निर्णय नं. ९४३२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४३२ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/०४/२४ ३७२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति :- २०७२।०४।२४।१ ०६९-CR-०४४१ मुद्दा :- कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी :- पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय म्याग्दी थुनामा रहेका गणेशबहादुर बस्नेत विरूद्ध प्रत्यर्थी/वादी :- चन्द्रबहादुर खत्री क्षेत्रीको जाहेरीले नेपाल सरकार ०६९-CR-०६११ पुनरावेदक/प्रतिवादी :- पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय जगन्नाथ देवल थुनामा रहेका हिमाञ्चल खत्री क्षेत्री विरूद्ध प्रत्यर्थी/वादी :- चन्द्रबहादुर खत्री क्षेत्रीको जाहेरीले नेपाल सरकार ०६९-CR-०६५२ पुनरावेदक प्रतिवादी :- पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय म्याग्दीमा थुनामा रहेका निर्मलबहादुर बस्नेत विरूद्ध प्रत्यर्थी/वादी :- चन्द्रबहादुर खत्री क्षेत्रीको जाहेरीले नेपाल सरकार ०६९-CR-०६७२ पुनरावेदक/प्रतिवादी :- पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं. ९ घर भई हाल जिल्ला कारागार कार्यालय कास्की पोखरामा थुनामा रहेका इन्द्रबहादुर बस्नेत विरूद्ध प्रत्यर्थी / वादी : चन्द्रबहादुर खत्री क्षेत्रीको जाहेरीले नेपाल सरकार ०६९-CR-०७८५ पुनरावेदक/प्रतिवादी :- पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय म्याग्दी थुनामा रहेको होमबहादुर भन्ने किसान बस्नेत विरूद्ध प्रत्यर्थी/वादी :- चन्द्रबहादुर खत्री क्षेत्रीको जाहेरीले नेपाल सरकार प्रतिवादी प्रदीप बस्नेत पनि अरू पुनरावेदक प्रतिवादीहरूसँग साथ वारदात स्थलमा गएको अन्य प्रतिवादीहरूले मृतकलाई कुटपिट गर्दा निज वारदातस्थलमा उपस्थित रही केही नगरी हेरी बसेको स्थितिबाट वारदातको मतियार (Accessory on the fact) भई वारदातमा संलग्न रहेको देखिँदा निजले आपराधिक दायित्वबाट उन्मुक्ति पाउने अवस्था नरहने । (प्रकरण नं. १२) पुनरावेदक/प्रतिवादीको तर्फबाट :- विद्वान् अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, हरिशंकर कर्ण र धीरेन्द्रकुमार मल्लिक र विद्वान् वैतनिक कानून व्यवसायी किरणकुमार गुप्ता प्रत्यर्थी/वादीको तर्फबाट :- अवलम्बित नजिर :- सम्बद्ध कानून :- बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) ज्यानसम्बन्धी महलको १३(३) सुरू अदालतमा फैसला गर्ने :- मा.जि.न्या. श्री रमेशकुमार खत्री पुनरावेदन अदालत,मा फैसला गर्ने :- मा.न्या. श्री शारदा प्रसाद घिमिरे मा.न्या. श्री भूपेन्द्र प्रसाद राई फैसला न्या. गिरीश चन्द्र लाल :- पुनरावेदन अदालत, बागलुङको मिति २०६९।३।६ को फैसलाउपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९ बमोजिम प्रतिवादीहरू गणेशबहादुर बस्नेत, हिमाञ्चल खत्री क्षेत्री, निर्मलबहादुर बस्नेत, इन्द्रबहादुर बस्नेत र होमबहादुर भन्ने किसान बस्नेतको पुनरावेदन परी यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य यसप्रकार छ : जिल्ला पर्वत तिलाहार गा.वि.स.वार्ड नं.९ स्थित पूर्वमा हर्कबहादुर खत्रीको धान खेत, पश्चिममा ऐ. अन्तर्गतमा पर्ने सार्वजनिक जङ्गल, उत्तरमा ऐ. अन्तर्गत पर्ने अम्बरबहादुर खत्रीको धान खेत, दक्षिणमा ऐ. अन्तर्गत पर्ने ठुलो पँधेरो चौतारी यति चार किल्लाभित्र पर्ने बेतेनी गाउँबाट थामार्जुङ गाउँतर्फ आवतजावत गर्ने कच्ची ढुङ्गाको सिँढीबाटो रहेको उक्त ढुङ्गाको सिँढी बाटोको पाँचवटा ढुङ्गा