निर्णय नं. ९३९३ - जबर्जस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३९३ - जबर्जस्ती करणी भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०८/१७ ३७३३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७१।८।१७।४ ०६९-CR-०२०८ मुद्दा : जबर्जस्ती करणी । पुनरावेदक/प्रतिवादी : जिल्ला दोलखा, नाम्दु गा.वि.स. वडा नं. ६ घर भई हाल जिल्ला कारागार कार्यालय चरिकोट दोलखामा थुनामा रहेको सुब्बा भन्ने धनराज खड्का विरूद्ध प्रत्यर्थी/वादी : “ग” कुमारको जाहेरीले नेपाल सरकार मौकामा गरेको साबिती बयानलाई अन्य प्रमाणबाट समर्थित भएको तथ्यगत अवस्था मिसिल संलग्न प्रमाणहरूबाट स्पष्टरूपमा पुष्टि भएको अवस्थामा अदालतको इन्कारी बयानबाटमात्र प्रतिवादी बेकसुर रहेको मान्न नहुने । (प्रकरण नं. ६) घटनाबाट पीडितले र सो घटना प्रत्यक्ष देख्ने प्रत्यक्षदर्शीले मौकामा घटना भएको तत्कालैपछि यिनै प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गरेको भन्ने उल्लेख गरी कागज गरिदिएको अवस्थामा अदालतमा उपस्थित भई बकपत्र गर्दा बनावटी कुरा उल्लेख गरी वास्तविक तथ्यलाई लुकाउने र कसुरदारलाई सजायबाट उन्मुक्ति दिलाउने प्रयत्न गरिन्छ भने त्यस्तो बनावटी कुरालाई सत्य एवम् साँचो मानी कसुरदारलाई उन्मुक्ति प्रदान गर्न नमिल्ने । सङ्कलित सबूद एवम् प्रमाणहरूबाट जबर्जस्ती करणीको वारदात स्थापित भई प्रमाणको शृङ्खलाबद्ध कडीहरूबाट प्रतिवादी कसुरदार देखिएको अवस्थामा मौकामा कागज गर्ने व्यक्तिहरूले आफ्नो पूर्व भनाइ प्रतिकूल हुने गरी अदालतमा गरेको बकपत्र प्रतिवादीलाई उन्मुक्ति दिने आधार हुन नसक्ने । (प्रकरण नं. ८) पुनरावेदक / प्रतिवादीको तर्फबाट : प्रत्यर्थी / वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : जबर्जस्ती करणीको महलको ३(५), ३क नं. प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) र (ख) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री रामचन्द्र राई पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री सुरेन्द्रवीर सिंह बस्न्यात मा.न्या. श्री रामचन्द्र यादव फैसला न्या. दीपकराज जोशी : पुनरावेदन अदालत, पाटनको मिति २०६८।९।२६ को फैसलाउपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ख) बमोजिम प्रतिवादीतर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनीयता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका २०६४ बमोजिम प्रस्तुत मुद्दाको जाहेरवाला, पीडित र पीडितको बाबुको परिचयात्मक विवरण गोप्य राखिएको छ । मिति २०६७।६।१९ गते बिहान ९.०० बजेको समयमा मेरी बहिनी कान नसुन्ने, बोल्न नसक्ने वर्ष ४६ की “क” कुमारी (परिवर्तित नाम) लाई घाँस काट्न खेतमा गएको समयमा एक्लै पारी सुब्बा भन्ने धनराज खड्काले जबर्जस्ती करणी गरेको कुरा बाबु “ख” कुमार (परिवर्तित नाम) लाई इसारामार्फत भनेकाले निज सुब्बा भन्ने धनराज खड्कालाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको “ग” कुमार (परिवर्तित नाम) को जाहेरी दरखास्त । दोलखा जिल्ला, क्षेत्रपा गा.वि.स. वडा नं. १ स्थित दिलबहादुर श्रेष्ठको धानखेतको घाँस लतारपतार भै धानसमेत माडिएको अवस्थामा रहेको र सो स्थानमा “क” कुमारीलाई धनराज खड्काले जबर्जस्ती करणीको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । पीडितको मिति २०६७।६।२१ को स्वास्थ्य परीक्षण प्रतिवेदन पेस भै मिसिल संलग्न रहेको । मिति २०६७।६।१९ गते क्षेत्रपाबाट घर फर्कने क्रममा “क” कुमारी एक्लै खेतमा घ