निर्णय नं. ४२८३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२८३ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/१०/१८ २७४४ निर्णय नं. ४२८३ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको रि.नं. ५४८ आदेश भएको मिति: २०४७।१०।१८ मा निवेदक : झापा जिल्ला चारपाने गा.पं. वा.नं. ८ बस्ने श्री नारायण सिवाकोटी विरुद्ध विपक्षी : झापा जिल्ला वनक्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगसमेत विषय : उत्प्रेषण (१) राजीनामामा ऐलानी जग्गा समेत पर्ने गरी चार किल्ला राखेको भए पनि त्यसले निर्विवाद मान्यता पाउने होइन अतः यसरी साविक दर्तावालाले नै जग्गा कायम गराउन नसकी रहेकोमा २०२४ सालपछि राजीनामा रजिष्ट्रेशन गरी लिने रिट निवेदकले नरबढी भनी दावी गर्ने हक नभएको रिट निवेदिकाको विवादित जग्गामा निर्विवाद हक कायम हुन नसक्ने । (प्रकरण नं. ८) (साविक पेज नं. १६७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान अधिवक्ता श्री युवराज संग्रौला विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ । २. झापा जिल्ला चारपाने गा.पं. वा.नं. ८ भित्रको उत्तर सखुवानी झार दक्षिण खोलाधार पश्चिम पोखरी अदुवा खोला पश्चिम उत्तरबाट दक्षिण डिल पूर्व अदुवावारी चार किल्ला भित्रको ज.वि. १–१–१२ र उत्तर सखुवानी झार अदुवा खोला पश्चिम सखुवानी झार पूर्व अदुवा खोला चार किल्ला भित्रको ०–१९–४ जग्गा गरी २ कित्ता ज.वि. २–१६–४ रु. ४,६०० बुझाई ०२४ सालमा रजिष्ट्रेशन पास भई हाल उक्त जग्गा कि.नं. १३६ कायम भई भोगचलन गरी आएको र उक्त जग्गा रजिष्ट्रेशन पारित गरी लिँदा चौहदी भित्र २–१४–० नरबढी भएकोमा उक्त छूट जग्गा दर्ता गरी भोग गर्न पाउने शर्त बमोजिम दर्ता गरी पाउन तत्कालै भूमिप्रशासन कार्यालय, झापामा निवेदन गरी कारवाही चलाएको थिएँ उक्त हाल कि.नं. १३७ को २–१४–० छूट जग्गाको आवश्यक कारवाही धरौट दाखिल गरी चलाएको थिएँ । तर उक्त २–१४–० जग्गा वन सीमा भित्र पर्ने देखाई अदुवा खोला पश्चिम, हरिप्रसाद उप्रेती मंगल मुर्मु सतारको जग्गा पूर्व सुरक्षित जंगल उत्तर र भद्रपुर घैलाडुब्बा बाटो उत्तर चार किल्ला उल्लेख गरी उक्त चार किल्ला भित्रको अन्दाजी जग्गा १४–१५ विगहा आवाद गरेको ठाउँ ठाउँमा डिमारकेशन पिलर उखेली सकेको देखिएकोले सोध्दा चारपाने गा.पं. वा.नं. ८ बस्ने श्री नारायण सिवाकोटी समेतले जंगल फडानी गरी जोतपोत गरेको भन्ने व्यहोराको फरेष्टर महावीरलालको मिति २०३०।१२।११ मा प्रतिवेदन परी मेची वन डिभिजन कार्यालय झापाबाट मिति २०३२।९।१६ गते म निवेदक समेतले वन संरक्षण विशेष व्यवस्था ऐन, २०२४ को दफा ६(ख) अन्तर्गत कसूर गरेको ठहर गरी फैसला गरेको थियो । मेची वन डिभिजन कार्यालयको उक्त फैसला उपर चित्त नबुझी म समेतले मेची अञ्चल अदालतमा पुनरावेदन गरेकोमा अञ्चल अदालतबाट नरबढी भयो भनेको जग्गा वन सीमा भित्रको हो वा होइन अथवा अदुवा खोलाले छाडी बगर पारेको जग्गा हो सो सबै स्पष्ट देखिने गरी अ.बं. १७१ नं. बमोजिम नक्शा गराई पेश गर्नु भन्ने आदेश भई सो बमोजिम नक्शा हुँदा वन सीमा भित्रको जग्गा ठहर नभई मिति ०३४ साल आश्विन १२ गते मिसिल सामेल रहेको नक्शाबाट समेत आवाद गरिएको भनिएका जग्गाहरु वन सीमाना बाहिरका पुरानो आवादी देखिएकोले वन संरक्षण विशेष व्यवस्था ऐनको परिधि बाहिरको जग्गा