निर्णय नं. ९३९५ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३९५ - अंश नामसारी भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०७/२६ ४३२६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र फैसला मिति : २०७१।७।२६।४ २०६२ सालको दे.पु.नं.८३४८ मुद्दा : अंश नामसारी । पुनरावेदक/प्रतिवादी : रूपन्देही जिल्ला सूर्यपुरा गा.वि.स. वडा नं. ४ बस्ने जोगेन्द्र अहिरसमेत विरूद्ध प्रत्यर्थी/वादी : रूपन्देही जिल्ला सूर्यपुरा गा.वि.स. वडा नं. ४ बस्ने भन्ने रवडी अहिरनीसमेत पत्नीले पतिबाट अंश पाउन त्यस्तो महिला पतिको सत्यमा रहेको हुनुपर्ने र छोरा छोरीले पिताबाट अंश पाउनका लागि निज आफ्नो आमाबाबुबाट जन्मेको जैविक सन्तान हुनुपर्ने वा कानूनबमोजिम धर्मपुत्र वा धर्मपुत्री राखेको हुनुपर्दछ । सोबाहेक अन्य अवस्थाका कुनै व्यक्तिले पत्नी र छोरा छोरीको रूपमा अंशमा दाबी गर्न सक्ने अवस्था रहँदैन । विधिवत् पतिपत्नी नरहेको अवस्था र जैविक सन्तान नदेखिएको अवस्थामा त्यस्ता व्यक्तिलाई अदालतले अंश दिलाउनु कानूनविपरीत हुन जाने । (प्रकरण नं. ७) नाता कायम सम्बन्धमा तथ्य स्थापित गराउने अन्य आधिकारिक सम्बद्ध प्रमाणले पुष्टि गरेको छ भने सो अवस्थामा फरक उद्देश्य र प्रयोजनले रेकर्ड भएका त्यस्ता प्रमाण सहायक प्रमाणको रूपमा ग्रहण गर्न सकिने भए पनि नाता कायम गर्ने र अंश दिलाउने प्रयोजनले विवादित भर्ना रेकर्डलाई आधारभूत अकाट्य र निर्णय विन्दुमा पुग्ने निर्णायक प्रमाणको रूपमा ग्रहण गर्न र सो भर्ना रेकर्डलाई आधार मान्न सकिने अवस्था नहुने । (प्रकरण नं. ८) पुनरावेदक/प्रतिवादीको तर्फबाट : वरिष्ठ विद्वान् अधिवक्ता बालकृष्ण न्यौपाने प्रत्यर्थी/वादी तर्फबाट : विद्वान् वैतनिक कानून व्यवसायी हरिशंकर लाल कर्ण अवलम्बित नजिर : नेकाप २०६७, अङ्क १०, नि.नं. ८४८३, पृष्ठ १७२६ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा २३ (४), (७) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री शिवनारायण यादव पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री केशवप्रसाद मैनाली मा.न्या. श्री रामप्रसाद खनाल फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीहरूको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : स्वर्गीय भजन अहिरको ३ छोराहरू क्रमशः शुकदेव, सहाई र त्रिवेणी हुन् । शुकदेवको सन्तान कोही छैन । त्रिवेणीको छोरा औधराज हुन् । सहाईको २ भाइ छोरामा जेठा वलिराज र कान्छा चनरजित हुन् । चनरजितको पत्नीहरूमा विपक्षी सुरसती र म वादी रवडी हौं । चनरजितको छोरा विपक्षी जोगेन्द्र, म वादी राजेन्द्र र १० वर्षका झिन्कु हौं । भजन, निजको श्रीमती, शुकदेव र निजको श्रीमती, सहाई र निजको श्रीमती, त्रिवेणी र निजको श्रीमती तथा वलिराजको मृत्यु भइसकेको छ । शुकदेवको हक खाने कोही छैन । त्रिवेणीको हक खाने औधराज हुनुहुन्छ । वलिराजको हक खाने कोही छैन । सहाईको हक खाने हामी वादी प्रतिवादीहरू हौं । हामी वादी प्रतिवादी एकासगोलको अंसियार बीच अंशबन्डा भएको छैन । हामी बादी प्रतिवादीहरू ठूलो परिवार भएको र सौता–सौता बीच हितचित नमिली हामीलाई खाना खर्च तथा अंशसमेत दिन इन्कार गरेको हुँदा विपक्षीहरूबाट अंशबन्डाको महलको २०, २१, २२, २३ नं. बमोजिम तायदाती फाँटवारी लिई ६ भाग लगाई विपक्षीहरू र नाबालक वर्ष १० को झिन्कुसमेतको ४ भाग परसारी २ भाग अंश हामी वादीहरूलाई दिलाई नामसारीसमेत गराई पाउँ भन्ने वादी दाबी । भजनका ३ छोरामा शु