निर्णय नं. ९३९७ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३९७ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/१०/२० ४१२९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री चोलेन्द्र शम्सेर ज.ब.रा. आदेश मिति : २०७१।१०।२०।३ ०७०-WO-०५७३ विषय : उत्प्रेषण / परमादेश । निवेदक : कास्की जिल्ला निर्मलपोखरी गा.वि.स. वडा नं. ५ घर भई सिँचाई मन्त्रालयबाट सुपरिटेन्डेन्ड इन्जिनियर (रा.प.प्र.प्रा.) पदबाट अवकाश प्राप्त बसन्त रायमाझी विरूद्ध विपक्षी : मन्त्रिपरिषद्‌, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, काठमाडौंंसमेत निजामती किताबखानाले निजामती कर्मचारीको अभिलेख दुरूस्त नराखेको अवस्थामा निजामती कर्मचारीले किताबखानाको पत्रको आधारमा आफूलाई तोकिएको सेवा दिएबापत पारिश्रमिक नपाउने भन्न मिल्ने हुँदैन । रिट निवेदकले अविच्छिन्नरूपमा आफू कार्यरत् कार्यालयमा हाजिर भई कानूनबमोजिम तोकिएको काम गरी आएको र सोबापत पाउनुपर्ने पारिश्रमिकलगायतको सुविधा पाइआएकामा पछि प्राप्त हुन आएको कुनै प्रमाणपत्रमा उल्लिखित व्यहोराको आधारमा एक पटक अवकाश मिति तोकिई कर्मचारी अवकाश भइसकेपछि सो अवकास मितिलाई संशोधन गरी अगावै अवकाश पाउनुपर्ने भनी अर्कै अवकाश मिति कायम गर्न कानूनसङ्गत नहुने । काम गरी खाईपाई आएको तलब, भत्तालगायतका सुविधा फिर्ता दिनुपर्ने भन्नु न्यायसङ्गत हुँदैन । निजामती किताबखाना वा आफू कार्यरत कार्यालयमा जानकारी नदिई वा आफूलाई अवकाश मिति थाहा हुँदाहुँदै बढी अवधि जानाजान सेवा गरेको अवस्थामा बदनियतपूर्वक वा छल गरी सेवा गरेको देखिए पृथक अवस्था हुनसक्छ । परन्तु प्रस्तुत विवादमा निवेदकले आफू अवकाश हुने मिति सम्बन्धमा कुनै प्रकारको छलकपट गरेको वा बद्‍नियतपूर्वक गलत मनसाय लिई बढी अवधि सेवा गरी तलब भत्ता सुविधा प्राप्त गरेको भन्ने देखिन नआउने । विवादमा निजामती किताबखाना स्वयम्‌ले मिति २०७०।१०।१२ मा रिट निवेदक अवकाश हुने भनी किटान गरी मिति तोकिएको अवस्था भएको हुँदा सो पत्रबमोजिम आफूलाई तोकिएको जिम्मेवारी पूरा गरी सेवा गरेबापत खाईपाई आएको तलब भत्ता फिर्ता भुक्तानी दिन भनी गरिएको निर्णय श्रमसम्बन्धी विधिशास्त्र र प्राकृतिक न्यायको मान्यताविपरीत हुने भै त्यस्तो निर्णय न्यायपूर्ण हुन नसक्ने । (प्रकरण नं. ८) निवेदकको तर्फबाट : विद्वान्‌‌‌ वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, विद्वान्‌‌‌ अधिवक्ताहरू सूर्यप्रसाद कोइराला र नरेन्द्रप्रसाद पाठक विपक्षीको तर्फबाट : विद्वान्‌‌‌ सहन्यायधिवक्ता कृष्णजीवी घिमिरे अवलम्बित नजिर : ने.का.प. २०६६, भदौ, निर्णय नं. ८१५१ पृष्ठ ८१ ने.का.प. २०६९, साउन, निर्णय नं. ८८१० पृष्ठ ६१ सम्बद्ध कानून : निजामती सेवा ऐन २०४९ को दफा ३३(३) निजामती सेवा नियमावली २०५० को नियम १०२क (१) आदेश न्या. चोलेन्द्र शमशेर ज.ब.रा. : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको सङ्क्षिप्त तथ्य र आदेश यसप्रकार छ : म निवेदकलाई मिति २०७०।१०।११ मा ५८ वर्ष उमेर पूरा हुने भएको भनी मिति २०७०।२।२० को च.नं. ६१४ को निजामती किताबखानाको अवकाशसम्बन्धी जानकारी पत्र र सिँचाई मन्त्रालयको मिति २०७०।९।२० को निजामती सेवा ऐनको दफा ३३ बमोजिम अनिवार्य अवकाश हुने भनी पत्र प्राप्त भएबमोजिम अवकाशपश्चात्‌ निवृत्तिभरणसम्बन्धी विवरण लिन किताबखानामा उपस्थित भएकामा निजामती किताबखानाबाट मेरो अवकाश मिति २०६९।१०।१२ बाट