निर्णय नं. ९३८१ - अपहरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३८१ - अपहरण भाग: ५७ साल: २०७२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७१/१०/०५ ४१४७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्र.न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।१०।५।२ ०६८-CR-१४२४ मुद्दा : अपहरण । पुनरावेदक / वादी : राम ठकुरीको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : सुनसरी जिल्ला, इनरूवा न.पा. वडा नं. ३ घर भै हाल ललितपुर जिल्ला, हरिसिद्धि गा.वि.स. हात्तिवन बस्ने मुरारी भुजेल ०६९-CR-०००४ पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला, इनरूवा न.पा. वडा नं. ३ घर भै हाल कारागार कार्यालय नख्खु थुनामा रहेको मुरारी भुजेल विरूद्ध विपक्षी / वादी : राम ठकुरीको जाहेरीले नेपाल सरकार सजायमा तल्लो र माथिल्लो हद राख्नु भनेको अपराध गर्दाको अवस्था, परिस्थिति र प्रतिवादीको कसुरमा संलग्नता आदिसमेतको आधारमा न्यायकर्ताले आफूमा निहीत स्वविवेकीय अधिकारको प्रयोगद्वारा प्रतिवादीलाई सजायको निर्धारण गर्नकै लागि भएको हुन्छ । कानूनमा व्यवस्था भएअनुसार यी प्रतिवादीलाई सजाय तोकिएको देखिँदा त्यसलाई अन्यथा मान्न नमिल्ने । (प्रकरण नं.२) अपराध गर्ने कार्यमा दुईजना संलग्न रहेको भन्ने तथ्य नै पुष्टि हुन नसकेको स्थितिमा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ७ नं. बमोजिम उक्त महलबमोजिम हुने सजायमा थप २ वर्ष कैदको दाबी लिएको हकमा त्रुटिपूर्ण भई मिलेको नदेखिने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता रमादेवी पराजुली विपक्षी / प्रतिवादी : विद्वान्‌ अधिवक्ताहरू विष्णुमाया भुषाल, रिना डंगोल र उमेशप्रसाद गौतम अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, ३, ७, १२ सुरू फैसला गर्ने : मा.जि.न्या.श्री लेखनाथ ढकाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री एकराज आचार्य मा.न्या.श्री सत्यराज गुरूङ फैसला न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को ९(१) बमोजिम यसै अदालतले क्षेत्राधिकारभित्र रही दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १२ स्थित पूर्वमा पाटन औद्योगिक क्षेत्रको कम्पाउन्ड, पश्चिममा बटुकभैरव मन्दिर उत्तरमा प्रयागपोखरीतर्फ जाने सडक, दक्षिणमा सडक तथा आर्मी पेट्रोल पम्प यति चार किल्लाभित्र मिति २०६७।४।६ गते राती २१ बजेको समयमा बा१ज २७३२ नं. को भाडा ट्याक्सी उत्तर मोहडा गरी रहेको उक्त ट्याक्सीबाट अं. २० मिटर टाढा पछि नाम खुल्न आएको मुरारी भुजेल शङ्कास्पदरूपमा हिँडिरहेको निजको शरीर तलासी लिँदा निजको साथबाट कालो रङ्गको झोलाभित्र SENBEN लेखिएको क्यासेट थान १, स्यामसुङ कम्पनीको बिना सिमकार्डको मोबाइल थान १, नोकिया कम्पनीको बिना सिमकार्डको मोबाइल थान १, काठको बिँड भएको बञ्चरो थान फेला परेको घटनास्थल र बरामद गरेको ठाउँको चार किल्ला विवरण । मिति २०६७।४।६ गते राती २१ बजेको समयमा पछि नाम खुल्न आएको मुरारी भुजेलसमेतले हातमा बञ्चरो पेस्तोल देखाई बा१ज २७३२ नं. को ट्याक्सी चालक राम ठकुरीलाई ललितपुर बल्खुबाट नियन्त्रणबाट लिई लगनखेल बटुक भैरव मन्दिरको सडक गल्लीमा लगी निजको साथमा भएको नगद तथा धनमाल फिरौती लिई रहेको भन्ने खबर प्राप्त भई उक्त स्थानमा खटिई जाँदा मुरारी भुजेललाई बरामदी मुचुल्कामा उल्लिखित सामानसहित पक्राउ गरेकाले निजलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रह