निर्णय नं. ९४०८ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४०८ - लेनदेन भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०९/२२ ४३७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।९।२२।५ ०६४-CI-०८५० मुद्दा : लेनदेन । पुनरावेदक/वादी : का.जि.का.म.न.पा.वडा नं. १९ बस्ने शान्तबहादुर शाही (खड्गे) विरूद्ध प्रत्यर्थी/प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं. १९ बस्ने भाजुरत्न महर्जन ०६४-CI-०८५३ पुनरावेदक/प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं. १९ बस्ने दुर्गादेवी शाही विरूद्ध विपक्षी/वादी : का.जि.का.म.न.पा.वडा नं. १९ बस्ने शान्तबहादुर शाही लिखत परीक्षणमा दक्षता हासिल गरेका विशेषज्ञहरूको राय न्याय सम्पादनको सहजताको लागि भएको तथ्यमा विवाद छैन । लिखत परीक्षण वैज्ञानिक कार्य हो । वैज्ञानिक तरिकाले विवादित लिखतको परीक्षण हुने हुँदा विशेषज्ञको राय विश्वास नगर्ने मनासिब आधार र कारण भएमाबाहेक निजले व्यक्त गरेको रायलाई अस्वीकार गर्न नमिल्ने । (प्रकरण नं. ५) वादीको तर्फबाट : प्रतिवादीको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू बसन्तराम भण्डारी, लोकभक्त राणा र विद्वान्‌ अधिवक्ताहरू दामोदरप्रसाद जोशी, बलबहादुर राई, द्रोण दाहाल, रामबहादुर राउत, विजयराज मिश्र, बसन्त गौतम र नवराज तिमिल्सेना अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अ.बं. ७८ नं. मुलुकी ऐन, किर्ते कागजको महलको १० नं. मुलुकी ऐन, लेनदेन व्यवहारको महलको २ सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री मोहनरमण भट्टराई पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री अलिअकवर मिकरानी मा. न्या.श्री हरिबहादुर बस्नेत फैसला न्या. बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, पाटनको मिति २०६४।४।२८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : प्रतिवादी भाजुरत्न महर्जनले मिति २०४६।१२।३०।५ मा मसँगबाट एक वर्षभित्र सावाँ रकमको १० प्रतिशतले हुने ब्याजसमेत तिर्ने बुझाउने भाखा राखी सावाँ २,००,०००।- रूपैयाँ लिई कपाली तमसुक गरी दिनुभएकामा हालसम्म सावाँ र ब्याज नतिर्नु भएकाले कानूनबमोजिम सावाँ र ब्याजसमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको वादी शान्तबहादुर शाही (खड्गे) ले मिति २०५६।१२।२९ मा काठमाडौंं जिल्ला अदालतमा पेस गरेको फिराद । वादी दाबी झुट्ठा हो । मैले वादीबाट कपाली तमसुक गरी रकम लिएको छैन । म आफू वादी प्रतिवादी भई विभिन्न मुद्दा चलेको र ती मुद्दाहरूमा मेरोतर्फबाट वादीले वारिस राख्न भनी ८० थान खाली लिफामा ल्याप्चे छाप र सही गराई लिएका थिए । पछि वादीले ती लिफामा कपाली तमसुकको व्यहोरा लेखी लेनदेन मुद्दाको फिराद दायर गरेका हुन । लिफामा कपाली तमसुक लेखेको तथ्य तमसुकको अन्तिम हरफको इति संवत्‌ २०४६ साल भनी लेखिएको ‌अङ्कको आकारभन्दा ३० गते भनी लेखिएको अङ्कको आकार सानो, अङ्क ३ को माथिल्लो अंश गाढा भएको, रोज ५ टाढा लेखिएको, लेखक स्वयम्‌ साक्षी रहेको र हरफहरूको दुरी असमान रहेबाट पनि समर्थित छ । तसर्थ वादी दाबीको लिखत अ.बं. ७८ नं. बमोजिम देखाइएका बखत सद्दे किर्तेमा बयान गर्ने छु भन्नेसमेत व्यहोराको प्रतिवादीको तर्फबाट पेस भएको प्रतिउत्तरपत्र । विवादित लिखतको सक्कल वादीबाट पेस गर्न लगाइ उक्त लिखत प्रतिवादीलाई देखाइ अ.बं. ७८ नं. बमोजिम बयान गराई लिखतका अन्तर साक्षीलाई प्रतिवादीसरह बुझी नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको