निर्णय नं. ९४१८ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४१८ - ज्यान मार्ने उद्योग भाग: ५७ साल: २०७२ महिना: असोज अंक: ६ फैसला मिति :२०७२/०२/३२ ९८८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.व.रा. फैसला मितिः २०७२।०२।३२।२ ०६८-CR-०३३५ मुद्दाः ज्यान मार्ने उद्योग । पुनरावेदक/पक्षःजिल्ला कैलाली, धनगढी नगरपालिका वडा नं. १२ बस्ने देवी शाहीको जाहेरीले नेपाल सरकार । विरूद्ध प्रत्यर्थी/विपक्षीः जिल्ला कैलाली, धनगढी नगरपालिका वडा नं. १२ ए गाउँ बस्ने प्रेम शाही । वारदातमा पीडितको शरीरमा भएको घाउ चोटको अवस्था सामान्य प्रकृतिको देखिन आएको र सो कुरालाई प्रतिवादीका साक्षीले अदालतमा गरेको बकपत्र र जाहेरवाला स्वयम्‌ले अदालतमा आई झगडासम्म भएको भनी दिएको निवेदन व्यहोराबाट समर्थित गरेको देखिँदा प्रस्तुत वारदात ज्यान मार्ने उद्योगको श्रेणी अन्तर्गत पर्ने नदेखिई कुटपिटसम्म भएको पुष्टि हुन आउने । (प्रकरण नं. ५) कुटपिटको वारदात र ज्यान मार्ने उद्योगको वारदात नितान्त फरक प्रकृतिका अपराध हुन् । ज्यान मुद्दामा रहने आपराधिक तत्त्वहरू मनसाय, योजना, तयारी र कार्य (Commission of crime) ज्यान मार्ने उद्योगमा समेत समान रूपमा रहेका हुन्छन् तर ज्यान मार्ने उद्योगमा केवल प्रतिवादीले इच्छाएको परिणाम मात्र प्राप्त गरेको हुँदैन । ज्यान मार्ने उद्योगमा कर्ताको कार्य अपराधका मनसाय, योजना तयारी जस्ता सबै चरण पार गरी अपराध घटाउन नजिक पुगेको (Substantive step approach) र केही हस्तक्षेपका कारण उसको इच्छित परिणाम Carry out हुन नपाई अपराध गर्न असफल भएको (Last step approach) अवस्था रहन्छ । कुटपिटमा सामान्य चोट पुर्‍याउने उद्देश्य निहित रहनुका साथै परिणामको पूर्व जानकारी (Foresightness of concequences) पनि नभई ज्यानै लिने उद्देश्यले प्रहार गरेकोसमेत हुँदैन भने ज्यान मार्ने उद्योगमा सो अवस्था नरही प्रतिवादी कर्ताले पूर्व मनसाय राखी तयारीका साथ इच्छित परिणाम प्राप्त गर्न उन्मुख भई काम गरेको हुन्छ । केवल इच्छाएको परिणाम मात्र पूरा भएको हुँदैन । ज्यान मार्ने उद्योगमा मनसाय तत्त्वले ठूलो महत्त्व राख्छ । मनसाय थियो वा थिएन भन्ने कुरा पीडित उपर प्रहार गरेको हतियार र सोको प्रयोगमा प्रयोग गर्ने व्यक्तिको इच्छामा निर्भर रहने गर्दछ । प्रस्तुत मुद्दामा ज्यानै मार्ने उद्देश्यले पूर्व तयारीका साथ वारदात घट्न पुगेको भन्ने कुरा निर्विवाद रूपमा प्रमाणित हुन नसकेको र वारदातको प्रकृति, घाउचोटको अवस्थासमेतलाई विचार गर्दा उक्त वारदात ज्यान मार्ने उद्योगअन्तर्गतको रहेछ भन्ने कुरा शङ्कारहित तवरबाट पुष्टि भएको देखिने । (प्रकरण नं. ६) पुनरावेदक/पक्षका तर्फबाट : प्रत्यर्थी/विपक्षीका तर्फबाट : अवलम्बित नजिर: सम्बद्ध कानून : सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ सुरू फैसला गर्नेः मा.न्या. श्री नारायणप्रसाद धिताल पुनरावेदन तहमा फैसला गर्नेः मा.मुख्य न्या.श्री दीपकराज जोशी मा.न्या. श्री वीर सिंह महरा फैसला न्या. गिरीश चन्द्र लालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छः मिति २०६६।३।८ गते घर परिवारका मानिसहरूले रातिको खाना खाई आ–आफ्नो कोठामा सुतिरहेको अवस्थामा ऐ. ३.३० बजेको समयमा मेरो ढोका ढक–ढक गरी आवाज गरेको हुँदा ढोका खोली हेर्दा एक्कासी अज्ञात व्यक्तिले मेरो घाँटीमा धारिलो हतियार प्रहार गरी घाँटीमा घाउ बनाइदिएको हुँदा घाउ जाँच गरिदिनुका साथै