निर्णय नं. ९४०१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४०१ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/१०/१८ ५९५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७१।१०।१८।१ ०६७-WO-११७३ विषय : उत्प्रेषण । रिट/निवेदक : जिल्ला कञ्चनपुर, दैजी गाउँ विकास समिति, वडा नं. ४ घर भई जिल्ला प्रहरी कार्यालय, डडेलधुरामा कार्यरत प्रहरी हबलदार विरादत्त वडुसमेत विरूद्ध विपक्षी : जिल्ला दार्चुला, धुलिगडा १ घर भई जिल्ला प्रहरी कार्यालय अछाम मातहत स.प्र.से. अछाम दरबन्दी भएकी हाल जिल्ला प्रहरी ११ कार्यालय अछाममा कार्यरत प्रहरी जवान सुन्तली धामीसमेत रिट अधिकारक्षेत्रअन्तर्गत यसै अदालतबाट एकपटक आदेश भई सो आदेश अन्तिम भएर रहिरहेको अवस्थामा हालसम्म त्यस्तो आदेशलाई चुनौती दिई अर्को रिट निवेदन दिन पाउने हक स्वीकार गरिएको छैन र त्यस्तो परम्परा स्थापित भएको अवस्था नहुँदा अन्तिम तहको न्यायिक निकायबाट निर्णय भै सो निर्णय अभिलेखको रूपमा रहेको अवस्थामा सोही विषयलाई उही निकायको समान तहको इजलासबाट त्यस्तो निर्णय बदर गर्न सक्ने अवस्था पनि नरहने । एउटै विषयमा अन्तिम तहको न्यायिक निकायको समान तहको इजलासबाट बदर गर्दै जाने हो भने मुद्दा अन्तिम पनि कहिल्यै हुन नसक्ने हुँदा कानूनबमोजिम पुनरावलोकन गर्ने अवस्थामा बाहेक समानस्तरमा आफैँले आफैँलाई वा आफ्नो विरूद्ध आफैँले रिट जारी गर्ने अवस्था कतै पनि स्वीकार गरिएको नपाइने । (प्रकरण नं. ७) मुद्दा चलाउने आदेश हुनुपूर्व नै आफ्नो कुरा भन्ने मौका पाउनु पर्ने भन्ने हकमा अभियोजनपूर्व नै त्यस्तो अधिकारको दाबी गर्न सकिने सैद्धान्तिक आधारसमेत नदेखिँदा प्राकृतिक न्यायको सिद्धान्तबमोजिम आफ्नो प्रतिवाद गर्ने मौका नै प्राप्त नहुने अथवा गुमिसकेको भन्ने अवस्थालाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत भनी पूर्ण इजलाससमेतको निष्कर्षबाट चलेको मुद्दाको निष्कर्षको रूपमा लिन नमिल्ने । मुद्दामा अभियोजन भन्नु र फैसला भन्नु फरक कुरा हो । फैसला हुँदा पूरा तवरले इन्साफ गर्न अदालत स्वतन्त्र रहन्छ र प्रतिवादीको हैसियतले आफ्नो सम्पूर्ण प्रतिवाद गर्न रोकेको नदेखिने । (प्रकरण नं. ८) रिट निवेदकको तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय विजयप्रसाद मिश्र र करूणाकर मल्लिक विपक्षीको तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता किरण पौडेल र विद्वान्‌ वरिष्ठ अधिवक्ता डा. शङ्करकुमार श्रेष्ठ अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) आदेश न्या. कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको सङ्क्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छ : रिट निवेदन व्यहोरा : विपक्षीमध्येकी सुन्तली धामीले मिति २०६६ साल आश्विन ११ गते राति अन्दाजी ८.३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, अछामको सञ्चार बङ्कर कोठाभित्र हामी निवेदकहरूसमेतले विपक्षीलाई सामूहिक रूपमा जबर्जस्ती करणी गरेको भनी नाम थाहा नभएको भन्दै थरसम्म उल्लेख गरी जिल्ला प्रहरी कार्यालय डोटीमा २०६६।६।१४ मा निवेदन दिएको र मिति २०६६।६।२० मा हामीसमेतको नाम किटानी गरी जिल्ला प्रहरी कार्यालय अछाममा जबर्जस्ती करणीको जाहेरी दरखास्त दर्ता गराएपश्चात् जिल्ला प्रहरी कार्यालय अछामले हामीसमेतलाई अनुसन्धानको लागि पक्राउ गरी कानूनबमोजिम अनुसन्धान गरेपश्चात् प्राप्त प्रमाण कागजबाट विपक्षीको जाहेरी दरखास्तमा उल्ल