निर्णय नं. ९४११ - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४११ - उत्प्रेषण, परमादेश भाग: ५७ साल: २०७२ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/१२/१२ ५०१९ सर्वोच्च अदालत, विशेष इजलास सम्माननीय प्र.न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय आदेश मिति :२०७१।१२।१२।५ ०७०-WS-००४२ विषयः- उत्प्रेषण, परमादेश । निवेदक/पक्ष : नुवाकोट जिल्ला, थानपति गा.वि.स. वडा नं. ३ घर भई रा.प.अनं प्रथम श्रेणी, टेलिफोन अपरेटर पदमा त्रि.वि. भन्सार कार्यालय, गौचर काठमाडौंमा कार्यरत् यादवप्रसाद थपलिया । विरूद्ध प्रत्यर्थी/विपक्षी : मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत । निजामती सेवालाई कस्तो बनाउने, यसको संगठनात्मक स्वरूप कस्तो हुने, पदसोपानको संरचना कुन प्रकारको राख्ने, निजामती कर्मचारीको नियुक्ति, बढुवा र बर्खासीका मापदण्ड के कस्तो आधारबाट निर्धारण गर्ने, सेवाका सर्त र सुविधाहरू के कस्तो प्रदान गर्ने भन्ने विषयहरू कर्मचारी प्रशासनको क्षेत्रमा विकसित मान्यता, सिद्धान्त र प्रचलनलाई ध्यान दिई देशको अवस्था र आवश्यकताअनुरूप राज्यले अख्तियार गर्ने नीतिमा भर पर्ने विषय भएको हुँदा न्यायिकरूपमा व्यवस्थापन हुने विषय मान्न नमिल्ने । (प्रकरण नं. ३) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र विद्वान् अधिवक्ता नरेन्द्रप्रसाद पाठक विपक्षीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा नियमावली, २०५० को नियम ८८ को उपनियम (६), (१), (२), (३) अन्तरिम संविधान, २०६३ को धारा १२(३)(च), १३(१) आदेश न्या.गिरीश चन्द्र लाल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(१) र (२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : म निवेदक मिति २०४२।१२।२९ मा रा.प. अनं.द्बितीय श्रेणीको टेलिफोन अपरेटर पदमा स्थायी नियुक्ति पाई मिति २०६४।९।२९ देखि २०६४।११।७ सम्ममा सञ्चालित राजस्व प्रशासनसम्बन्धी सहायक स्तरीय सेवाकालीन तालिम हासिल गरिसकेको र नेपाल ल क्याम्पसबाट आइ.एल. (प्रवीणता प्रमाणपत्र तह) को शैक्षिक योग्यता हासिल गरेको छु । मिति २०६८।१०।२४ को निर्णयानुसार तत्कालीन निजामती सेवा ऐन, २०४९ को दफा २४घ१ बमोजिम ०६८।१०।१ देखि जेष्ठता कायम हुने गरी टेलिफोन अपरेटर, रा.प. अनं. प्रथम (विविध प्रा.) पदमा बढुवा भई कार्यरत् कर्मचारी हुँ । मिति २०६९।१२।२९ मा भएको निजामती सेवा ऐन, २०४९ को तेस्रो संशोधन अध्यादेशले नि.से.ऐ. को दफा २४घ१ को व्यवस्थालाई खारेज गरी २४घ१क र २४घ१ख थप गरेको थियो । उक्त संशोधनले कर्मचारी समायोजनसम्बन्धमा सम्बन्धित मन्त्रालयले १ महिनाभित्र पुल दरबन्दी सिर्जना गरी त्यस्तो कर्मचारीलाई समायोजन पदस्थापन गर्नेछ भन्ने कानूनी व्यवस्था भएकाले आफूले लिएको राजस्वसम्बन्धी सेवाकालीन तालिमअनुसार सोही समूहमा समायोजन होला भन्ने प्रतिक्षामा रहेको थिएँ । तर मिति २०७०।१।२३ को निर्णयानुसार अर्थ मन्त्रालयको पुल दरबन्दीमा समायोजन पदस्थापन गरी मिति २०७०।।५।१७ को निर्णयअनुसार पुनः सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सरूवा गरिएको छ । निजामती सेवा नियमावली, २०५० को नियम ८८ को उपनियम (१) अनुसार टाइपिष्ट पदहरूको पूर्ति र त्यस्ता कर्मचारीहरूको बढुवा "टाइपिष्ट वर्गीकरण योजना" र समय समयमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कार्यविधिबमोजिम गरिनेछ र ऐ. उपनियम (२) मा उपनियम १ मा जुनसुकै कुरा लेखिएको भए ताप