निर्णय नं. ९३८७ - स्ववासी घरजग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३८७ - स्ववासी घरजग्गा दर्ता भाग: ५७ साल: २०७२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७१/१२/०१ ५६२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।१२।१।१ ०६५-CI-०३७९ मुद्दा : स्ववासी घरजग्गा दर्ता । पुनरावेदक/वादी : तनहुँ जिल्ला, चोक चिसापानी गा.वि.स., वडा नं. ९ बस्ने जगतबहादुर तामाङ भन्ने जगतबहादुर गुरूङ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : मालपोत कार्यालय, लमजुङ, मुकाम वेंशीशहर, लमजुङसमेत जग्गाको दर्ता गर्ने, स्रेस्ता खडा गर्ने कानूनी अधिकार तथा कर्तव्य भएका मालपोत, कार्यालयले आफ्नो कार्यालयबाट भएको एउटै कित्ता जग्गाको फिल्डबुकमा साबिक र हालमा फरकफरक व्यहोरा जनाई आफ्नो कानूनी कर्तव्य र दायित्वमा आफैँ प्रश्न खडा गरी पहिलेको सँगै भएको निर्णयमा कि.नं. १४४ को जग्गा धनबहादुरको नाममा जग्गा दर्ता गरी प्रमाण पुर्जा दिइसकेको स्वीकार गरी सोही निर्णयबाट पुनरावेदकको कायम भएको जग्गा दर्ता गर्न आफ्नै कार्यालयमा रहेको पुनरावेदन संलग्न निर्णय पुनरावेदकले पेस गर्न नसकेको भन्ने जस्ता बुँदा उल्लेख गरी अस्वीकार गरेको पाइँदा मालपोत कार्यालयको निर्णय तथ्यमा आधारित र वस्तुगत हुन नसकी आत्मगतरूपमा भएको देखिन आई न्यायोचित रहेकोसमेत मान्न नमिल्ने । (प्रकरण नं.४) जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६(५) बमोजिम नापी गोश्वाराले कानूनबमोजिम बुझ्नुपर्ने प्रमाण बुझी तोकिएको समितिमा पेस गरी दर्ता गर्न सिफारिस / निर्णय गरेको कुरालाई मालपोत कार्यालयले पुनः छानबिन गरी मालपोत ऐन, २०३४ को दफा ७(१) अनुसार तोकिएको समितिमा राखी नापी गोश्वाराको निर्णय परिवर्तन गर्न पाउने अधिकार मालपोत कार्यालयलाई मालपोत ऐनको उक्त दफाले कानूनी अधिकार दिएको देखिँदैन । मालपोत कार्यालयले पछिल्लो निर्णय गर्दा कानूनको अख्तियारी देखाई मिति २०४२।१।५ मा ६ नं. नापी गोश्वारा लमजुङबाट भएको निर्णयलाई बदर गर्न सकेको नपाइएको हुँदा मालपोत कार्यालयले गरेको निर्णय कानूनको अख्तियारीभित्र रही भए गरेको देखिन नआउने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता महानिधी पन्त प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा ५ मालपोत ऐन, २०३४ को दफा ६(१), ७(१) उपदफा १, २ सुरू तहमा फैसला गर्ने : मालपोत अधिकृत श्री भरतचन्द्र अधिकारी पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री ऋषिराज जोशी मा.न्या. श्री मोहनप्रसाद घिमिरे फैसला न्या.बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, पोखराको मिति २०६३।३।३२ को फैसलाउपर वादीका तर्फबाट परेको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) अनुसार यस अदालतबाट निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : लमजुङ जिल्ला सुन्दर बजार गा.वि.स.वडा नं. ८ बाट कित्ताकाट भई कि.नं.१४३ १४१ र १४४ कायम भई क्रमश: म निवेदक जगतबहादुर, शम्भुलाल श्रेष्ठ र धनबहादुर घर्तीसमेतका नाउँमा ६ नं.नापी गोश्वाराले मिति २०४२।१।५ मा दर्ता गर्ने गरी निर्णय गराई मसमेतका नाउँमा निर्णयको जानकारी पत्र नापी गोश्वाराले जारी गरी मलाई प्राप्त भएकाले म परदेश गएको कारणबाट उक्त कि.नं.१४३ को जग्गा दर्ता गरिपाउँ भनी निवेदन गर्न असमर्थ भएकाले परदेशबाट घर फर्की आएपछि उक्त कि.नं. १४३ को जग्गा मेरो नाउँमा दर्ता गरिपाउँ भनी ६