निर्णय नं. ९३९२ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३९२ - जालसाजी भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/१०/१५ ६६६९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।१०।१५।५ ०६५-NF-०१४ मुद्दा : जालसाजी । पुनरावेदक/प्रतिवादी : जिल्ला सुनसरी औरावनी गा.वि.स. वडा नं. ९ बस्ने पति वंशी मियाँको मु.स. गर्ने निजको पत्नी ऐ.ऐ. बस्ने खैतुन तेसा विरूद्ध विपक्षी/वादी : जिल्ला सुनसरी औरावनी गा.वि.स. वडा नं. ९ बस्ने तेतरी मियाइनीसमेत २०६५-NF-००१५ पुनरावेदक/प्रतिवादी : जिल्ला सुनसरी औरावनी गा.वि.स. वडा नं. २ बस्ने अम्बरलाल माझी विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला सुनसरी औरावनी गा.वि.स. वडा नं. ९ बस्ने तेतरी मियाइनीसमेत एउटै लिखत विरूद्ध दुई विषयमा छुट्टाछुट्टै मुद्दा गर्न पाउने गरी कानूनले दुई बाटो प्रदान गरेकामा कुनै एक वा दुवै बाटो रोज्ने अधिकार वादीको हुन्छ । प्रस्तुत मुद्दाको विवादित लिखतका आधारमा वादीले देवानीतर्फ लिखत बदर र फौजदारीतर्फ जालसाजी मुद्दा लिई आएको देखियो । यसरी दुई विषयमा नालेस परेको अवस्थामा अदालतले निर्णय गर्दा मुद्दामा भएको तथ्य, उपचारको प्रकृति, हानी नोक्सानीको परिपूरण हुन सक्ने नसक्ने अवस्था र दुईमध्ये मूलभूत उपचार के हुन सक्छ जस्ता यावत् कुरामा दृष्टि पुर्याई निर्णय गर्नु न्यायोचित हुने । मुद्दामा जालसाजी घोषित गरी सजायसमेत हुन दाबी गरेको लिखत र लगाउको लिखत बदर मुद्दामा आफ्नो हकसम्म लिखत बदर गर्न दाबी गरेका राजिनामा र बकसपत्रका लिखत उही रहेको र लिखत बदर दर्तासमेतको मुद्दामा भएको फैसलाबाट वादीको हक जति लिखत बदर भई दर्तासमेत हुने गरी वादीले कानूनी उपचार प्राप्त गरी निजको हक स्थापित भइरहेको र हक मेटिने कार्य नभएको स्थितिमा हक मेटिने कार्य भयो भनी जालसाजीमा सजाय गर्न मनासिब नहुने । (प्रकरण नं. ३) वादीको तर्फबाट : विपक्षी/वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, किर्ते कागज महलको ३, १० नं. मुलुकी ऐन, अ.बं. ७३ नं. प्रमाण ऐन, २०३१ को दफा २५ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री इन्द्रमान कर्माचार्य पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री प्रेम शर्मा मा.न्या. श्री परशुराम झा यस अदालतमा फैसला गर्ने : मा.न्या. श्री राम नगिना सिंह मा.न्या. श्री हरिजंग सिजापति फैसला न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम यस अदालत संयुक्त इजलासबाट मिति २०६१।१।१६ मा भएको फैसला पुनरावलोकन गरी हरिपाउँ भनी निवेदक प्रतिवादीहरूका तर्फबाट निवेदन दर्ता भएकामा यस अदालत पूर्ण इजलासको मिति २०६५।५।२० को आदेशअनुसार पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भै पुनरावलोकनतर्फ दर्ता भै पेस हुन आएको प्रस्तुत मद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ : स्व. महमद किताब मियाँको पत्नी म तेतरी र छोराहरूमा वादी अब्दुल, प्रतिवादी वंशी, इस्लाम, वादी कलीम र सलीम हौं । विपक्षी खैतुन नेसा वंशीको पत्नी हुन् । हामी वादी र इस्लाम तथा वंशीसमेत ६ अंसियार छौं । हामी वादी र इस्लाम मियाँ तथा विपक्षी वंशी मियाँसमेत सगोलमा रही बसी खती उपती आर्जन गरी आउँदा सगोलको आर्जनबाट विपक्षी वंशी मियाँको नाउँमासमेत जग्गा खरिद गरी सगोलबाटै भोग चलन गरी आएका थियौं । परिवार धेरै भएको कारणले घरमा झैझगडा हुने गरेबाट सगोलमा बस्न नसक्ने अवस्था भई विपक्षी वंशीका