निर्णय नं. ९४१९ - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४१९ - मोही नामसारी भाग: ५७ साल: २०७२ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/११/०१ ४०५५ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति :- २०७१ ।११ ।१ ।६ ०७०-CI-०४५१ मुद्दाः मोही नामसारी । पुनरावेदक/वादी :- भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १३ वस्ने विष्णुप्रसाद स्वगमिखा । विरूद्ध प्रत्यर्थी/प्रतिवादी :- भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. १७ बस्ने सिताराम पक्कासमेत । यसरी मोहीको मृत्युपश्चात मोहीले कमाई आएको जग्गाको मोहियानी हक प्राप्त गर्नको लागि निजपछि निजको पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, छोरा बुहारी, नाति, नातिनी बुहारी, दाजुभाइ वा दिदीबहिनीहरू मध्ये जो मोहीसँगै एकासगोलमै रहे बसेका छन् त्यस्तो व्यक्तिलाई जग्गाधनीले मोहीको रूपमा पत्याउन सक्ने र सोही व्यक्तिले नै मोहीले कमाई आएको जग्गाको मोहियानी हक प्राप्त गर्ने कुरामा दुविधा नदेखिने । (प्रकरण नं. ५) पुनरावेदक/वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता पन्नामान तुलाधर र विद्वान् अधिवक्ता बच्चुसिंह खड्का प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल र विद्वान् अधिवक्ता ज्ञानरत्न शाक्य अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) सुरू तहमा निर्णय गर्नेः- भूमिसुधार कार्यालय, भक्तपुर । पुनरावेदन तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री एकराज आचार्य माननीय न्यायाधीश श्री रामचन्द्र यादव फैसला न्या. सुशीला कार्की :- पुनरावेदन अदालत, पाटनको मिति २०६८ ।९ ।२५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(क) (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी निवेदन परेकामा निस्सा प्रदान भई पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- फिरादपत्रको सङ्क्षिप्त व्यहोरा पिता विष्णुभक्त र आमा गणेशमाया स्वगमिखासमेत क्रमश: २०६५।११।८ र २०६४।१।१४ मा परलोक भई निजका हक खाने छोरामा जेठा म निवेदक र कान्छा गणेशभक्त स्वगमिखा बाहेक अरू हकदार नभएको । पिता र आमा जीवित छउन्जेल नै गणेशभक्त पितासँग नबसी भिन्न बसी पिताको विरूद्धमा अंश चलन मुद्दा दर्ता गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्ने गरी भक्तपुर जिल्ला अदालतबाट आदेशसमेत भएको हुनाले पिताको हक खाने एकापरिवारको छोरा अर्थात भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम कानूनी हकदार म निवेदक विष्णुप्रसाद स्वगमिखाबाहेक अरू हकदार नभएको प्रष्ट छ । पिता विष्णुभक्तको नाउँमा जोत दर्ता भएको भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १५(ग) कि.नं. २४४, ३०४, ३०५, २४५, ३३८, ३४२, ३४६, ३४४, ३४०, ३३६, ३३७, ३४१, ३४५ को क्रमश: क्षे.फ. ०-७-०-०, ०-४-०-०, ०-१२-१-०, ०-४-१-०, ०-१-०-२, ०-५-०-२, ०- १-२-३, ०-०-१-२, ०-१-२-०, ०-१-१-२, ०-१-२-०, ०-१-२-३ जग्गाहरू म निवेदकले नै खनजोत गरी सालिन्दा जग्गाधनीलाई कुतबाली बुझाई भरपाईसमेत प्राप्त गरी आएको हुनाले पिताको नामबाट मेरा नाउँमा नामसारी गरी मोहियानी प्रमाणपत्रसमेत दिलाई पाउँ भन्नेसमेत व्यहोराको फिरादपत्र । प्रतिउत्तरपत्रको सङ्क्षिप्त व्यहोरा सुरू कार्यालयको मिति २०६६ ।९ ।२० को आदेश अनुसार माग निवेदनका कित्ता जग्गाको कि.नं. २४४, ३०५, ३०४ का जग्गाधनीहरूले निवेदकलाई मोही पत्याएको कि.नं. ३३७, ३४५ र ३४१ का जग्गाधनी रत्नप्रसाद प्रजापतिले मोहीका हकदार मध्य