निर्णय नं. ९३८४ - करारीय दायित्वबाट मुक्त गरी क्षतिपूर्ति दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३८४ - करारीय दायित्वबाट मुक्त गरी क्षतिपूर्ति दिलाई पाउँ भाग: ५७ साल: २०७२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७१/०८/२२ ४९३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।८।२२।२ ०६७-CI- ०७५७ मुद्दा : करारीय दायित्वबाट मुक्त गरी क्षतिपूर्ति दिलाई पाउँ । पुनरावेदक/वादी : काभ्रेपलान्चोक जिल्ला ज्याम्दी गा.वि.स. वडा नं. ९ बस्ने उज्वोल अनुप लामा विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला विकास समितिको कार्यालय, तनहुँ करारनामाले पक्षहरूको बीचमा दायित्वसमेत सिर्जना गर्दछ, जुन दायित्व पक्षहरूले अनिवार्यरूपमा पालना गर्नुपर्ने हुन्छ । करारनामाको सर्त पालना नगरेको कारणले कुनै पक्षलाई क्षति पुग्न गएमा सोको पूर्ति गर्ने दायित्व सो सर्त उल्लङ्घन गर्ने पक्षको हुन्छ । सामान्यतः करारको सर्त उल्लङ्घन गर्ने पक्षले दायित्व वा क्षतिपूर्ति नगरेसम्म उपचारको बहानामा अदालतमा प्रवेश गर्न पाउने अवस्था नहुने । (प्रकरण नं. ७) पुनरावेदक/वादीको तर्फबाट : प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने अवलम्बित नजिर : सम्बद्ध कानून : करार ऐन, २०५६ को दफा २(क), ७३(ग), ७४, ७५, ७९ र ८० सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री ईश्वरराज आचार्य पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री खेमराज शर्मा मा.न्या. श्री नीता गौतम दीक्षित फैसला न्या. सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) बमोजिम पुनरावदेन अदालतको फैसलाउपर वादीको मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदनमा यस अदालतबाट निस्सा प्रदान भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ : विपक्षी जि.वि.स.तनहुँसँग मिति २०५९।११।९ मा ढोरफिर्दी गा.वि.स.स्थित सेती नदिको किमलडाँडा तथा सुरौदीघाटबाट विपक्षीद्वारा निर्धारित चार किल्लाभित्र तोकिएको दररेटअनुसार ढुङ्गा, बालुवा, गिटी, ग्राभेल बिक्री गरी शुल्क उठाउन पाउने र सोबापत म फिरादीले रू.१५,७६,९९९।९९ विपक्षीलाई बुझाउनु पर्ने र सम्झौता अवधि मिति २०५९ साल साउन १ गते देखि २०६० साल असार मसान्तसम्म कायम हुने गरी सम्झौता भएको थियो । उक्त करारमा उल्लिखित ४ किल्लाभित्रको ठेक्का स्थल निर्विवादरूपमा उपभोग गर्न उपलब्ध गराउनु पर्नेमा सोबमोजिम उपलब्ध नगराई ठेक्का सञ्चालन हुन नसकी मलाई दाङबाट पूर्णघाट सञ्चालनको लागि ज्यामी ल्याउँदा १८४ जनाको प्रति व्यक्ति रू.३००।- का दरले हुने रू.५,५२००।-, १८४ जना ज्यामिको १९ दिनको पारिश्रमिक प्रतिव्यक्ति रू.१००।- का दरले हुनेरकम रू.३,४९,६००।-, काम सम्पन्न हुँदासम्म हुन आउने मुनाफा रू.२,३६,५४९।-, कम्पनीको शाखामा भएको जति रू.२०,०००।-, बैंक खर्च रू.१०,०००।-, अन्य खर्च रू.१५,०००।–, ठेक्का विड गर्दा धरौटी रकम रू.३९,४२५।- समेत जम्मा रू.७,२५,७७४।– (सात लाख पच्चिस हजार सात सय चौहत्तर रूपैयाँ) क्षति पुग्न गएकाले विपक्षीबाट उक्त क्षतिपूर्ति दिलाई करारबमोजिमको दायित्वबाट मुक्त गरी मिति २०५९।७।६ मा राखेको रू.३,५०,०००।- बराबरको बैंक ग्यारेन्टी र मालपोत कार्यालय, काभ्रेपलान्चोकमा अमृतनारायण लामाको नाउँको काभ्रेपलान्चोक जिल्ला नारायणस्थान गा.वि.स.वडा नं.२ (ख) कि.नं. १०२१, ७३६ र ८२१ को जग्गा मिति २०५९।११।९ मा धनजमानी राखिएका जग्गाहरू फुकुवा गरिपाउँ भन्नेसमेत व्यहोराको फिराद दाबी । विपक्षी वादी र यस कार्यालयको बीचमा भएको सम्झौतामा ज