निर्णय नं. ९४०७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४०७ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/१०/२२ ३०४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश मिति : २०७१।१०।२२।५ ०७०-WO-०१४२ मुद्दा : उत्प्रेषण / परमादेश । निवेदक : धनुषा जिल्ला यदुकुहा गा.वि.स. वडा नं. २ बस्ने तेजनारायण व्यारकी नाबालिका छोरी वर्ष ९ की खुसवुकुमारी व्यारसमेत विरूद्ध विपक्षी : पुनरावेदन अदालत, जनकपुरसमेत नाबालकको वास्तविक संरक्षक भनेका आमा र बाबु नै हुन् । बाबु आमा छँदा छँदै कुनै खास कारणबाहेक नाबालकहरूको संरक्षक अरू हुन सक्ने अवस्था हुँदैन । एउटै परिवारकी आमाले व्यवहार गरी मुद्दा हार जित भएपछि सम्पत्ति जान लाग्यो भनी बाबुले निवेदन गरी आफ्नो भाग छुट्याई लिई सकेपश्चात् पुनः नाबालकहरूको बाबु आमा छँदा छँदै मावली हजुरबुवाले नाति नातिनीको हकमा निवेदन गर्ने र बाबु आमाको लिखितजवाफसमेतको व्यहोरा हेर्दा पनि रिट निवेदकलाई सघाउ पुग्ने खालको देखिएको अवस्थामा प्रथम दृष्टि मै निवेदक सफा हात लिई आएको देखिन नआउने । (प्रकरण नं. ६) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता सुरेन्द्रकुमार महतो विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता भरतलाल शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, लेनदेन व्यवहारको ८ नं. दण्ड सजायको महलको २६, ६१नं. आदेश न्या. बैद्यनाथ उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ को उपधारा (२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ : उल्लिखित नाबालिका तथा नाबालकहरूका पिता विपक्षी तेजनारायण र आमा सुमनदेवी व्यार हुन् । म संरक्षक मावली हजुरबुवा हुँ । नाबालक तथा नाबालिकाहरू मेरो संरक्षकत्वमा छन् । विपक्षी तेजनारायण व्यार वैदेशिक रोजगारको लागि विदेश गएको समयमा सुमनदेवी व्यारले विपक्षी बद्री महतो सुडीबाट रू.९,०५,०००।– २०६५ साल फागुन मसान्तभित्र तिर्ने बुझाउने भाखा राखी मिति २०६४।११।१९ मा कपाली तमसुक गरी ऋण लिएको रहेछ । उक्त भाखाभित्र रकम नबुझाएको भनी बद्री महतो सुडीले दायर गरेको लेनदेन मुद्दा मिति २०६६।१२।१५ मा धनुषा जिल्ला अदालतबाट सावाँ रू.९,०५,०००।– र सोको सयकडा दश प्रतिशतले हुने ब्याज तिर्नु बुझाउनु पर्ने गरी फैसला भएको रहेछ । सो फैसलाबमोजिम बिगो भरीभराउको लागि विपक्षी बद्री महतो सुडीले नाबालक तथा नाबालिकाको समेत हक लाग्ने कि.नं. १, कि.नं. ६७२, ६८० / कि.नं. ६८१ का जग्गा देखाई निवेदन दिएपछि विपक्षी तेजनारायण व्यारले फुकुवा गरी पाउन धनुषा जिल्ला अदालतमा मिति २०६७।७।२४ मा दिएको निवेदनमा उल्लिखित जग्गामध्ये आधा जग्गा फुकुवा हुने गरी तहसिलदारबाट मिति २०६८।५।२० मा आदेश भएको रहेछ । नाबालकहरूको अंश हक संरक्षणको लागि मैले जग्गा फुकुवाको लागि गरेको निवेदनमा विपक्षी तहसीलदारबाट मिति २०६९।६।१ मा आधा जग्गा फुकुवा भै सकेकोले फुकुवा गर्न मिलेन भन्ने व्यहोराले आदेश भयो । सोआदेश पनि बदर गरी पाउन दिएको निवेदनमा जिल्ला अदालतबाट मिति २०६९।८।२९ मा कानूनबमोजिम गर्नु भनी आदेश भएपछि सोआदेश पनि बदरको लागि मैले गरेको अ.बं. १७ नं को निवेदन कारवाहीयुक्त अवस्थामा रही रहेको समयमा मिति २०६९।१०।७ मा सुमनदेवी व्यारको हकको जग्गा रामजतन वरहीले डाक लिलाम सकार गरेको रहेछ । उक्त डाक लिलाम बदरको लागि धनुषा जिल्ला अदालतसमक्ष गरेको निवेदनमा पनि मिति २०६९।१२।९ मा र पुनरावेदन अदालत जनकपुरबाट मिति २०७०।