निर्णय नं. ९४१५ - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४१५ - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भाग: ५७ साल: २०७२ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/१०/२५ ६६०९ सर्वोच्च अदालत संयुक्त इजलास सम्माननीय प्र.न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री दीपक राज जोशी फैसला मिति : २०७१।१०।२५ ०६९-CR-०२४४ मुद्दा : गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको । पनुरावेदक/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार । विरूद्ध प्रत्यार्थी/प्रतिवादी : काठमाडौं जिल्ला, डिल्लीबजार धोबीधारा घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ४ धुम्बाराही बस्ने पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलसमेत ०६९-CR-०२७५ पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ४ धुम्बाराही बस्ने अच्युतकृष्ण खरेल विरूद्ध प्रत्यार्थी/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार प्रतिवादीले बैंक ब्याज, शेयर लाभांश तथा बचतपत्रबापत प्राप्त ब्याज आफ्नो बयान मागअनुरूप हुनुपर्ने भनी पुनरावेदनपत्रमा जिकिर लिएको सम्बन्धमा विचार गर्दा त्यस्ता रकम वैध अवैध छुट्टयाउन सक्ने स्थिति नहुने हुनाले न्यायोचित अनुमानका आधारमा ३० प्रतिशतसम्म रकम आयमा गणना गरेको विशेष अदालतको फैसला मनासिब देखिने । (प्रकरण नं. २४) आरोपपत्रमा उल्लेख भएअनुसारको प्रतिवादीका जिम्मामा रहेको कुल सम्पत्तिभन्दा प्रतिवादीको वैधानिक आम्दानीको स्रोत बढी नै रहेको देखिएको उल्लिखित स्थितिमा अनुमानका भरमा प्रतिवादीलाई कसुरदार कायम गर्न र सजायको भागीदार बनाउनु कानूनको मनसायविपरीत हुने । वस्तुनिष्ठ प्रमाण र मनासिब आधार तथा कारणविना गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक जीवनयापन गरेको भनी आरोपपत्रमा आरोपित गरिनु मात्र आफैँमा पर्याप्त हुँदैन, त्यस्तो आरोप तथ्यपूर्ण, निश्चयात्मक र वास्तविक आधार र प्रमाणबाट खम्बिर हुनुपर्ने । (प्रकरण नं. २५) पुनरावेद/वादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ताद्वय महेश शर्मा पौडेल र गोपीचन्द्र भट्टराई प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल अवलम्बित नजिर : ने.का.प. २०६७, अङ्क १२, नि.नं. ८५१९, पृष्ठ २००७ ने.का.प. २०६८, अङ्क ६, नि.नं. ८६३० पृष्ठ ९१७ सम्बद्ध कानून : विशेष अदालतमा फैसला गर्ने :– अध्यक्ष मा.न्या.श्री गौरीबहादुर कार्की सदस्य मा.न्या.श्री ओमप्रकाश मिश्र सदस्य मा.न्या.श्री केदारप्रसाद चालीसे फैसला स.प्र.न्या.रामकुमार प्रसाद शाह : विशेष अदालतको फैसलाउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम वादी नेपाल सरकार एवम् प्रतिवादीको तर्फबाट पुनरावेदन दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले आफ्नो पदीय दायित्वको दुरूपयोग गरी विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूलाई प्रभावमा पारी काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पताल पछाडिको ६ रोपनी सरकारी जग्गा आफन्तहरूका नाममा दर्ता गरी भ्रष्टाचार गरेको भनी द.नं. ११०७३ मिति २०५९।२।१२ र द.नं. ११०६४ मिति २०६०।२।१६ मा आयोगमा दुईवटा उजुरीहरू पर्न आएका तथा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको कूल स्वआर्जित सम्पत्तिमध्ये ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको रू. १० लाखको शेयर रकमसमेत जम्मा रू. ५०,५१,३०३।६० बराबरको सम्पत्तिको आ