निर्णय नं. ८७१९ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७१९ - उत्प्रेषणसमेत भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११ फैसला मिति :२०६८/०४/२२ २९२७ ने.का.प. २०६८, अङ्क ११ निर्णय नं. ८७१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कमलनारायण दास संवत् २०६७ सालको रिट निवेदन नं.–WO–१०१२ आदेश मितिः २०६८।४।२२। विषय : उत्प्रेषण समेत । निवेदकः जिल्ला बागलुङ्ग, बाग्लुङ नगरपालिका वडा नं. २ माझकोट बस्ने धनबहादुर बस्नेत विरुद्ध विपक्षीः पुनरावेदन अदालत बाग्लुङ समेत § बैंकको ऋणबापत रोक्का रहेको घर जग्गा लिलाम हुन नसक्ने भनी केही समयको लागि विगो भराउने कारवाही स्थगित रहेको कारणले त्यतिन्जेलसम्म सम्पन्न भए गरेका मूल्याङ्कनलगायतका कामकारवाही स्वतः बदर वा अस्तित्वहीन हुन नसक्ने । § पुनः लिलाम कारवाहीले निरन्तरता पाएमा सो सम्बन्धमा पहिले सम्पन्न गरी सकिएको सबै कामकारवाहीहरू पुनः दोहोर्‍याएर गर्नुपर्ने भन्ने जिल्ला अदालत नियमावली वा दण्ड सजायको महल वा अन्य कानूनले निर्देश नगरेको अवस्थामा सम्पन्न भैसकेको कारवाही प्रक्रियालाई अनावश्यक रुपमा पटक–पटक दोहोर्‍याउने र एउटा पक्षको इच्छाअनुसार कारवाही गर्दै जान नमिल्ने । (प्रकरण नं.५) § फैसला कार्यान्वयनको सिलसिलामा डाँक लिलामको कार्य प्रचलित कानूनबमोजिम गरिएकोले आफ्नो कानूनी दायित्व पूरा नगरेको अवस्थामा कुनै पनि कानूनी वा संवैधानिक हकाधिकारमाथि आघात भएको देखिन नआउने । (प्रकरण नं.७) निवेदकका तर्फबाटः विद्वान अधिवक्ता गोकर्णसिं थापा विपक्षी तर्फबाटः विद्वान अधिवक्ता हरिप्रसाद शर्मा अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १९ § जिल्ला अदालत नियमावली, २०५२ को नियम ७४(३)(क) आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– प्रत्यर्थी मध्येकी गीताकुमारी खत्रीले म निवेदकका उपर साँवा रु.२,००,०००।–दुई लाख रुपैयाको साँवा व्याज दिलाई भराई पाऊँ भनी मिति २०६०।५।२३ मा बाग्लुङ जिल्ला अदालतमा संवत् २०६० सालको दे.दा.नं. ३४।११२ को लेनदेन मुद्दा दायर गर्नु भएकोमा वादी दावीबमोजिम साँवा रु.२,००,०००।– दुई लाख रहेको भरी भराउ मितिसम्मको हुने व्याज सहित साँवा व्याज वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०६१।५।३० मा बाग्लुङ जिल्ला अदालतबाट फैसला भएको थियो । प्रत्यर्थी गीताकुमारी खत्रीले बाग्लुङ जिल्ला अदालतबाट मिति २०६१।५।३० का फैसलाले भरी पाउने ठहर भएको साँवा व्याज र कोर्ट फि समेत भराई पाऊँ भनी म प्रतिवादी धनबहादुर बस्नेतका नाममा दर्ता रहेको जिल्ला अदालत बाग्लुङमा साबिक कालिका गा.वि.स. हाल बाग्लुङ नगरपालिका वडा नं. २ को कि.नं. ११८६ को क्षेत्रफल ०–३–३–१ जग्गा र सो जग्गामा बनेको १ तल्ले घर समेतको घर जग्गा जेथा देखाई मिति २०६१।१०।७ मा दरखास्त दिनुभएको रहेछ । म निवेदकले फैसलाबमोजिम विगो दाखेल गर्न नसकेपछि सो फैसला कार्यन्वयनको सिलसिलामा मेरा नामको घर जग्गा जायजात तायदातको लागि मिति २०६२।४।३० मा घर बाहेक ०–३–३–१ जग्गाको मात्र रु.३,५०,०००।– पञ्चकृते मूल्य कायम गरिएको र घरको रु.१,९८,४५०।– मूल्याङ्कन गराइएको रहेछ । मिति २०६५।१२।९ गते दोस्रो पटक लिलाम बढाबढ भनी तारिख तोकिएकोमा मूल्य रु.४,४८,४५०।– मा वादी दरखास्तवाला गीताकुमारी खत्रीले डाँक सकार गरी लिलाम हुँदाका दिनसम्मको दर