निर्णय नं. ९४२५ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४२५ - ज्यान मार्ने उद्योग भाग: ५७ साल: २०७२ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/१२/१६ ६५७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।१२।१६।२ ०६८-CR-०१६६ मुद्दा :– ज्यान मार्ने उद्योग । पुनरावेदक/वादी : बारा जिल्ला, दक्षिण झिटकैया गाउँ विकास समिति वडा नं. २ बस्ने रामसागरप्रसाद यादवसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : बारा जिल्ला, दक्षिण झिटकैया गाउँ विकास समिति वडा नं. २ बस्ने प्रयागराय यादवसमेत । तेस्रो तत्त्वको अप्रत्यासित हस्तक्षेपले गर्दा ज्यान मार्ने कार्य गर्नेमा अभियुक्तले कुनै कसुर नराखेपनि त्यो परिणाम निक्लन पाएको हुँदैन । ज्यान मार्ने उद्योगको अपराधको सम्बन्धमा पनि ज्यान मार्ने अपराध जस्तै शङ्का बिहिन तरिकाले प्रभावित हुन सक्ने प्रमाणिक प्राचुर्यताको अवस्था विद्यमान हुनुपर्ने । ज्यान मार्ने उद्योग अपराधका निर्माणक तत्त्वहरूले एकातिर ज्यानमाराको अपराध र अर्कोतर्फ कुटपिटको कसुरसँगको भिन्नता प्रष्ट पाईन्छ । ज्यानमाराको अपराधमा पनि ज्यान मार्ने मनसाय ( Means rea) र सो मनसायको साकारीकरण गर्ने कार्य (Actus rea) समानरूपले विद्यमान हुन्छ । तर ज्यान मार्ने उद्योगको अपराधको निर्माणको तेस्रो तत्त्वको अप्रत्यासित अपर्झट उपस्थिति विद्यमान नहुने हुँदा ज्यानमाराको अपराधबाट भिन्न बनाउने । (प्रकरण नं. ४) पुनरावेदक/वादीको तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता शंकरबहादुर राई प्रत्यर्थी/विपक्षीको तर्फबाट : अवलम्बित नजिर : ने.का.प. ०२९ को अङ्क १० पृष्ठ ३०५ नि.नं. ६९८ ने.का.प. २०३७ को पृष्ठ १४८ नि.नं. १३९२ ने.का.प. २०४३ को अङ्क २ पृष्ठ १०६ नि.नं. २६१७ ने.का.प. २०५१ को अङ्क १२ पृष्ठ ९४५ नि.नं. ५०१७ ने.का.प. २०५१ को अङ्क ४ पृष्ठ २६ नि.नं. ४८९० ने.का.प. २०५६ को अङ्क ५ पृष्ठ ३८५ नि.नं. ६७२७ सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १५ नं. सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री व्रजेश प्याकुरेल पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी फैसला न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६८।१०।२४ मा भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अनुसार दोहोर्‍याई पाउँ भन्ने निवेदन परी निस्सा पाई पेस हुनआएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छः- जिल्ला बारा दक्षिण झिकटैया गाउँ विकास समिति वडा नं. १ स्थित अच्छेलालको घरदेखि पूर्वमा रहेको खाली जमिनमा इट्टाका टुक्राहरू रहेको, अच्छेलाल यादव, रामबहादुर यादव, नन्दलाल यादवसमेत सिकिस्त घाइते बेहोस अवस्थामा रहेको, अच्छेलालको घरको भित्ता तोडफोड भएको भन्ने व्यहोराको घटनास्थल मुचुल्का । जिल्ला बारा दक्षिण झिकटैया गाउँ विकास समिति वडा नं. १ स्थित सार्वजनिक पोखरीदेखि दक्षिणमा रहेको अच्छेलालको १ तले फुसको घर छाना यत्रतत्र छरिएको अवस्थामा रहेको मूल ढोका उप्काई फालिदिएको, घरको खम्बाहरू भुइँमा लडेको अवस्थामा रहेको, घरभित्र रहेको काठका दराज खुल्ला अवस्थामा रही कागजपत्र केही नरहेको, घरभित्रको तोरी गहुँ अन्न यत्रतत्र छरिएको अवस्थामा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का । मिति २०६१।६।६ गते बिहान मेरा काका अच्छेलाल यादवलगायतका नन्दलाल यादव, रामबहादुर यादव, देवेन्द्र यादव,