निर्णय नं. ९४०२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४०२ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०३/०३ ३३६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति : २०७१।३।३।३ ०६९-WO–०१६६ विषय : उत्प्रेषण । निवेदक : काठमाडौंं जिल्ला, काठमाडौंं महानगरपालिका वडा नं. ३१ कमलादीस्थित नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका अख्तियारप्राप्त महाप्रबन्धक केशव दुवाडी विरूद्ध विपक्षी : श्री श्रम अदालत, अनामनगर, काठमाडौंंसमेत अमूक कम्पनी वा प्रतिष्ठानको नाफा निर्धारण गर्दा कम्पनी वा प्रतिष्ठानले प्राप्त गरेको समष्टिगत नाफा त्यसमा पनि खास गरी राजस्व तिर्नुपर्ने रकम र पुँजीगत आयलाई मानिने भएपनि लगानीका कम्पनीहरूमा यसको प्रयोग हुन सक्दैन । कम्पनीको चालु आर्थिक वर्षको अवस्थाबाट यसलाई अलग-अलग गर्न पनि नमिल्ने । स्वीकार गरिएको नाफा अन्तर्गत व्यवसायबाट प्राप्त नाफा र पुँजीगत व्यापारबाट प्राप्त नाफालाई समावेश गरिए पनि यसलाई सीमान्तकृत नाफा भन्न मिल्दैन । कतिपय अवस्थामा यस्तोप्रकारका नाफालाई पुँजीगतसमेत गर्ने गरिन्छ । सेयर बिक्रीबाट प्राप्त भएको रकम त सेयरधनीको अमूक कम्पनीमा लगानी गरेबापत प्राप्त भएको पुँजीगत रकमको अंश हो । यसलाई प्रथमत: सेयरधनीले बहन गर्नुपर्ने दायित्वको रूपमा र द्वितीयत: कम्पनीले घोषणा गरेको लाभको रकमको हिस्साको रूपमा लिने गरिन्छ । यो केबल रकममात्र नभई लगानीकर्ताका बीचमा भएको सम्झौताबापतको पुँजीगत ब्याजसमेतको अंश हो जसको प्रत्यक्ष लाभग्राही सेयरधनी हुने हो । सेयर लगानी गरेका लगानीकर्ताहरूले नै लाभांश घोषित गरेको अवस्थामा मात्र उक्त सेयरको पुँजीगत अंश परिचालन बापत प्राप्त आयमा लाभान्वित हुने अवस्था रहिरहने । (प्रकरण नं. ५) निवेदकहरूले Golden Handshake अन्तर्गत प्याकेजमा सुविधा प्राप्त गरी अवकाश लिएको देखिँदा कम्पनीको कर्मचारी नियमावलीको संशोधनपछि अवकाश पाएका कामदार कर्मचारीको हकमा संशोधनको अधिनमा रहेर मात्रै उत्पादकत्व पुरस्कार पाउन सक्ने हुनाले सोको प्रावधान तथा मान्यतालाई अनदेखा गर्न नमिल्ने । (प्रकरण नं. ६) कम्पनीको सेयरबाट प्राप्त आयलाई बिमा व्यवसायबाट प्राप्त आय भन्न मिल्ने देखिँदैन । सेयर भै रहेको पूँजीको अंश हो । सेयरको बिक्रीबाट तथा सेयरबाट नै उत्पादकत्व पुरस्कार भनी वितरण गर्न नमिल्ने । (प्रकरण नं. ७) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ताद्वय विजयप्रसाद मिश्र र राजकुमार कार्की विपक्षीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी, वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र विद्वान् अधिवक्ता नेत्र आचार्य अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्मचारी नियमावली, २०६३ (संशोधनसहित) को नियम ४.११ श्रम ऐन, २०४८ को दफा ७३(५), ८७ आदेश न्या. कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य र आदेश निम्नबमोजिम रहेको छ । १. रिट निवेदन व्यहोरा : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मुनाफाको उत्पादकत्व पुरस्कार नदिने भन्ने निर्णय र परिपत्र नियमावलीको नियम ४.११ समेतको प्रतिकूल हुँदा सो नियम ४.११ मा भएको व्यवस्थाबमोजिम नेपाल क्रेडिट एन्ड कमर्स बैंकको सेयर बिक्रीबाट आएको मुनाफा आर्जन गरेको हुँदा उक्त रकम र अन्य उत्पादकत्व पुरस्कार सुविधा रकम हाम्रोसमेत स्वतःहक स्थापित हुने र नियमानुसा