निर्णय नं. ९४१० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४१० - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/११/१३ २७२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७१।११।१३।४ ०७०-WO-०३१३ मुद्दा : उत्प्रेषण । रिट/निवेदक : जिल्ला सर्लाही गा.वि.स. गोडैता वडा नं.१ घर भई हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालअन्तर्गत प्यारासाईटोलोजी युनिट प्याथोलोजी विभाग ल्याव टेक्निसियन अधिकृत छैठौं तहमा कार्यरत् शोभाचन्द्र मिश्र विरूद्ध विपक्ष : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंंसमेत कानूनद्वारा तोकिएको निकाय वा पदाधिकारीलाई भएको सरूवा गर्ने अधिकार तल्लो निकायलाई भएकामा माथिल्लो निकायले प्रयोग गर्नै नमिल्ने भनी व्याख्या गर्न नमिल्ने । विधायिकाको मनसाय सरूवा गर्दा माथिल्लो निकायका पदाधिकारीलाई भएको सरूवा गर्ने अधिकार सोभन्दा तल्लो निकाय तथा पदाधिकारीले प्रयोग नगरून् भन्ने हो । तर जुन निकाय वा पदाधिकारीलाई सरूवा गर्ने अधिकार तोकिएको छ सो निकाय वा पदाधिकारीलाई भएको सरूवा गर्ने अधिकारले तोकिएको निकाय वा पदाधिकारीभन्दा माथिल्लो निकायको सरूवा गर्न सक्ने अधिकारलाई सङ्कुचित गरेको अवस्था होइन । त्यसरी सङ्कुचित गरिएमा तल्लो निकायबाट भए गरेको अनियमिततालाई माथिल्लो निकायले उचित तवरबाट नियन्त्रण गर्न सक्ने अवस्थासमेत आउँदैन । माथिल्लो निकाय तथा पदाधिकारीले गरेको त्यस्तो सरूवालाई मान्यता नदिने हो भने न्याय र कानूनको मर्म प्रतिकूल हुन जाने । (प्रकरण नं. ४) रिट/निवेदकको तर्फबाट : विद्वान् अधिवक्ताहरू सुनिलरञ्जन सिंह, अरविन्दकुमार सिंह र धिरेन्द्रकुमार शाह विपक्षीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी र विद्वान् अधिवक्ता पूर्णिमा गुरागाईं अवलम्बित नजिर : सम्बद्ध कानून : स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २१ स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ३१ आदेश न्या. चोलेन्द्र शमशेर ज.ब.रा. : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०७०।६।१८ को सरूवासम्बन्धी पत्रमा निर्वाचन आयोगको मिति २०७०।६।४ को सहमति तथा नेपाल सरकार (सचिवस्तर) को मिति २०७०।६।१८ को निर्णयानुसार तपाइँंलाई देहायबमोजिम सरूवा गरिएको छ भनी सरूवा गरिएको व्यहोरा मिति २०७०।५।२० मा प्राप्त भयो । साबिक पद तथा कार्यालय सरूवा गरिएको पद तथा कार्यालय सेवाः- नेपाल स्वास्थ्य सेवा सेवाः- नेपाल स्वास्थ्य सेवा समूहः- मे.ल्या.टे. समूहः- मे.ल्या.टे. पदः- ल्याब टेक्निसियन पदः- ल्याब टेक्निसियन तहः- छैठौं तहः- छैठौं कार्यालयः- चि.वि.रा.प्र. कार्यालयः- जिल्ला वीर अस्पताल काठमाडौंंस्वास्थ्य कार्यालय, गोरखा विपक्षीहरूको कार्यले मनसायपूर्वक र ममाथि कलुसित भावना राखी सरूवा गरिएको प्रस्ट देखिन्छ । मलाई स्वास्थ्य सेवा विभागको मिति २०६३।१२।१९ को निर्णयानुसार च.नं. २८५ मार्फत साबिक पद र कार्यालय मे.ल्या.टे. शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुबाट मे.ल्या.टे. वीर अस्पताल काठमाडौंंमा सरूवा गरिएको थियो । वीर अस्पतालले २०६४।१।२ को पत्रद्वारा वीर अस्पतालको प्याथोलोजी विभागमा काम काजमा लगाएपश्चात् हालसम्म अनवरतरूपमा कार्यरत् छु । मलाई नेपाल सरकार स्वास्थ्य सेवा विभागको मिति २०६४।४।३० को निर्णयानुसार २०६४।२।१४ देखि ला