निर्णय नं. ४२८२ - उत्प्रेषण लगायत परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२८२ - उत्प्रेषण लगायत परमादेश भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०५/२६ २६२० निर्णय नं. ४२८२ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४५ सालको रि.नं. १४३१ आदेश भएको मिति: २०४८।५।२६।४ मा निवेदिका: सिद्धार्थनगर न.पं.वा.नं. ६ बस्ने शिवकुमारी श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने शिवपुजन जैसवालसमेत विषय : उत्प्रेषण लगायत परमादेश (१) एकाको नामको सम्पत्ति अर्को व्यक्तिको स्वीकृति लिने दिने काम गरी घरको नक्शा पारीत गर्ने काम भएकोले कानुन बमोजिम भए गरेको मान्न सकिने अवस्था छैन निवेदिकाको मूल विषय र आघातित अधिकार नक्शा पास कै एक अंग भएकोले निजको (साविक पेज नं. १६३) आफ्नो हक भोगको जग्गालाई सो पारीत नक्शामा बाटो देखाइएको हुँदा सोही कुराको उपचार माग्नका लागि रिट क्षेत्रमा प्रवेश गरेको हुँदा सो बाटोको स्थितिका सन्दर्भमा उपचार दिन बाधा परेको मान्न नसकिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको मुख्य तथ्य जिकिर एवं आदेश निम्न बमोजिम छ । २. जिल्ला रुपन्देही, भैरहवा सिद्धार्थनगर नगरपञ्चायत वार्ड नं. ६ को बासिन्दा वासुदेव जैसवालको नामको ऐ.नगरपञ्चायत वार्ड नं. ६ को पूर्व शिवकुमारी श्रेष्ठ, पश्चिम पन्ना, उत्तर जसोधरा जैसवाल, दक्षिण पिताम्बर यति चार किल्ला भित्रको ०–०–१३ ते¥ह धुर नापी नभएको घडेरी जग्गा निजै बासुदेवबाट शिवपुजनले मिति २०४०।२।२० को पारित बकसपत्रले पाउनु भएको छ । उक्त जग्गामा प्रथम तल्लामा पक्की घर बनाउनलाई नक्शा सहितको दर्खास्त विपक्षी शिवपुजनले सिद्धार्थनगर नगरपञ्चायतमा मिति २०४०।८।२१ गते दिनु भएकोमा सो नगरपञ्चायतबाट नगरपञ्चायत ऐन, २०१९ को दफा ४८(१) बमोजिम सन्धिसर्पन उजुरी बारेको सूचना म निवेदिका समेतका नाममा तामेल भई आउँदा मिति ०४०।९।३ मा मैले विरोध जनाई उजूरी सिद्धार्थनगर नगरपञ्चायतमा दर्ता गरेको थिएँ । विरोधको कारण निज विपक्षीले पेश गरेको नक्शामा पूर्वतर्फ मेरो घर जग्गाको बीचबाट ३ फिट चौडाईको सार्वजनिक बाटो गल्ली देखिने गरी नक्शा पास हुनु पर्ने होइन । उक्त व्यहोराको मेरो विरोध उजूरी परेपछि नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) मा उल्लेखित व्यवस्था अनुकूल आफ्नो अड्डाको रेकर्ड हेरी नक्शामा अंकित गरेको बाटो जग्गा सार्वजनिक हो होइन भन्ने यावत कुराको हक बेहक छुट्याउन पर्ने भएकोले अदालतबाट सो सम्बन्धमा उक्त हकबेहक छुट्याई आएपछि मात्र नक्शाको कारवाही गर्ने गरी पर्चा गरी विपक्षी शिवपुजनलाई सूचना दिनु पर्नेमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(३) को त्रुटि गरी प्रधानपञ्चज्यूले गलत तर्क बुँदा एवं आधार लिई मेरो उजूरीतर्फ छुट्टै निर्णय नगरी मिति ०४०।१०।१८ मा विपक्षी शिवपुजनको नक्शा पास गरी सो को कैफियत खण्डमा “यसमा बाटो सम्बन्धी उजूरी शिवकुमारी श्रेष्ठले दिएकोमा मिति २०४०।९।२५ गतेका दिन शिवकुमारीको हकमा बाटो सम्बन्धी कागज इन्द्रप्रसाद मास्केले गरी दिनु भएको हुँदा नियमानुसार नक्शा स्वीकृत गरिन्छ भनी जनाई नक्शा पास प्रमाणपत्र दिनु भएछ । सो निर्णय उपर विपक्षी जिल्ला पञ्चायतमा उजूरी गरी आउँदा मेरो उजूरी उपर कानुन बमोजिम गर्न जान भनी निवेदकलाई जानकारी गराउने भन्ने जिल्ला पञ्च