निर्णय नं. ९४२४ - निर्णय दर्ता बदर हक कायमसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४२४ - निर्णय दर्ता बदर हक कायमसमेत भाग: ५७ साल: २०७२ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/११/१४ २८६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।११।१४।५ ०६८-CI-०४९२ मुद्दाः- निर्णय दर्ता बदर हक कायमसमेत । पुनरावेदक/वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २५ बस्ने भूपालदास श्रेष्ठ । विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने देवेन्द्रप्रसाद श्रेष्ठ । प्रमाणको रूपमा प्रस्तुत भएको मन्जुरनामा लिखतका सम्बन्धमा नै पक्षले जालसाजीको प्रश्न खडा गरेको अवस्थामा सो विषयलाई टुङ्गोमा नपुर्याई मुद्दाको फैसला गर्नु कानूनसङ्गत हुने नदेखिने । (प्रकरण नं. ३) पुनरावेदक पक्षको तर्फबाट : विपक्षीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन अ. बं. १९२ सुरू फैसला गर्नेः- मा.जि.न्या. श्री लिप्तबहादुर थापा क्षेत्री पुनरावेदन अदालतमा फैसला गर्नेः- मा.न्या. श्री देवेन्द्र गोपाल श्रेष्ठ मा.न्या. श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला न्या. जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- साबिक हा.नं. ७८३ को लगत एवम् दर्ता स्रेस्ताको प्रमाण मेरो पिताको नाउँमा भएको कारण काठमाडौं जिल्ला स्युचाटार गा.वि.स. वडा नं. १ कि.नं. ३७ को क्षेत्रफल १-८-० जग्गा दर्ताको लागि कारवाही चलाई आएको थिएँ । यही सिलसिलामा मलाई कुनै थाहा जानकारी केही नदिई विपक्षीको नाउँमा मालपोत कार्यालय, कलङ्कीबाट मिति २०६१।९।२२ का दिन उल्लिखित जग्गा दर्ता नामसारी हुने गरी निर्णय भएको रहेछ । मैले भोगचलन खेती गरिरहेको जग्गामा मिति २०६३।९।१९ मा आई यो जग्गा मेरो भएको छ भनी जग्गा बिक्री गर्न मानिस ल्याई देखाएबाट अचम्मित भै वास्तविकता के रहेछ भनी मालपोत कार्यालय कलङ्कीमा गै बुझ्दा उल्लिखित जग्गा विपक्षीको नाममा मिति २०६१।९।२२ को निर्णयअनुसार दर्ता भएको भनी स्रेस्ता कायम भएको रहेछ । विपक्षीले जग्गाधनी प्रमाण पूर्जासमेत लगिसकेको पाइएकाले सोही २०६३।९।१९ कै दिन नक्कल लिन निवेदन माग गरेकामा मिति २०६१।९।२२ को नामसारी दर्ताको निर्णय मिसिल २०६३।१।८ मा आगलागिमा परि नष्ट भएकाले प्रतिलिपि दिन नसकिने भनी मिति २०६३।९।१९ मा नै जानकारी गराएका थिए । सो जानकारीपत्र संलग्न गरी मुलुकी ऐन जग्गा पजनीको १ र १७ नं. को कानूनी व्यवस्थाको अधिनमा रही ३५ दिन भित्र प्रस्तुत फिराद गर्न आएको छु । मेरो साबिक हक दर्ताको जग्गालाई मालपोत कार्यालयबाट विपक्षीले विभिन्न जालसाजीयुक्त प्रमाण खडा गरी मेरो हक हनन हुने गरी विपक्षीको नाममा उक्त जग्गाको नामसारी दर्ता गरी मिति २०६१।९।२२ मा निर्णय भएको छ । मेरो कानूनद्वारा प्रदत्त सम्पत्तिसम्बन्धी हक अपहरण हुन गएको हुँदा विपक्षीलाई यस अदालतबाट झिकाई बुझी पाउँ । साथै मेरो साबिक हक दर्ता एवम् हा.नं. ७८३ को लगत प्रमाण र भोगसमेत भएको काठमाडौं जिल्ला स्यूचाटार गा.वि.स. वडा नं. १ को कि.नं. ३७ को क्षे. फ. १-८-० को मोल रू २,१६,००० ।- पर्ने जग्गाको मिति २०६१।९।२२ मा भएको दर्ता नामसारीको निर्णय र सो आधारमा विपक्षीको नाउँमा भएको दर्तासमेत बदर गरिपाऊँ । म फिरादीको नाउँमा हक दर्ता नामसारी कायम हुने ठहर गरी पाउन जग्गा मिच्नेको १, १८ र जग्गा पजनीको १, १७ का साथै मिति २०६३।९।१९ को मालपोत कार्यालय,