निर्णय नं. ९४३१ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४३१ - जबरजस्ती करणी भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०७/०४ ३४६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति :- २०७१।७।४।३ ०६७-CR-०४७८ मुद्दा :- जबरजस्ती करणी । विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनीयता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम पीडितको पहिचान खुल्ने विवरण गोप्य राखिएको छ । पुनरावेदक/प्रतिवादी :- राम बहादुरको छोरा जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. ११ गौरी गाउँ घर भै हाल कारागार कार्यालय, मोरङमा थुनामा रहेको वर्ष २७ को मानबहादुर कार्की विरूद्ध प्रत्यर्थी/वादी :- क कुमारीको जाहेरीले नेपाल सरकार आफैँले करणी गरेको भनी अदालतमा स्वतन्त्ररूपमा साबित भएकालाई डाक्टरले करणी पुष्टि गरे वा नगरेको भन्ने कुरा स्पष्ट नगर्नुको कुनै अर्थसमेत रहँदैन । यस्तो अवस्थामा निज पुनरावेदक प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरेको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसलालाई अन्यथा भन्न नमिल्न । (प्रकरण नं. ५) पुनरावेदक/प्रतिवादीको तर्फबाट :- प्रत्यर्थी/वादीको तर्फबाट :- अवलम्बित नजिर :- सम्बद्ध कानून : मुलुकी ऐन, जबरजस्ती करणी महलको १, ३(३) सुरू तहमा फैसला गर्ने मा.जि.न्या. श्री रामप्रसाद अधिकारी पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री जनार्दनबहादुर खड्का मा.न्या.श्री द्वारिकामान जोशी फैसला न्या. कल्याण श्रेष्ठ :- पुनरावेदन अदालत, विराटनगरको मिति २०६७।०२।१८।३ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर देहायबमोजिम रहेको छ । १. तथ्य खण्ड : १.१ पीडित क कुमारीले दिएको जाहेरी दरखास्तको व्यहोरा : मिति २०६५।०७।१२ गते राति म गाउँकै वर्ष ८ को ख कुमारलाई लिई भैलो खेली घरतर्फ फर्की आउने क्रममा प्रतिवादी कुमार भन्ने राजकुमार विश्वकर्माको घरभन्दा पश्चिमपट्टिको बाटो हुँदै आएकी थिएँ । आउँदै गर्दा सिमालीको झ्याङमा निज प्रतिवादी बाटो ढुकी बसेका रहेछन् । मसमेत सो स्थानमा आई पुग्दा निजले एक्कासि मलाई पक्री मेरो मुखसमेत थुनी बोल्न कराउन नदिई निजको घरमा लगे । त्यहाँ अर्को विपक्षी मानबहादुर कार्की पनि त्यहीँ रहेछ । निज प्रतिवादीद्वयले मलाई घरभित्र पसाई ढोका थुनी खाटमा सुताई पहिला प्रतिवादी राजकुमारले र पछि प्रतिवादी मानबहादुरले जबरजस्ती करणी गरे । प्रतिवादी राजकुमारले जबरजस्ती करणी गर्दा नै मेरो योनीबाट रक्तस्रावसमेत भै हालसम्म दुखि रहेको छ । यसरी म अबेरसम्म घर नआएकीले घर गाउँका मानिसहरू मलाई खोज्दै आउँदा छिमेकी गोपाल राईले प्रतिवादीको घरमा हुलेको देखेको भनी निजले बताएपछि मानिसहरू आएको देखी प्रतिवादी मानबहादुर भागेको र अर्का प्रतिवादीले मार्नेसमेतको धम्की दिएकामा निजको घरमुनिबाट मलाई आफन्तसमेतले उद्धार गरेका हुन् । जबरजस्ती करणी गर्ने दुवै जना प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाऊँ । १.२ घटनास्थल मुचुल्काको सारसंक्षेप । जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. ११ स्थित प्रतिवादी राजकुमार विश्वकर्माको घरको दक्षिणतर्फको कोठामा पीडित क कुमारीलाई जबरजस्ती करणी गरेकामा करणी भएको कोठाको भुइँमा सङ्घर्ष गरेका तथा खाटमा भएको बेड बिस्तारासमेत यत्र तत्र छरिएको अवस्थामा रहेको सही सत्य हो । १.३ प्रहरी हवलदार हरिप्रसाद सापकोटासमेतको प्रतिवेदन । क कुम