निर्णय नं. ९३७६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३७६ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७१/०२/०१ ९७५४ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री सुशीला कार्की आदेश मिति : २०७१।२।१।५ ०७०-WS-००३१ विषय : उत्प्रेषण निवेदक : चितवन जिल्ला माडी अयोध्यापुरी गा.वि.स. वडा नं. ८ घर भई हाल भारतीय सेनामा कार्यरत विशाल दुरासमेत विरूद्ध विपक्षी : पञ्जिकाधिकारीको कार्यालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, पुल्चोक ललितपुरसमेत पतिपत्नीको सम्बन्ध विश्वासमा आधारित भावनात्मक प्रकारको हुनुका साथै उनीहरूबीच कानूनी बन्धन पनि हुन्छ । विवाह एक धार्मिक संस्कार हो । विवाहमार्फत एक परिवारको निर्माण हुन्छ । परिवार एउटा सामाजिक संस्था हो । विवाहपश्चात् पति र पत्नीदुवैमा दायित्व सिर्जना हुन्छन् । एकअर्कालाई माया ममता गर्ने, सुख दुखमा साथ दिने, सकेको सहयोग गर्ने, एक अर्कालाई दुर्वचन नबोल्ने र दुर्व्यवहार नगर्ने, एक अर्काको भावनाको कदर गर्ने, एक अर्कालाई धोका नदिने, झुठो नबोल्ने इत्यादि वैवाहिक जीवनका आधारभूत मर्यादा मानिने । (प्रकरण नं.२) वैवाहिक जीवनको अन्त्य सम्बन्ध विच्छेद हो । सम्बन्ध विच्छेद पति र पत्नीबीचको कानूनीसम्बन्धको विसर्जन हो । सम्बन्ध विच्छेदपश्चात् पति र पत्नी दुवै एक अर्काको दायित्व विमुख हुने । (प्रकरण नं.३) पत्नीको मन्जुरी नभै अरूले करणी गरेमा सो कार्य जबर्जस्ती करणी हुन जान्छ । पत्नीले मन्जुरीले परपुरूषसँग करणी गराएको अवस्थामा पतिपत्नीबीचको सम्बन्धमा आउने हुँदा सम्बन्ध विच्छेद पनि हुन सक्ने । (प्रकरण नं.४) पतिपत्नीबीच विभिन्न कारणले उत्पन्न हुने कटुताले सम्बन्ध विच्छेद गर्न बाध्यता हुन जान्छ । विवाह उपरान्त पत्नीप्रति इमानदार हुनुपर्ने पतिको कर्तव्य हुन्छ । पतिले परस्त्रीसँग सम्बन्ध राखेको कुरा स्वीकार गरेमा वा प्रमाणित भएमा सो कार्य अपराधजन्य हुनुका साथसाथै पत्नीले सो आधारमा पतिसँग सम्बन्ध विच्छेद गर्न सक्ने । (प्रकरण नं.५) महिलाको प्रजनन स्वास्थ्य तथा प्रजननसम्बन्धी हकको संवैधानिक व्यवस्थालाई रक्षा गर्नु राज्यको दायित्व हो । महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी हकअन्तर्गत महिलाहरूलाई प्रजनन स्वास्थ्यसम्बन्धी जानकारीमूलक सूचना दिनुपर्ने, प्रजनन स्वास्थ्यका लागि आवश्यक पर्ने औषधि उपचार निशुल्क र सुलभ हुनुपर्ने, पौष्टिक आहार राज्यले उपलब्ध गराउनुपर्ने स्वास्थ्य संस्थाहरू पर्याप्त मात्रामा स्थापना हुनुपर्ने महिलाले बच्चा जन्माउने वा नजन्माउने छनौट गर्ने जन्मान्तर निर्धारण गर्ने, कानूनबमोजिम गर्भपतन गर्ने, यौनहिंसाबाट मुक्ति पाउने परिवार र समाजबाट यातना क्रूर अमानवीय व्यवहार विरूद्धको अधिकार इत्यादि विषयहरू पर्ने । (प्रकरण नं.६) कुनै व्यक्ति विशेषको चरित्रसम्बन्धी कुरालाई लिएर नभै समग्र विवाहित पुरूष तथा समग्र विवाहित महिलासँग सम्बन्धित विषयको गरेको अवस्थामा व्यक्तिगत चरित्र हत्या गरेसरह गोपनीयतासम्बन्धी मौलिक हकको उल्लङ्घन भएको मान्न नमिल्ने । (प्रकरण नं.८) कानूनी व्यवस्थाहरूको खास प्रयोजन व्यक्तिको नातासम्बन्धी प्रमाण सिर्जना गर्नु हो । यिनै नाता देखिने प्रमाण पेस गरेर व्यक्तिले न्यायिक निकायमा हक अधिकारको दाबी गर्न सक्तछन् । यतिमात्र नभै कुनै व्यक्तिको अरूसँग नातासम्बन्धी विवाद उत्पन्न भयो भने यस्ता प्रमाणहरूले विवाद निरूपण गर्न मद्दत गर्न सक्ने । (प्रकरण नं.१०) न्यायिक निकायले प्रमाणक