निर्णय नं. ९३८२ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३८२ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७१/०२/२६ ३६५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७१।२।२६।२ ०६६-WO-०६१९ मुद्दा : उत्प्रेषण / परमादेश । निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९ प्याफलटोल बस्ने बीना कंसाकारको मु.स. गर्ने अनिता कंसाकारसमेत विरूद्ध विपक्षी : पुनरावेदन अदालत, पाटन, ललितपुरसमेत सुरू अदालतले गरेको आदेशउपर परेको अ.बं. १७ नं. बमोजिमको निवेदनको रोहबाट पुनरावेदन सुन्ने अड्डाले रीत बेरीतसम्म हेरी बेरीत देखिन आए रीतपूर्वक गर्न गराउनको लागि आदेश दिनसम्म सक्नेमा मुद्दाको तथ्यभित्र प्रवेश गरी अन्तिम नभएको मुद्दाको परिणाम नै फरक पर्ने गरी पुनरावेदकीय क्षेत्राधिकार ग्रहण गरी सुनुवाइ गरे जस्तो निष्कर्ष निस्कने गरी आदेश गर्न नमिल्ने । (प्रकरण नं.७) अंश मुद्दामा मानो छुट्टिएको मितिका सम्बन्धमा जिल्ला अदालतले प्रतिउत्तरसमेतको आधारमा मुद्दाका पक्ष विपक्षको सुनुवाइ गरी कुनै आदेश नै नगरेको अवस्थामा यस मितिलाई मानो छुट्टिएको मिति कायम गरिदिने गरी पुनरावेदन अदालतबाट हस्तक्षेप गरेको कार्यलाई कानूनसङ्गत मान्न नमिल्ने । आफूसमक्ष परेको अंश मुद्दाको फिरादमा उल्लेख भएको मितिमा वा प्रतिउत्तर परेपछि सोमा उल्लेख भएको मिति वा अन्य कुनै मितिमा मानो छुट्टिएको मिति कायम गर्नुपर्ने हो सो कुरा जिल्ला अदालतले तथ्य, प्रमाण, कानून र न्यायका सिद्धान्त एवम्‌ न्यायिक प्रचलनसमेतको आधारमा सो मिति कायम गर्ने हो । जिल्ला अदालतबाट सोबमोजिमको कुनै मिति नै कायम नभएको वा नगरेको अवस्थामा फिरादमा उल्लेख भएको कुनै शब्दावली वा व्यहोरालाई सच्याउने विषयको निवेदनबाट सच्याउन मिल्ने वा नमिल्ने भन्नेसम्मको आदेश गर्नुपर्नेमा मानो छुट्टिएको मिति नै कायम गर्ने गरी पुनरावेदन अदालतबाट भएको आदेशबाट जिल्ला अदालतले सोसम्बन्धमा गर्ने निर्णय प्रभावित हुन सक्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल तथा नरहरि आचार्य विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायधिवक्ता पुस्कर सापकोटा, विद्वान्‌ वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी र अधिवक्ता अर्जुनप्रसाद कँडेल अवलम्बित नजिर : नेकाप २०७०, अङ्क ९, नि.नं.९०५३, पृ.११६१ सम्बद्ध कानून : जिल्ला अदालत नियमावली, २०५२ को नियम १७ नं. आदेश न्या.रामकुमार प्रसाद शाह : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको सङ्क्षिप्त तथ्य एवम्‌ आदेश यसप्रकार रहेको छ : आमा रत्नशोभा कंसाकारको नामबाट नामसारी भई आएको पैतृक सम्पत्ति प्रत्यर्थीमध्येका भाउजू जगतशोभा कंसाकार र हाम्रो नाउँमा संयुक्त दर्ता रहेको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९ कि.नं. १५५ को क्षेत्रफल ०-१-०-२ जग्गा र सोमा बनेको ५ तले घरसमेत कित्ता फोड गरी आ-आफ्ना नाउँमा गरी पाउन प्रत्यर्थी भाउजूउपर काठमाडौं जिल्ला अदालतमा हाम्रोतर्फबाट कित्ता काट दर्ताफारीमा फिराद परी हाल सो मुद्दा विचाराधीन अवस्थामा रहेको छ । सोही मुद्दा हालेको भन्ने रिसइबी लिई विपक्षी भाउजू जगतशोभाले हामीउपर अंशमा फिराद दायर गरेकामा सो मुद्दा पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । विपक्षी भाउजूलाई हाम्रो पैतृक सम्पत्ति उल्लिखित कि.नं. १५५ को घर जग्गाबाहेक अन्य नभएको भन्ने जानकारी हुँदाहुँदै पनि कित्ताकाट दर्ताफारी