निर्णय नं. ९४२७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४२७ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०६/०२ ३०९० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति :- २०७१।०६।२ ।५ ०६५-NF-००३३ विषय : उत्प्रेषण / परमादेश । निवेदक : लोक सेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरी विरूद्ध विपक्षी : स्याङजा जिल्ला दहथुम गा.वि.स.वडा नं ६ बस्ने शिवकुमार बस्नेत कुनै दुई मुद्दाहरू तथ्यगतरूपमा केही मात्रमा समानता देखिएको भन्ने आधारमा मात्र ती मुद्दाहरूको सम्पूर्ण विषयवस्तु एकै प्रकृति र अवस्थाका हुन् भन्न मिल्ने हुँदैन । मूलतः दुवै रिट निवेदनमा निवेदकहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम १२७ बमोजिम लोक सेवा आयोगले गरेको निर्णयउपर प्रस्तुत रिट निवेदन परेको तथ्यगत अवस्था भए पनि यस अदालतबाट लोक सेवा आयोगसमेतको नाममा आदेश गर्दा मुख्यरूपमा लिइएका आधारलाई नहेरी दुवै रिट निवेदनमा उपस्थित भएको निरूपण गर्नुपर्ने विषयवस्तु एक समान रहेको मान्न नमिल्ने हुँदा यस अदालतबाट मिति २०६५।९।११ मा पुनरावलोकन गरी हेर्न प्रदान गरिएको निस्सासँग यो इजलास सहमत हुन नसक्ने । (प्रकरण नं. १३) निवेदकको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता कृष्णजिवी घिमिरे र उपन्यायाधिवक्ता टीकेन्द्र दाहाल विपक्षीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र शम्भु थापा अवलम्बित नजिर : ने.का.प. २०६४, माघ, निर्णय नं. ७९९४, पृष्ठ १३८१ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५३ निजामती सेवा ऐन, २०४९ न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) निजामती नियमावली, २०५० को नियम १२७(२) यस अदालतबाट संयुक्त इजलासमा यसअघि आदेश गर्नेः मा.न्या. श्री बलराम के.सी मा.न्या. श्री राजेन्द्रकुमार भण्डारी आदेश न्या.कल्याण श्रेष्ठ :- यस अदालतको संयुक्त इजलासबाट मिति २०६४।१०।९ मा रिट जारी हुने गरी भएको आदेशमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरिपाउँ भनी विपक्षी लोक सेवा आयोगका तर्फबाट पर्न आएको पुनरावलोकनको निवेदनमा पुनरावलोकन गरी हेर्न निस्सा प्रदान भै यस इजलासमा पेस भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र आदेश यसप्रकार छ । म निवेदक नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिगेसन उपसमूहको राजपत्राङ्कित तृतीय श्रेणीको इन्जिनियर पदमा मिति २०४६।१०।१३ देखि स्थायी सेवा प्रवेश गरी कार्यरत रहँदै आएको (प्राविधिक) निजामती कर्मचारी हुँ । म निवेदकको बढुवा निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० बमोजिम हुने हो । मैले नेदरल्यान्ड्सबाट प्रथम श्रेणीमा Hydraulic Engineering विषयमा स्नातकोत्तर तहको उपाधि प्राप्त गरेको छु । उक्त शैक्षिक उपाधिबापत बढुवा प्रयोजनका लागि ३.५ अङ्क प्राप्त हुने कुरामा विवाद छैन । यस्तैमा लोक सेवा आयोगबाट मिति २०६१।८।३० मा सूचना नं. १४३/०६१–०६२ अन्तर्गत बढुवा विज्ञापन नं ३०/०६१–०६२ बाट १० जना र अर्को सूचनाद्वारा पछि ३ जना थप गरी जम्मा १३ जना कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गर्ने भनी राजपत्राङ्कित द्वितीय श्रेणीमा बढुवा गर्न विज्ञापन प्रकाशन भएको थियो । उक्त विज्ञापित सूचनाअनुसार मैले पनि दरखास्त फारम पेस गरेको थिएँ । बढुवा समितिले मिति २०६३।४।९ मा निर्णय गरेबमोजिम मिति २०६३।४।११ मा गोरखापत्रमा प्रकाशित बढुवा सिफारिस सूचीमा मेरो नाम क्रम सङ्ख्या ५ मा