएको करिब तीन महिनापछि केवल पत्र बुझेको मितिलाई आधार लिई रिट निवेदनको माध्यमबाट अधिकारको मात्र खोजी गर्नु न्यायसङ्गत हुने नदेखिने । अधिकार र कर्तव्य एकैसाथ आउने कुरा हुन् । अधिकार खोज्नेले आफ्नो कर्तव्यको पनि पालना गर्नुपर्ने हुन्छ । निवेदक सरूवा भएको लामो समयसम्म पनि सरूवा भएको कार्यालयमा नजानुबाट निजले आफ्नो कर्तव्यको पालना गरेको देखिँदैन । रिट निवेदकले दाबी लिएको बरबुझारथको म्यादसमेत हालसम्ममा समाप्त भइसकेको अवस्था हुँदा सोसम्बन्धमा प्रस्तुत रिट निवेदनबाट आदेश जारी गरिरहन पर्ने नदेखिने । (प्रकरण नं.२) रिट निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू सुनिलरञ्जन सिंह, अरविन्दकुमार सिंह र धिरेन्द्रकुमार शाह विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी र विद्वान्‌ अधिवक्ता पूर्णिमा गुरागाईंं अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.चोलेन्द्र शमशेर ज.ब.रा. : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) अनुसार पर्न आएको रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम्‌ आदेश यसप्रकार छ : नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मिति २०७०।६।१८ को पत्रद्वारा म निवेदकलाई वीर अस्पतालबाट जिल्ला स्वास्थ्य कार्यालय, गोरखा सरूवा गरिएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको (यसपछि वीर अस्पताल भनीएको) मिति २०७०।९।७ को बरबुझारथको पत्र मिति २०७०।९।१० मा प्राप्त हुन आएको हो । बरबुझारथ गर्दै गरेको अवस्थामा एक्कासी मिति २०७०।९।१४ मा नै हाजिर रजिस्ट्ररमा हाजिर गर्ने ठाउँमा नै "सरूवा भएको ठाउँमा हाजिर हुन जानू" भनी उल्लेख गरी खाली ठाउँसमेतमा कलमले कोरिदिने विपक्षीको कार्य बद्‌नियतपूर्ण हुनुका साथै निजामती सेवा नियमावली, २०५० को नियम ४०(१) विपरीत रहेको प्रस्ट छ । नियमले प्रदान गरेको समयावधि व्यतीत नहुँदै र बरबुझारथको कार्य पनि सम्पन्न नभएको अवस्थामा रमाना पत्रसमेत नबुझाई हाजिर रजिस्ट्ररमा कोर्नु र सरूवा भएको ठाउँमा जानु भनी लेख्ने कार्य गैरकानूनी र असंवैधानिक भएको भनी यस अदालतमा दिएको रिट निवेदन विचाराधीन अवस्थामा छ । म निवेदक बरबुझारथ गर्दा कै अवस्थामा बिरामी परी बिरामी बिदा दिँदा सुरूमा स्वीकृत गरेको पछि नेपाल सरकारको चिकित्सालयबाट प्राप्त प्रेस्क्रिप्सन साथ राखी बिरामी बिदा माग गर्दा नदिएको कारण हुलाकद्वारा र कुरियर गरी बिरामी बिदा पटकपटक पठाएको छु । म निवेदकलाई बेड रेस्ट लेखेको कारण सरूवा