निर्णय नं. ९४१४ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४१४ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०५/२४ ४०५३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७१।०५।२४।३ ०६९-WO-१२६७ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : का.जि.का.म.न.पा.वडा नं.२ बस्ने पुकार नरसिंह राणासमेत । विरूद्ध विपक्षी : नेपाल राज्यका महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालयसमेत । निवेदकहरू उपर परेको पहिलो उजुरीमा अनुसन्धानको क्रममा रिट निवेदकहरूलाई कानूनबमोजिम बयान गराई प्रमाण सङ्कलन गर्ने समेतका काम सम्पन्न भएको अवस्थामा कसुरदार नदेखिएको आधारमा एकपटक निवेदकहरूलाई मुद्दा नै नचलाउने भनी निर्णय गरिसकेपछि पुनः सोही अभियोगमा मुद्दा चलाउने भनी गरेको निर्णय कानूनतः मिल्ने नदेखिने । (प्रकरण नं. ५) सुरू कारवाही र किनारा गर्ने अधिकारभित्र अभियोग पत्र पेस गर्ने गरी आदेश गर्न पाउने अधिकार समावेश भएको मान्न नमिल्ने । अमुक व्यक्तिलाई कुनै अमुक मुद्दामा सजायको मागदाबी लिई अभियोजन गर्नु भनी मुद्दाको रोहमा आदेश गर्नु संवैधानिक र कानूनी व्यवस्थाको विपरीत हुनुको साथै स्वतन्त्र न्यायपालिकासम्बन्धी अवधारणा र मूल्यमान्यताको विपरीत हुने देखिने । (प्रकरण नं. ६) यी रिट निवेदकहरू कसुरदार नदेखिएको भन्ने आधारमा मुद्दा नचल्ने गरी सरकारी वकिल कार्यालयबाट निर्णय भई सोही निर्णयको आधारमा निजहरूको हकमा अभियोगपत्र पेस नभएपछि निजहरूलाई सोही कसुरमा पुनः अनुसन्धान तहकिकात गरी पूरक अभियोजन गर्ने गरेको विपक्षी निकायहरूको कार्यलाई प्रचलित संविधान एवम् कानून र न्यायिक मूल्य मान्यताअनुरूपको मान्न मिल्ने नदेखिने । (प्रकरण नं. ७) निवेदकको तर्फबाट : विपक्षीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६४ नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) आदेश न्या. जगदीश शर्मा पौडेल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतमा दर्ता भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र आदेश यस प्रकार छ :– दक्षिण कोरियामा प्रशिक्षार्थी कामदार पठाउन मुनड्रप्स ओभरसिज सर्भिसेज प्रा.लि.छनौट भएकाले कामदार पठाउनेसम्बन्धमा दक्षिण कोरिया स्थित साना तथा मझौला सङ्घ (KFSB) र मुनड्रप्स ओभरसिज सर्भिसेज प्रा.लि.बीच मिति २०५९।१२।२६ तदनुरूप अप्रिल ९, २००३ मा सम्झौता भएको थियो । सम्झौतामा उक्त प्रा.लि.ले नेपालमा तालिम, हवाई शुल्क, कोरियामा हुने तालिम, काममा सहभागी हुनु अघि लाग्ने खर्च, बिमा खर्च, सेवा शुल्कबापत १२९२।– डलर बराबरको रकम लिन पाउने उल्लेख थियो । कामदारबाट लिन पाउने रकम उक्त प्रा.लि.को लेखा शाखामा बुझाई रसिद लिनुपर्ने भनी मुनड्रप्स ओभरसिज प्रा.लि.को सूचना पार्टीमा र सार्वजनिक सञ्चार माध्यममा सूचना प्रकाशन गरेको थियो । एजेन्ट तथा व्यक्तिलाई रकम लिन पाउने र बुझाउने व्यवस्था थिएन । दक्षिण कोरियाबाट प्रशिक्षार्थी कामदार माग भई आएपछि सार्वजनिक सूचना प्रकाशन गरी प्रतिष्पर्धा गराई सम्झौतामा उल्लिखित सर्तहरू पूरा गरी २१५५ जना कामदार पठाइएको थियो । हाल दक्षिण कोरियामा प्राइभेट कम्पनीले कामदार पठाउन पाउने व्यवस्था बन्द भै सकेको छ । Man power कम्पनीले कामदार पठाउन पाउने व्यवस्था बन्द भै सकेपछि मिति २०६४।६।५ मा दक्षिण कोरियामा रोजगारीको लागि पठाईदिन रकम लिई नपठाएको भनी केही अपरिचित व्यक्तिहरूले मुनड्रप्स ओभर