निर्णय नं. ८७१८ - कर्तव्यज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७१८ - कर्तव्यज्यान । भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११ फैसला मिति :२०६८/०१/०७ ३३८३ ने.का.प. २०६८, अङ्क ११ निर्णय नं. ८७१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती ०६५–CR–साधक ०७१ ०६६– ०११२, ०११३ फैसला मितिः २०६८।१।७।४ मुद्दा :– कर्तव्य ज्यान । वादीः शिवलाल न्यौपानेको जाहेरीले नेपाल सरकार विरुद्ध विपक्षी प्रतिवादीः रुपन्देही जिल्ला करहिया गा.वि.स.वडा नं.६ घरभई हाल जिल्ला कारागार कार्यालय, पाल्पामा थुनामा रहेकी इन्द्रा न्यौपाने जैंसी पुनरावेदक प्रतिवादीः रुपन्देही जिल्ला करहिया गा.वि.स.वडा नं.६ घरभई हाल जिल्ला कारागार कार्यालय, पाल्पामा थुनामा रहेकी इन्द्रा न्यौपाने जैंसी विरुद्ध विपक्षी वादीः शिवलाल न्यौपानेको जाहेरीले नेपाल सरकार पुनरावदेक प्रतिवादीः जिल्ला पाल्पा गा.वि.स. वौघा पोखराथोक वडा नं. ५ घर भई हाल जिल्ला कारागार कार्यालय पाल्पामा थुनामा रहेका केशव भट्टराई विरुद्ध विपक्षी वादीः शिवलाल न्यौपानेको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्ने :– मा.न्या.श्री रामचन्द्र राई पुनरावेदन फैसला गर्ने :– मा.मु.न्या. श्री तर्कराज भट्ट मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती § अनुसन्धान कारवाही र न्यायिक प्रक्रियाको दौरान केही सामान्य प्राविधिक त्रुटि हुन गए तापनि त्यस्तो समग्र अनुसन्धान र अभियोग–अभियोजनालाई कुनै विशेष असर पार्न नसक्ने । § प्रतिवादीहरू पहिला भागेर अन्यत्र गए पनि पछि फर्केर आफूलाई समर्पण गरेको भए पनि त्यत्तिकैबाट तिनीहरूले गरेको कसूरको गाम्भीर्यतामा कमी आउन सक्ने देखिँदैन । अदालतमा साविती वयान गर्ने प्रत्येक कसूरदारलाई अ.वं.१८८ नं. को प्रयोग गरी सजायमा छूट दिन वा सजायमा कमी गर्न सकिँदैन । उक्त ऐनको यो मनसाय वा व्यवस्था होइन । वस्तुतः योजनावद्ध हत्याको वारदातमा अ.वं. १८८ को प्रयोग हुन नसक्ने र गर्न नमिल्ने । (प्रकरण नं.७) वादी तर्फबाटः विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय प्रकाश के.सी र यमुना भट्टराई अवलम्बित नजीरः सम्बद्ध कानूनः § ज्यान सम्बन्धी महलको १, १३(१), (४) आदेश न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन तथा दफा १० बमोजिम साधकको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मेरो छोरा वर्ष २४ को राजु न्यौपाने अध्ययन र नोकरीको सिलसिलामा रुपन्देही जिल्लाको भलवाडीमा बस्दै आएकोमा मिति २०६४।५।२ गते पाल्पा दोभान गा.वि.स.वडा नं. ५ मा कर्तव्य गरी मारे फालेको अवस्थामा फेला परेकाले कर्तव्य गरी मार्ने व्यक्तिहरू पत्ता लगाई कारवाही गरिपाऊँ भन्ने व्यहोराको मिति २०६४।५।२ गतेको शिवलाल न्यौपानेको जाहेरी दरखास्त । जिल्ला पाल्पा दोभान गा.वि.स.वडा नं. ५ स्थित कदमवास भन्ने स्थानको पूर्वमा सिद्धार्थ राजमार्ग, पश्चिममा तिनाउ खोला, उत्तरमा माथिल्लो सिद्धबाबा मन्दिर, दक्षिणमा झोलुङ्गेपुल यति चार किल्लाभित्र सिद्धार्थ राजमार्ग देखि ७० मिटर तल खोलामा जाने गोरेटो बाटो तथा झाडी, सो गोरेटो बाटोमा उत्तर टाउको दक्षिण खुट्टा हुने गरी उत्तानो अवस्थामा रहेको मृतक लास, सो रहेको ठाउँमा रगत बगिरहेको, पानी परी विदो अवस्था भएकोले पानीको भलसँग रगत पनि बगिरहेको सो लास देखि १० फिट दक्षिणमा ढुङ्गामा रगतका छिटाहरू रहेको, सोदेखि २५ फिट पूर्व दक्षिणमा एउटा ठूलो ढुङ्गा रहेको सोको तल कोप्चेरामा पहेंलो भूईमा कालो धर्का भएको समेत लेखेको