निर्णय नं. ९३८८ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३८८ - लेनदेन भाग: ५७ साल: २०७२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७१/१२/१७ ४९४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।१२।१७।३ ०६८-CI-०२५३ मुद्दा : लेनदेन । पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ११ बस्ने दिलपकुमार साहसमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं.१४ बस्ने विद्याकरप्रसाद साह कानूनमा स्पष्ट भएका कुरामा अदालतले अनुमान गरी रजिस्ट्रेसन गर्ने अड्डामा तोकिएको अधिकारीसँग पेस भई सनाखत गरिसकिएको तर पारित हुन नपाएको स्थितिमा मात्र कपाली सरहको अधिकार वादी साहुमा सृजना हुन्छ भनी व्याख्या र विश्लेषण गरी न्यायिक निष्कर्षमा पुग्न मनासिब हुने नदेखिने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा, विद्वान् अधिवक्ताद्वय प्रकाश के.सी. र रामनेक साह प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता रामप्रसाद भट्टराई तथा विद्वान् अधिवक्ताद्वय प्रशन्न कृष्ण दास र महादेव पण्डित अवलम्बित नजिर : नेकाप २०६३, अङ्क १, नि.नं.७६४४, पृ.१३९ सम्बद्ध कानून : लेनदेन व्यवहारको महलको २, ३, ४ र ६ नं. सुरू तहमा फैसला गर्ने न्यायाधीश : मा.जि.न्या.श्री अमृतबहादुर बस्नेत पुनरावेदन तहमा फैसला गर्ने न्यायाधीश : मा.न्या.श्री नरेन्द्रकुमार शिवाकोटी मा.न्या.श्री राजकुमार वन फैसला न्या.जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिम पुनरावेदन अदालत, जनकपुरबाट भएको मिति २०६८।३।५ को फैसलाउपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : विपक्षीहरू र निजको भाइ शम्भुकुमार साहसमेतको संयुक्त नाममा दर्ता रहेको जग्गा मलाई हस्तान्तरण गर्न मन्जुर भई लिखत गरी दिएपश्चात् विपक्षीहरूले सहीछाप गरी दिन्छु भनी लिखतमा ऋणी बन्ने व्यक्तिमध्ये शम्भुकुमार साहले प्रतिबद्धता प्रकट गरे पनि पारित गर्ने समयमा कार्यालयमा उपस्थित भई सहीछाप गरी नदिएका हुँदा लिखतमा सहीछाप गरी मन्जुरी नजनाउने व्यक्ति निज शम्भुकुमार साहलाई यस फिरादपत्रमा प्रतिवादी बनाइएको छैन । विपक्षीहरू तथा निजका भाइ शम्भुकुमार साहसमेतको संयुक्त नाममा दर्ता रहेको जिल्ला धनुषा जनकपुर नगरपालिका वा.नं.१४ स्थित सि.नं. १२७५-०७ को कि.नं.३७ को ०-७-१४-२ मध्ये उत्तरबाट ०-२-४ र ऐ. कि.नं. ५७ को ०-४-१३-३ मध्ये उत्तरबाट ०-२-८-१ समेत जग्गा रू.१,९०,०००।– मा खरिद बिक्री गर्ने कुरामा मतेक्य भै २०६५ साल चैत्र १६ गतेका दिन मालपोत कार्यालय, धनुषामा गै राजिनामा पास गर्ने गराउने कुरा मिति २०६५।१२।१४ गतेका दिन निर्क्यौल भए बमोजिम मिति ०६५।१२।१६ गतेका दिन ९.०० बजेको समयमा विपक्षीहरूलाई जग्गाको मूल्यबमोजिमको सम्पूर्ण रूपैयाँ मेरो घरमा गनि गनाउ गरी दिए लिएपश्चात् जग्गा पास गर्ने कुरा भई आफ्नो घरतर्फ जानुभएकामा मिति २०६५।१२।१६ गतेका दिन विपक्षीहरूसमेत भई सम्बन्धित जनकपुर नगरपालिका वडा नं.१४ को वडा कार्यालयमा घरबाटो प्रमाणित गरिपाउँ भनी निवेदनसमेत दिई सोही दिन सिफारिससमेत लिई मालपोत कार्यालयमा गई राजिनामाको कागज लेखी विपक्षीहरूले सहीछाप गरेपनि विपक्षीहरूका भाइ शम्भुकुमार साह उपस्थित नभएकाले लिखत कारवाहीका लागि अगाडि बढाई आफ्नो घरतर्फ फर्कियो । भोलिपल्ट पनि निज शम्भु नगएका कारणले लिखत पास हुन सकेन । यसरी लिखतमा लेखिएबमोजिमको जग्गा