निर्णय नं. ९४२८ - करारको यथावत् परिपालना गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४२८ - करारको यथावत् परिपालना गरिपाऊँ भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/०२/१७ ४४८७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ फैसला मिति :- २०७२।०२।१७।१ ०६८-CI-०३७७ मुद्दा : करारको यथावत् परिपालना गरिपाऊँ । पुनरावेदक/निवेदक : जिल्ला रोल्पा, लिवाङ गाउँ विकास समिति वडा नं. ६ बस्ने पृथ्वीप्रसाद रोका । विरूद्ध प्रत्यर्थी/विपक्षी : जिल्ला रोल्पा, लिवाङ स्थित जलजला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदमोहन आचार्य । करारको वैधानिकता कायम रहेको अवस्थामा करारका कुनै पक्षले गर्न लागेको कुनै काम कारवाही वा व्यवहारबाट करारबमोजिमको दायित्व पूरा गर्न नसकिने अवस्था उत्पन्न हुन गएमा करारबमोजिमको कार्य सुचारू रूपले सञ्चालन गर्नका लागि करार ऐन, २०५६ को दफा ८७ बमोजिम पुनरावेदन अदालत,ले अन्तरिम प्रकृतिको आदेश जारी गरी सो करारलाई यथावत् परिपालन गराउन आदेश जारी गर्न सक्ने । करार ऐन, २०५६ को दफा ८७ मा उल्लेख भएबमोजिम “गर्न नहुने कुनै काम कारवाही गर्न लागेको” अर्थात् आशङ्काको स्थिति उत्पन्न भएको अवस्थामा जारी हुने अन्तरिम प्रकृतिको आदेश भएकाले यस्तो आदेश करारको अवधि कायम रहेको अवस्थामा मात्र जारी हुन सक्ने । करारको अवधि समाप्त भएपछि कुनै काम कारवाही गर्न लाग्ने आशङ्काको स्थिति उत्पन्न हुन नआउने भएबाट करारको अवधि समाप्त भइसकेपछि सो दफाबमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ५) पुनरावेदक/निवेदकको तर्फबाट :- प्रत्यर्थी/विपक्षीको तर्फबाट :- अवलम्बित नजिर : सम्बद्ध कानून : पुनरावेदन अदालत,मा फैसला गर्ने : मा.न्या. श्री भीमबहादुर बोहरा मा.न्या. श्री सलाहुद्दीन अख्तर सिद्धिकी फैसला प्र.न्या. रामकुमार प्रसाद शाह :- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र निर्णय यसप्रकार छः- निवेदक र विपक्षीबीच मिति २०६६।३।२३ मा प्राविधिक कार्यालय, रोल्पाबाट तयार भएको इस्टिमेटबमोजिम ४ मिटर उचाई ५५४ मिटर लम्बाइको सेफ्टी ट्याङ्कीसहितको दुई कोठाको पक्की शौचालयसमेत रू.५४,००,०००।- (चौवन्न लाख) मा मिति २०६६।१२।१५ सम्ममा निर्माण कार्य सम्पन्न गरी सक्ने सर्तमा सम्झौता भएको थियो । उक्त सम्झौताबमोजिमको काम गर्न सिमेन्ट बालुवालगायतका निर्माण सामग्री खरिद गरी सम्झौताबमोजिमको निर्माण कार्य सञ्चालन गरी रहेको अवस्थामा विपक्षी क्याम्पस प्रमुखले मिति २०६६।८।१५ मा अर्को निर्णय नभएसम्मका लागि उक्त समझौताअनुसारको निर्माण कार्य स्थगित गर्नु भनी पत्र पठाउनुभएकाले सोसम्बन्धमा के भएको हो भनी विपक्षीसँग बुझ्दा त्यस्तो केही होइन अहिले स्थगित गर्नुहोस् मात्र भन्नुभयो । विपक्षीको सो पत्र प्राप्त भएपछि उक्त निर्माण कार्य स्थगित भएकामा सो निर्माण कार्यका लागि खरिद गरेका निर्माण सामग्रीमा क्षति हुन थालेको हुँदा सो निर्माण कार्य फुकुवा गरी दिनुहोस् भनी विपक्षीसमक्ष अनुरोधसमेत गरेको थिएँ । तर विपक्षीले मेरो कुराको कुनै सुनुवाइ नगरी सो काम गर्नका लागि दिएको अग्रिम पेस्की रू. २०, ००,०००।- फिर्ता गर्नु भन्ने पत्र पठाउनुभयो । यसरी म निवेदकले आफ्नोतर्फबाट सम्झौताबमोजिमको कार्य गरी रहेको अवस्थामा विपक्षीले सम्झौताबमोजिमको निर्माण कार्य गर्नमा बाधा पुर्‌याएको हुँदा करार ऐन, २०५६ को दफा ८७(२) बमोजिम करारको यथावत् परिपालना गरिपाऊँ । साथै विपक्षीले गैरकानूनी रूपले करारबमोजिमको कार्य गर