निर्णय नं. ९४०० - लागु औषध सेतो हेरोइन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४०० - लागु औषध सेतो हेरोइन भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०७/०३ ३२९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्द कुमार उपाध्याय फैसला मिति : २०७१।७।३।२ ०६७–CR–०५३८ मुद्दा : लागु औषध सेतो हेरोइन । पुनरावेदक/प्रतिवादी : नाइजेरियन नागरिक Lagos Centaury Bus Stop मा बस्ने Ozor को नाति Ozor को छोरा वर्ष ३३ को पासपोर्ट नं. 3274228 A का बाहक OBUNNEME MICHAEL OZOR (ओवुनमी माइकल ओजोर) विरूद्ध प्रत्यर्थी/वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार आफू विरूद्ध लागेको अभियोग, कसुरका बारेमा जानकारी उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व हुन आउने । विदेशी नागरिकका हकमा भाषागत कठिनाइका कारण हुन सक्ने कठिनाइले न्यायिक प्रक्रियालाई नै कमजोर गराउन सक्ने हुन्छ । न्यायिक प्रक्रियाभित्र ल्याउन यस्ता विदेशी नागरिकलाई पक्राउ गर्दा, अभियोजन गर्दा तथा निज विरूद्ध भएको जुनसुकै न्यायिक कारवाहीमा निजलाई सोधपुछ, निजको बयान तथा निजउपरको न्यायिक दायित्व वहन गराउनसमेतका लागि निजले बुझ्न सक्ने दोभाषेसमेतको व्यवस्था गर्न अनुसन्धान निकाय अभियोजनको निकाय एवम्‌ यस अदालत र मातहतका सबै अदालतहरूमा यथासम्भव प्रतिवादीले बुझ्न वा बोल्न सक्ने भाषा जान्ने व्यक्तिहरूको सूची तयार पारी नियमित वा पटके जुनरूपमा व्यवस्था गर्न व्यावहारिक र सम्भव हुन्छ सोहीरूपमा आवश्यकताअनुसार सेवा लिने र सेवा उपलब्ध गराउने नीतिगत र कार्यगतरूपमा निश्चित व्यवस्था अविलम्ब गराउनु, भाषागत एवम्‌ भाषा जान्ने व्यक्तिको सेवा लिनुपर्ने स्थानको क्षेत्रगत आधारमा दोभाषेहरूको सूची तयार गरी राख्ने व्यवस्था गर्नु, दोभाषेको सेवा लिने गर्दा त्यस्तो दोभाषे छनौट गर्ने, सेवा लिए बापतको शुल्क वा पारिश्रमिक दिने व्यवस्था, दोभाषेको जवाफदेहिताको अतिरिक्त दोभाषेको सेवालाई नियमित बनाउन आवश्यक निर्देशिकासहितको व्यवस्था गर्नु र तत्कालको लागि कम्तिमा अङ्ग्रेजी विषयमा स्नातक उत्तीर्ण गरेको दोभाषेसमेत नियुक्त गर्न जो चाहिने आवश्यक प्रबन्ध गर्नु भनी प्रहरी प्रधान कार्यालय, महान्यायाधिवक्ताको कार्यालय एवम्‌ यस अदालतका रजिस्ट्रारको नाउँमा निर्देशनसमेत जारी हुने । (प्रकरण नं. ७) वादीको तर्फबाट : प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता केदार प्याकुरेल अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (ङ) र (च), दफा १४(१) को देहाय (छ) (३) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री वीरबहादुर डाँगी पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री ठाकुरप्रसाद शर्मा मा.न्या. श्री प्रकाश कुमार ढुंगाना फैसला न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।८।२३ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ : तथ्य खण्ड मिति २०६३।२।२२ गतेका दिन कतार एयरवेजको उडान नं. ३५२ बाट काठमाडौंंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका राहदानी नं. ३२७४२२८A का बाहक नाइजेरियन नागरिक OBUNNEME MICHAEL OZOR उपर शङ्का लागि चेक जाँच गर्दा निजले लागु औषध हेरोइन लुकाई आफ्नो पेटमा नपच्ने प्लास्टिक कोटेड क्याप्सुल निली हेरोइन पैठारी गरी ल्याएका छन् भन्ने जानकारी प्राप्त भएकाले निज नाइजेरियन नागरिक OBUNNEME MICHAEL OZOR लाई अनुसन्धानको सिलसिलामा पक्राउ गरी दाखिला गरिएको छ, निजको पेटमा हे