निर्णय नं. ९३८५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३८५ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७१/१०/२८ ३९३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।१०।२८।४ ०६९-CR-०७१८ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक / प्रतिवादी : जिल्ला झापा, भद्रपुर नगरपालिका वडा नं. ५ घर भई झापा कारागारमा रहेको सुभाष राय विरूद्ध प्रत्यर्थी / वादी : कृष्ण कन्हैया महतोको जाहेरीले नेपाल सरकार ०६९-CR-०८११ पुनरावेदक / प्रतिवादी : जिल्ला झापा, भद्रपुर नगरपालिका वडा नं. ५ घर भई झापा कारागारमा रहेको महेन्द्र राय विरूद्ध प्रत्यर्थी / वादी : कृष्ण कन्हैया महतोको जाहेरीले नेपाल सरकार ०६९-CR-०८८७ पुनरावेदक / वादी : कृष्ण कन्हैया महतोको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला झापा, भद्रपुर नगरपालिका वडा नं. ५ बस्ने श्रीमती शान्ति राय राउत प्रतिवादीहरूबीच लेनदेनसम्बन्धी काम कारवाही भएको भन्ने अभियोगपत्रको व्यहोराबाट प्रतिवादीहरूले मृतकलाई मार्नु पर्ने कारण नहुँदा आफूले पैसा लिनुपर्ने मृतक जीवित रहेमा प्रतिवादीको पैसा उठ्ने सम्भावनालाई प्रतिवादीले मृतकको हत्या गरेर समाप्त पार्ने कुरा तर्कसङ्गत नदेखिने । (प्रकरण नं.६) अनिश्चित र संदिग्ध कुरालाई परिस्थितिजन्य प्रमाणको जामा पहिराउनु प्रमाणसम्बन्धी कानूनी सिद्धान्त र न्यायिक मान्यताको उपहास गर्नुहुनेछ । प्रतिवादीहरू विरूद्ध प्रत्यक्ष प्रमाण छँदैछैन । मार्नुपर्ने कारण पनि शङ्कारहित किसिमबाट आउन सकेको छैन । फौजदारी कसुरमा प्रतिवादी विरूद्धको अभियोगदाबी ठोस, निर्विवाद र शङ्कारहित प्रमाणबाट प्रमाणित गर्नुपर्ने । (प्रकरण नं.१०) पुनरावेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिहर दाहाल एवम्‌ विद्वान्‌ अधिवक्ता युवराज भण्डारी र सेमन्त दाहाल प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता भरतलाल शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, ३, १३(२) नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री गोपाल भट्टराई पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री हरिप्रसाद घिमिरे मा.न्या.श्री उदयप्रकाश चापागाई फैसला न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, इलामको मिति २०६९।६।८ को फैसलाउपर प्रतिवादीहरू एवम्‌ वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : म जाहेरवालाको सहोदर दाजु शिव महतो मिति २०६८।२।२८ गते दिउँसो घरबाट हिँड्नु भएकामा, जिल्ला झापा भद्रपुर-१ स्थित नयाँबजार कदम बगान छेउमा दाजुको मृत्यु भएको अवस्थामा थाहा हुन आएकाले के कसरी मृत्यु हुन गयो सोको यकिन जाहेरी दर्खास्त पछि गर्ने हुँदा हाल विष सेवन गरी मरेको हो कि भनी आशङ्का रहेको हुँदा यो जाहेरी दर्खास्त लिई उपस्थित भएको छु भन्ने व्यहोराको कृष्णकन्हैया महतोको मिति २०६८।२।२९ को जाहेरी दरखास्त । जिल्ला भद्रपुर न.पा. १ स्थित पूर्वमा मेची खोला, पश्चिममा भद्रपुरबाट महेशपुर आवतजावत गर्ने पक्की सडक, उत्तरमा भुवन मुखियाको पक्की घर, दक्षिणमा कदम बगान यति चार किल्लाभित्र चेतराज आचार्यको जग्गामा रहेको बनमाराको झाडीमा उत्तर टाउको, दक्षिण गोडा, दायाँ छेउमा Terminator लेखिएको विषयको बोतलको २ वटा बिर्को खुल्ला अवस्थामा रहेको, लास रहेको स्थानमा झारपात माडिएको, लास रहेको स्थानदेखि अन्दाजी १० मिटर उ