निर्णय नं. ९४२० - हातहतियार खरखजाना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४२० - हातहतियार खरखजाना भाग: ५७ साल: २०७२ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/१२/०४ ५६७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१ ।१२ ।४ ।४ ०६८-CR-०३३६ मुद्दा :– हातहतियार खरखजाना । पुनरावेदक/पक्ष : प्र.स.नि भोजराज काफ्लेको प्रतिवेदनले नेपाल सरकार । विरूद्ध प्रत्यर्थी/विपक्षी : जिल्ला सिराहा गा.वि.स.गम्हरिया महेशपुर वडा नं. ४ बस्ने सोनुकुमार सिंहसमेत हातहतियार बोकेर हिँड्ने अपराध देशभर फैलिएको अवस्थामा अदालतले हलुका रूपमा लिएको भन्ने जस्ता आत्मगत तर्कहरू पुनरावेदनमा लिएको सन्दर्भमा विचार गर्दा न्याय सम्पादन कानूनबमोजिम कानूनले तोकेको प्रकृयाअनुरूप कानूनी सिद्धान्तहरूको पृष्ठभूमिमा गरिन्छ । फगत कुरै कुराको संवेदनसिलताको आधारमा निर्णय नहुने । सबुत प्रमाण र यसको परीक्षणबाट न्याय निर्धारित हुन्छ । अन्यथा बेकारको संवेदनसिलता देखाई बिना आधार परीक्षण गरी सजाय गर्दै जाने हो भने सरकार निरङ्कुश हुँदै जाने र जनताको मानवअधिकार सङ्कटमा पर्दै जाने अवस्था आउदैन भन्न नसक्ने । (प्रकरण नं. ३) पुनरावेदक / पक्षका तर्फबाट : प्रत्यर्थी / विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहको फैसला गर्नेः- प्र.जि.अ.श्री गेहनाथ भण्डारी पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री हरिकुमार पोखरेल मा.न्या.श्री थीर बहादुर कार्की फैसला न्या.बैद्यनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत, राजविराजको मिति २०६७।५।१४ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- मिति २०६५।९।८ गते राति अं.२३:३० बजेको समयमा जिल्ला सिरहा गा.वि.स. गम्हरिया महेशपुर वडा नं ४ स्थितमा म प्रतिवेदकसमेतको टोली गस्ती गर्दै जाँदा निम्न स्थान बस्ने निम्न मानिसहरू शङ्काजनक अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा फेला पारी निजहरूलाई नियन्त्रणमा लिई निजहरूको शरीर तलासी लिँदा निम्नअनुसारको हातहतियार खरखजाना तथा गोली गठ्ठा फेला पारी बरामद गरी निजहरूलाई पक्राउ गरी यसै प्रतिवेदन साथ दाखेल गरेको छ कानूनबमोजिम गरिपाउँ भनी प्र.स.नि. भोजराज काफ्लेसमेतले दिएको प्रतिवेदन । मिति २०६५।९।८ गते अं. २३:४५ बजेको समयमा जिल्ला सिराहा गा.वि.स. गम्हरिया महेशपुर वडा नं.४ स्थित सार्वजनिक सडक बाटोमा हातहतियार खरखाजानासमेतका कन्हैया भन्ने संजय शर्मा, दिवस सिंह, विनोदकुमार सिंह, विनयकुमार ठाकुर, सोनुकुमार सिंह, संजयकुमार महतो, आलोककुमार झासमेत जना ७ लाई शरीर तलासी लिँदा अवैंध हातहतियार फेला पारी बरामद भएको साथै स.१ प. ९९२६ र ज.१.प. ४११ नं. को मोटरसाइकलसमेत बरामद भएको हो भन्ने बरामदी मुचुल्का । मिति २०६५।८।१९ गते म आफ्नै औषधी पसल मिर्चैयाबाट महेन्द्र राजमार्ग हुँदै आफ्नो निजी घर सितापुर जाँदै गर्दाको क्रममा गम्हरिया महेशपुर गा.वि.स. स्थित नहरको डिलमा पुग्दा ५।७ जना नकाबधारीहरू हातहतियार सहितका मानिसहरूले मसमेत सवार स.१.प. ९९२६ नं. को मोटरसाइकल हाल फेला परी यस कार्यालयमा अनुसन्धानको लागि ल्याएको हुँदा खोजी भएका बखत दाखेल गराउने गरी मेरा जिम्मामा बुझिपाउँ भन्ने व्यहोराको बुधन मण्डलको निवदेन । मिति २०६५।९।१३ गते स.१.प. ९९२६ नं. को मोटरसाइकल सवारी धनी बुधन मण्डललाई जिम्मा दिएको भन्ने व्यहोराको कागज । मिति २०६५।९।८ गते बेलुका म दिवस सिंहको घरमा आई पुगी