निर्णय नं. ९३९९ - जबर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३९९ - जबर्जस्ती करणी भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०७/०३ ३८२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्द कुमार उपाध्याय फैसला मिति : २०७१।७।३।२ ०६९-CR-०००३ मुद्दा : जबर्जस्ती करणी । विशेष प्रकृतिका मुद्दाहरूको कारबाहीमा पक्षहरूको गोपनीयता कायम राख्ने निर्देशिका २०६४ बमोजिम प्रस्तुत जबर्जस्ती करणी मुद्दाका पीडितहरूको परिचयात्मक विवरण परिवर्तन गरिएको छ । पुनरावेदक/वादी : “ए” कुमारीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला लमजुङ, तार्कुघाट गा.वि.स. वडा नं. ४ घर भई हाल काठमाडौंं जिल्ला, विष्णु गा.वि.स. वडा नं. २ बस्ने सेतु भन्ने साबुद्दिन मियाँ फौजदारी कसुरमा संलग्न हुने कसुरदारले एउटै व्यक्तिउपर एकै बखत विभिन्न प्रकारका कसुर गरेको खण्डमा सो प्रतिवादीउपर एउटै वारदातबाट सृजित परिणामलाई लिएर कसुरअनुसारको सजाय माग गरी एउटै मुद्दा चलाउन सक्ने भए पनि प्रस्तुत वारदात फरक फरक मितिमा भैं फरक फरक नाबालिकाउपर जबर्जस्ती करणी भएको भनी स्वयम् अभियोजन गर्ने निकायले अभियोग दाबीमा माग गरेको देखिँदा अलग अलगरूपमा अभियोजन गरी मुद्दा दायर गर्नुपर्नेमा सो नगरी एउटै वारदात जस्तो रूपमा बुझी अभियोग पत्र दायर भएको देखिएको र यस्तो संवेदनशील विषयमा अभियोजनको जिम्मेवारी निर्वहन गर्ने निकायको रूपमा रहेको महान्यायाधिवक्ताको कार्यालयले मातहतका कार्यालयलाई थप निर्देशन दिई अभियोजनको विषयलाई थप प्रभावकारी बनाउनुपर्ने हुँदा अब आइन्दा यस्तो प्रकारको त्रुटि हुन नदिन र अभियोजनको प्रभावकारितामा जोड दिन तालुक कार्यालयले विशेष ध्यान दिनु भनी महान्यायाधिवक्ताको कार्यालयका नाउँमा ध्यानाकर्षण गराउने । (प्रकरण नं. ८) पुनरावेदक/वादीको तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता बालकृष्ण वाग्ले प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १, ३(२) (३),१० नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री शेखरप्रसाद पौडेल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री फणिन्द्रदत्त शर्मा मा.न्या. श्री रामचन्द्र यादव फैसला न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।१०।३ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवम्‌ ठहर निम्नबमोजिम रहेको छ । तथ्य खण्ड मिति २०६५।५।१३ गते काठमाडौंं जिल्ला विष्णु गा.वि.स. वडा नं. ३ स्थित पूर्णलाल श्रेष्ठको घरमा डेरा गरी बस्ने साबुद्दिन मियाँ, “ए” कुमारी, “डी” कुमारी “सी” कुमारी, “ई” कुमारी र “बी” कुमारीसमेतलाई एउटै कोठामा थुनी राखेको अवस्थामा फेला पारी कोठाभित्र हेर्दा कामसूत्र लेखिएको सि.डि., केटीले लगाउने ब्रा र रगत जस्तो पदार्थ लागेको चकटीको खोलसहितको चिजबस्तुसमेत रहेको अवस्थामा फेला परेको निज साबुद्दिन मियाँले उल्लिखित बालिकाहरूलाई जबर्जस्ती करणी गरेको भनिएको घटनास्थल मुचुल्का । मिति २०६५।५।१३ गते काठमाडौंं जिल्ला, विष्णु गा.वि.स. वडा नं. ३ स्थित पूर्णलाल श्रेष्ठको घरमा डेरा गरी बस्ने साबुद्दिन मियाँसमेत “ए” कुमारी, “डी” कुमारी, “सी” कुमारी, “ई” कुमारी र “बी” कुमारीसमेतलाई एउटै कोठामा थुनी राखेको अवस्थामा फेला परी कोठाभित्र हेर्दा कामसूत्र लेखिएको सि.डि, केटीले लगाउने ब्रा र रगत जस्तो पदार्थ लागेको चकटीको खोलसहितको चिजवस्तुसमेत रहेको अवस्थामा