निर्णय नं. ९४३० - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४३० - आयकर भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०९/२१ ३२८९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।९।२१।२ ०६७-CR-०२८९ मुद्दा : आयकर । पुनरावेदक :- आन्तरिक राजश्व कार्यालय, विराटनगर विरूद्ध प्रत्यर्थी :- मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं.६ स्थित पशुपति ट्युब मिल्स प्रा.लि. बोनसबापत छुट्‍याएको रकम सो आर्थिक वर्ष समाप्त भएपछि कम्पनीको लेखा परीक्षण भएपश्चात् कम्पनीको आयबाट वितरण गर्नुपर्ने रकम हो । कम्पनीको दायित्वमा रहने धारा पानी, बिजुली, बैंकको ब्याज इत्यादिबापत तिर्नुपर्ने रकम सोही आर्थिक वर्ष खर्च हुने रकम भए पनि बोनसबापतको रकम चालु आर्थिक वर्षमा छुट्‍याई आगामी वर्षमा वितरण गरिने रकम हो । आगामी वर्षमा पनि बोनसबापत छुट्‍याएको रकम वितरण नगरिएको अवस्थामा सो रकम कम्पनीको खुद आयमा गणना हुन्छ र करयोग्य हुन जान्छ । कम्पनीको खातामा सो रकम रहेको देखिएको भन्ने मात्र आधारमा उक्त रकम कम्पनीको दायित्वभित्र नपर्ने र खुद आयमा समावेश हुने भन्न नमिल्ने । (प्रकरण नं. ३) पुनरावेदकको तर्फबाट :- विद्वान् उपन्यायाधिवक्ता चन्द्रबहादुर सापकोटा प्रत्यर्थीको तर्फबाट :- विद्वान् अधिवक्ता सीताराम अग्रवाल अवलम्बित नजिर :- सम्बद्ध कानून :- आयकर ऐन, २०५८ को दफा १३, २४(२)(क)(१) सुरू फैसला गर्ने :- आन्तरिक राजश्व कार्यालय, विराटनगर पुनरावेदन तहमा फैसला गर्ने : माननीय अध्यक्ष श्री हरिबहादुर बस्नेत लेखा सदस्य श्री गणेशकुमार कार्की फैसला न्या. चोलेन्द्र शमशेर ज.ब.रा.:- राजश्व न्यायाधिकरण, विराटनगरको मिति २०६६।१०।३ को फैसलाउपर राजश्व न्यायाधिकरण, ऐन, २०३१ को दफा ८ बमोजिम पुनरावेदनको अनुमति पाउँ भनी आन्तरिक राजश्व कार्यालय, विराटनगरको यस अदालतमा निवेदन परी यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छः- पशुपति ट्युब मिल्स प्रा.लि.ले आ.व.०५८/५९ को कारोबारमा करयोग्य आय रू.१२,५६,७५१।५२ देखाई मिति २०५९।९।३० मा आय विवरण पेस गरेको रहेछ । मिति २०६१।५।२० को कर लेखा परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेको । पशुपति ट्युब मिल्स प्रा.लि.लाई सबुद प्रमाण पेस गर्न आयकर ऐन, २०५८ को दफा १०१(६) बमोजिम १५ दिनको मौका दिएको आन्तरिक राजश्व कार्यालय, विराटनगरको मिति २०६१।५।२३ को सूचना र सोउपर दिएको मिति २०६१।६।८ को जवाफ मिसिल संलग्न रहेको । पशुपति ट्युब मिल्स प्रा.लि.को आ.व.०५८/५९ मा भएको कारोबारलाई दृष्टिगत गरी करयोग्य आय रू.१५,७६,०८९।५३ कायम हुने ठहर्छ भन्नेसमेत व्यहोराको आन्तरिक राजश्व कार्यालय, विराटनगरको मिति २०६१।६।२० को निर्णय पर्चा । उपर्युक्त हिसाबबमोजिम कायम भएको करसमेत रू.३,१८,७४८।- लाग्नेमा रू.३,४०,३९०।- अग्रिम दाखिला भएकाले बढी दाखिला भएको रू.३२,६४२।- आगामी आ.व.मा मिलान गरिने र विशेष शुल्क रू.४७,२८३।- मध्ये अग्रिम दाखिला रू.३७,७०३।- कट्टा गरी बाँकी रू.९,५८०।- बैंक दाखिला गर्नु भन्नेसमेत व्यहोराको आन्तरिक राजश्व कार्यालय, विराटनगरको मिति २०६१।६।२७ को आयकर निर्धारण आदेश । यसमा ड्‍यामेज भएको माल वस्तुको सम्बन्धमा प्रमाण हेरी छानबिन गरी कर निर्धारण गर्नुपर्ने देखिन्छ । अन्यका हकमा आन्तरिक राजश्व कार्यालय, विराटनगरले गरेको निर्णय मनासिब ठहर्छ भन्नेसमेत व्यहोराको आन्तरिक राजश्व