निर्णय नं. ९४१३ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४१३ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०६/३० ३४५६ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्र.न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति : २०७१।०६।३०।५ ०६७-WF-००२१ विषय : उत्प्रेषण / परमादेश । निवेदक : काठमाडौं जिल्ला, तिनथाना गा.वि.स वडा नं. ८ बस्ने प्रेस काउन्सिल नेपालका सदस्यबाट हटाइएका हरिगोविन्द लुइटेल । विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेत । कानूनद्वारा गठित निकायको अध्यक्ष वा सदस्यको नियुक्ति कानूनद्वारा नै तोकिएको तरीका एवम् समयावधिको लागि हुने र यसको सञ्चालन, व्यवस्थापन र अन्य कार्य प्रणाली कानूनद्वारा नै व्यवस्थित र नियमित हुने कुरामा विवाद हुन नसक्ने । राज्यका प्रत्येक निकाय र पदाधिकारीले कानूनबमोजिम आफ्नो काम गर्नुपर्ने हुन्छ । शासन विधिको हुनुपर्दछ व्यक्तिको होइन भन्ने विधिको शासनको मूलभूत सिद्धान्त हो । कानूनबमोजिम नभएको वा कानूनको उचित प्रक्रिया पूरा नगरी गरिएको कार्य वा निर्णय बदरभागी हुने । ऐनमा नै सदस्यहरूको पदावधि चार वर्षको हुने भनी किटान गरेको अवस्थामा सो पदावधि समाप्त नहुँदै अवकाश दिने गरी भएको माननीय मन्त्रिस्तरीय निर्णय प्रेस काउन्सिल ऐन, २०४८ को हुने । सार्वजनिक पदाधिकारीलाई नियुक्तिकर्ताको इच्छाअनुकूलको अवधिसम्म बहाल राख्ने र इच्छाअनुकूल नै हटाउन हुन्छ भन्न मिल्दैन । सार्वजनिक पदाधिकारीको नियुक्ति र बर्खासी नियुक्ति गर्ने पदाधिकारीको इच्छाबाट निर्देशित गर्न मिल्दैन र यो कुरा Doctrine of Pleasure को सिद्धान्त अनुकूल हुँदैन । कानूनको शासनको सिद्धान्तले पनि त्यस्तो निर्णयलाई समर्थन नगर्ने । (प्रकरण नं. ५) सम्बन्धित ऐनमा पदावधिको प्रष्ट व्यवस्था भएको, तर नियुक्ति दिँदा नियुक्तिकर्ताले पदावधि उल्लेख नगरेको वा घटी पदावधि उल्लेख गरेको वा बढीमा भन्ने शब्द प्रयोग गरी सो पदावधिलाई घटबढ गराउने गरी निर्णय गरेको देखिए त्यस्तो निर्णयलाइ कानूनसङ्गत भन्न मिल्ने हुँदैन । कानूनले खास पदावधि तोकिएको अवस्थामा सो किटानी तोकिएको पदावधिसम्म निजले काम काज गर्न पाउने नै हुन आउने । (प्रकरण नं. ६) निवेदकको तर्फबाट : विपक्षीको तर्फबाट : उपन्यायाधिवक्ता सूर्यराज दाहाल र विद्वान् वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती अवलम्बित नजिर : स.अ. बुलेटिन २०६८, वर्ष २०, अङ्क २४, चैत २, पूर्णाङ्क ४७४, पृष्ठ २५ सम्बद्ध कानून : प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ को उपदफा (२), यस अघि रायबाझी फैसला गर्नेः माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री अवधेशकुमार यादव आदेश स.प्र.न्या. रामकुमार प्रसाद शाह : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतमा दर्ता भई संयुक्त इजलाससमक्ष पेस हुँदा सो इजलासका माननीय न्यायाधीशहरूको फरक फरक राय भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम पेस हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ : प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ को उपदफा (२) ले प्रेस काउन्सिल नेपालको सदस्यको पदावधि चार वर्षको हुने स्पष्ट कानूनी व्यवस्था गरेको छ । म विगत २६ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा कार्यरत्् छु । यस बीचमा विभिन्न मासिक पत्रिकाहरूमा प्रधान सम्पादक र कार्यकारी सम्पादकको जिम्