निर्णय नं. ९४२२ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४२२ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/१२/१० ३५४९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति : २०७१।१२।१०।३ ०६६-WO-०३०५ विषय : उत्प्रेषण / परमादेश निवेदक : जिल्ला महोत्तरी बल्वा गा.वि.स. वडा नं. ४ मा बस्ने सरूप यादवको छोरा वर्ष ८४ को राजेन्द्र यादव विरूद्ध विपक्षी : मालपोत कार्यालय, महोत्तरी, जलेश्वरसमेत सरकारी कागज किर्ते गरी निवेदकले आफूले गरेको अपराध लुकाउनको लागि यस अदालतको असाधारण अधिकारक्षेत्र ग्रहण गरी अदालत प्रवेश गरेको देखिँदा निवेदक न्याय प्राप्त गर्ने असल नियतका साथ अदालत प्रवेश गरेको नदेखिने । (प्रकरण नं. ४) अदालत न्याय प्राप्त गर्नको लागि आउने ठाउँ हो । कसैलाई दुःख दिन, जालझेल गर्न अदालत आउनु दुर्भाग्यपूर्ण हुन जान्छ । दुःख दिन, फसाउन, निर्णय कार्यान्वयनबाट रोक्न, सकारात्मक परिवर्तनलाई रोक्न, असल नियतका निर्णयलाई रोक्न कार्यविधिका अनेक छिद्रबाट नकरात्मक प्रयोजनका लागि अदालतको असाधारण क्षेत्र प्रयोग गरी अदालत प्रवेश गर्नु राम्रो नमानिने । (प्रकरण नं. ५) अदालत सबैको लागि सधैँ खुला हुन्छ जसको मूल प्रयोजन न्याय प्राप्ति नै हो । त्यसैले अदालतमात्र न्यायको लागि हुनुपर्दछ । असाधारण अधिकार क्षेत्र संविधानले विशेष अवस्थाहरूका लागि प्रदान गरेको देखिन्छ । व्यक्तिको मौलिक अधिकारको संरक्षण वैकल्पिक माध्यमबाट गर्न सक्दासम्म असाधारण अधिकार क्षेत्र आकर्षित हुने पनि देखिँदैन । नेपालको अन्तरिम संविधानको धारा १०७(२) मा भएको व्यवस्थाअनुसार व्यक्तिको मौलिक अधिकारको हनन् हुन नदिन एवम् संरक्षण गर्न सर्वोच्च अदालतले असाधारण अधिकार क्षेत्रको ग्रहण गरी पूर्णन्याय हेतु आदेश जारी गर्न सक्ने । (प्रकरण नं. ७) कानून व्यवसायी कानूनी शासनका संवाहक हुन । न्यायका पहरेदार हुन् । सुशासनका हिमायती हुन । समाज परिवर्तनका अगुवा हुन् । संस्कृतिका संरक्षक हुन् । अरू व्यवसायभन्दा कानून व्यवसाय पृथक खालको व्यवसाय हो । त्यसैले कानून व्यवसाय पूर्णरूपमा Justice oriented हुनुपर्दछ । कानून व्यवसायीले न्यायको मार्गलाई सरल र सहजरूपमा डोर्याउन सक्नुपर्दछ । अनावश्यक मुद्दाको भिडले सही न्याय खोज्नेको न्यायसमेत प्रभावित हुन जाने हुनाले गलत मनसायसहित मुद्दा गर्ने प्रवृत्तिको अन्त्य हुन जरूरी देखिन्छ । यसका लागि कानून व्यवसायीको सहयोग वाञ्छनीय हुन जाने । नैतिकता र कानून दुवै परस्परमा सम्बन्धित एवम् छुट्याउन नसकिने गरी गाँसिएका विषयवस्तु हुन् । दुवैले मानव मूल्यलाई बढाउन मद्दत पुर्याउँदछन । नैतिकतालाई मापन गर्ने मानक नभए पनि यसको मूल्यलाई कम आँक्न सकिँदैन । नैतिकता विहिन पेसाको कल्पनासमेत गर्न नसकिने । अधिकार क्षेत्रको स्पष्टतामा न्याय छिटो छरितो हुन जान्छ । जसबाट न्यायका उपभोक्ता, कानून व्यवसायी एवम् न्यायका सम्पूर्ण सरोकारवालाहरूलाई सरलता र सहजता हुन जान्छ । यसरी अनावश्यक अवस्थामा असाधारण अधिकार क्षेत्रको ग्रहण गर्नेहरूलाई रोक्नमा कानून व्यवसायीको ठूलो हात हुन जाने हुँदा कानून व्यवसायीको यसतर्फ विशेष ध्यान जान जरूरी देखिने । (प्रकरण नं. ८) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता नवल किशोर शाह विपक्षीका तर्फबाटः विद्वान् उपन्यायाधिवक्ता गंगाप्रसाद पौडेल, विद्वान् अधिवक्ताहरू रामबन्धु शर्मा र रामपुकार महतो अवलम्बित नजिरः नेकाप २०५० अङ्क ५ नि.नं. ४७४६ सम्बद्ध कान