निर्णय नं. ४२८० - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२८० - बन्दीप्रत्यक्षीकरण भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०५/०२ २५०३ निर्णय नं. ४२८० ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४८ सालको रिट नं. १४१९ आदेश भएको मिति: २०४८।५।२।१ मा निवेदक : डिल्लीबजार खोर थुनामा रहेको उत्तरकुमार श्रेष्ठको हकमा प्रकाशमणी प्रधान विरुद्ध विपक्षी : प्रमुख भन्सार अधिकृत, त्रि.वि. भन्सार कार्यालय विषय : बन्दीप्रत्यक्षीकरण (१) भन्सार कार्यालयबाट मुद्दाको फैसला भई निवेदक कसूरदार ठहरेको र सो फैसलाबाट निजलाई भएको सजायँको कार्यान्वयनको सिलसिलामा निज कैदमा परेकोले सो फैसला कायम रहे सम्म निजको थुनालाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ७) (२) पुनरावेदन सुन्ने निकायले मुद्दाका विवादास्पद तथ्यहरु र सम्बद्ध प्रमाणहरुको समेत छानवीन र विश्लेषण गरी निवेदकलाई आपराधिक दायित्वबाट पूर्णतः मुक्त गरी सफाई पनि दिन सक्ने हुनाले निवेदकले रोजेको पुनरावेदनको उपचार त्यस अर्थमा निजले यस अदालतबाट प्राप्त गर्न सक्ने (साविक पेज नं. १५४) असाधारण उपचार भन्दा पनि बढी प्रभावकारी र सार्थक हुन सक्तछ । (प्रकरण नं. ७) (३) प्रचलित नेपाल कानुनद्वारा व्यवस्थित सामान्य न्यायिक प्रक्रियालाई विल्कुलै वेवास्ता गरी कानुन बमोजिम अधिकार प्राप्त न्यायिक वा अर्धन्यायिक निकायको कारवाही वा निर्णयमा यस अदालतले आफ्नो असाधारण अधिकार क्षेत्रको रोहबाट हस्तक्षेप गर्न उचित नहुने । (प्रकरण नं. ७) (४) यस अदालतको असाधारण अधिकार क्षेत्रको उद्देश्य वा प्रयोजन मातहतका अदालत वा अन्य न्यायिक निकायहरुको अधिकार क्षेत्रको ठाउँ लिने वा प्रतिस्थापन गर्ने होइन आफ्नो अधिकार क्षेत्र अन्तर्गतको विषयवस्तु वा विवादको निर्णय गर्ने अधिकार प्रत्येक न्यायिक निकाय वा अधिकारीलाई हुने । (प्रकरण नं. ७) (५) निर्णय त्रुटिपूर्ण भयो भन्दैमा कानुनद्वारा व्यवस्थित पुनरावेदनको प्रक्रिया नै निरर्थक तुल्याउने गरी असाधारण अधिकार क्षेत्रको रोहबाट यस अदालतले त्यो निर्णयमा हस्तक्षेप गर्न वा पुनरावेदन सुन्ने अधिकारीलाई उसको कानुन प्रदत्त अधिकार प्रयोग गर्न नदिएर सोझै यस अदालतले हस्तक्षेप गर्नु उचित वा तर्कसंगत नहुने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश प्र.न्या.विश्वनाथ उपाध्याय १. प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म निवेदक मिति २०४७।८।१२।४ का दिन बेलुका शाही नेपाल वायु सेवा निगमको उडानबाट हङकङ देखि काठमाडौं आएको थिएँ । सो जहाज भित्र रहेका जुस क्यान भित्र फेला परेको पन्द्र किलो ६६१ ग्राम (१५–६६१) सुनका सम्बन्धमा भन्सार चोरी पैठारी गरेको भन्ने विषयमा मिति २०४७।६।२५ मा बयान गराउँदा आफू निर्दोष रहेको भनी स्पष्ट बयान गरेपछि हाल तारेखमा राखी कारवाही गर्ने भनी आदेश भयो । ३. त्यसपछि राजश्व अनुसन्धान महाशाखामा मिति २०४०।९।२, २०४७।११।१ र २०४७।११।९ मा गरी पटक पटक बयान गराई मिति २०४७।११।१४ मा पत्र लेखी कारवाहीको लागि मानिस सहित कागज पठाएकोले भनी विपक्षी समक्ष हाजिर भएँ र सोही मिति देखि म गैरकानुनी हिरासतमा छु । विपक्षीले राजश्व अनुसन्धान शाखाको निवेदनमा मिति २०४७।११।१७ र २०४७।११।१९ मा ततिम्बा बयान गराई सोही मितिमा रु. ८१,०१,०६९।– धरौटी माग गर्दै सो दिन नसकेको भनी पूर्पक्षको लागि हिर