निर्णय नं. ९३७५ - मोही बेदखली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३७५ - मोही बेदखली भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/०७/२१ २७७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।७।२१।६ ०७०-CI-०३६१ मुद्दा : मोही बेदखली । पुनरावेदक / वादी : जिल्ला बाँके मनिकापुर गा.वि.स. वडा नं.४ बस्ने सन्तराम अहीर विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बाँके मनिकापुर गा.वि.स. वडा नं.४ बस्ने गंगाराम अहीर प्रतिवादी प्रत्यर्थीले मोही बेदखली गरेको स्पष्ट देखिएको अवस्थामा वादी दाबी पुग्न नसक्ने गरी भएको सुरू भूमिसुधार कार्यालय, बाँकेको मिति २०६२।२।२९ को फैसला, त्यसैलाई सदर गरेको पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६७।१२।१६ को फैसलासमेत मिलेको नदेखिँदा ती दुवै फैसला उल्टी भई प्रतिवादी प्रत्यर्थीले मोही बेदखली गरेको हुँदा प्रत्यर्थीलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ को उपदफा (१) (क) (ख) बमोजिम रू.१०००।- जरिवाना भई ऐ. ३२(२) (क) बमोजिम वादीलाई फेरि भोगचलन गर्न दिनु भनी विपक्षी जग्गाधनीका नाममा निर्देशसमेत गर्ने । (प्रकरण नं.२) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता मधुर पाठक प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता बद्री पाठक अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ को उपदफा १(क)(ख), ३२(२)(क) सुरू तहमा फैसला गर्ने : भूमिसुधार अधिकारी श्री अमृतकुमार कर्माचार्य पुनरावेदन तहमा फैसला गर्ने : मा.मुख्य न्या. श्री केशवप्रसाद मैनाली मा.न्या. श्री रमेश पोखरेल फैसला न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६७।१२।१६ को फैसलाउपर वादीको यस अदालतमा पर्न आएको निवेदनमा यस अदालतबाट मिति २०७०।५।११ मा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ : जिल्ला बाँके मनिकापुर गा.वि.स. वडा नं. ४क कि.नं. ४२ कित्ता काट भई कायम कि.नं. २४८ को जग्गा बिगाहा ०-८-१४ जग्गा प्रतिवादीको नाउँमा दर्ता छ । उक्त जग्गा साबिक भूमिसुधार लागू हुँदाका अवस्थाभन्दा पहिलेदेखि नै मैले मोहीको हैसियतले जग्गा जोती आएको छु । उक्त कित्ता जग्गामा मेरो मोही हक कायम रहेकामा २०६० सालको हिउँदे बाली गहुँ लगाउन भनी मिति २०६०।८।१० का दिन जग्गा जोतिरहेको बखत प्रतिवादी जग्गाधनी आई मेरो हलोगोरू रोकी गाली गरी म मेरो जग्गा आफैँ जोत्छु भनी मलाई जग्गा जोत्न दिएनन् । मेरो मोही हकमा बेदखल गरेकाले भूमिसम्बन्धी ऐन, २०१२ को दफा ३२(१)(ख) बमोजिम प्रतिवादी जग्गाधनीलाई जरिवाना गरी ऐजन ऐनको दफा ३२(२) बमोजिम जग्गा जोत्न दिनु भनी निर्देशन जारी गरिपाउँ र ऐजन ऐनको दफा ३२(२)(ख) बमोजिम हर्जनासमेत दिलाई भराई पाउँ भन्ने व्यहोराको फिरादपत्र । मेरो नाउँमा दर्ताको वादीले फिरादमा उल्लेख गरेको जग्गा धेरै वर्षदेखि आफैँ जोती कमाई आएको छु । विपक्षीको नाम जग्गाधनी दर्ता प्रमाण पुर्जामा मात्र उल्लेख छ । निजले मोहियानी हकको प्रमाणपत्र प्राप्त गर्न सकेको छैन । मोही प्रमाणपत्र नै प्राप्त नगरेको जग्गामा मेरो मोही हक भएको जग्गा हो भन्न मिल्ने होइन । जोत्न नदिई मोही हक बेदखल गर्‍यो भन्ने विपक्षी वादीको फिराद खारेजभागी छ भन्ने व्यहोराको प्रतिउत्तरपत्र । यी वादीसँग मोही प्रमाणपत्र, यो वर्षभन्दा अगाडि जग