निर्णय नं. ९४३७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४३७ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/०१/०२ ३६९७ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति :- २०७२।०१।२।४ ०६८-CR-०४३३ मुद्दा :- कर्तव्य ज्यान पुनरावेदक/वादी :- श्रवणकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी :- जिल्ला सुर्खेत वी.न.न.पा. वडा नं. १० बस्ने दिनेश वलीसमेत ०६८-CR-०३६२ पुनरावेदक/प्रतिवादी :- जिल्ला सुर्खेत वी.न.न.पा. वडा नं. ९ बस्ने पदम शाही विरूद्ध प्रत्यर्थी/वादी :- श्रवणकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार ०६८-CR-०४२७ पुनरावेदक/प्रतिवादी :- जिल्ला सुर्खेत वी.न.न.पा. वडा नं. १० बस्ने घनश्याम पुरी विरूद्ध प्रत्यर्थी/वादी :- श्रवणकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार ०६८-CR-०५२० पुनरावेदक/प्रतिवादी :- जिल्ला सुर्खेत वी.न.न.पा. वडा नं. ६ घर भै हाल कारागार कार्यालय सुर्खेतमा थुनामा रहेका जगत प्याकुरेल विरूद्ध प्रत्यर्थी/वादी :- श्रवणकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नं. मा कानुनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको उद्योग गर्न हुँदैन भन्ने व्यवस्था रहेको छ । मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ नं. को देहाय (१) मा धार भएको वा नभएको जोखिमी हतियार गैह्रले हानी रोपी घोची ज्यान मारेमा …सर्वस्वसहित जन्म कैद गर्नुपर्छ भन्ने व्यवस्था छ । देहाय (३) मा लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी हानी रोपी घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हूल भै मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्म कैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हात हतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्म कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्थासमेतको आधारमा प्रतिवादी जगत प्याकुरेलले विकाश श्रेष्ठलाई धारिलो हतियार चक्कुले शरीरको विभिन्न ठाउँमा प्रहार गरेको कारणले विकास श्रेष्ठको मृत्यु भएको पुष्टि हुन आएकाले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय (१) अनुसार सर्वस्वसहित जन्म कैदको सजाय हुने । (प्रकरण नं.१३ र १४) पुनरावेदक/वादीको तर्फबाट :- विद्वान् उपन्यायाधिवक्ता खेमराज भट्ट प्रत्यर्थी/प्रतिवादीको तर्फबाट :- विद्वान् वरिष्ठ अधिवक्ता शम्भू थापा, विश्वेश्वरप्रसाद गौतम, पूर्णमान शाक्य र विद्वान् अधिवक्ता कलमबहादुर खत्री, गोविन्द बन्दी, रक्षा बस्याल र खगेन्द्र अधिकारी अवलम्बित नजिर :- ने.का.प. २०६७, अङ्क ९, पृ. १५३१, ८४६१ ने.का.प. २०६९, अङ्क जेठ, पृ. १७१ नि.नं. ८७६४ ने.का.प. २०६७, अङ्क ५, पृ. ८१४, नि.नं. ८३७८ ने.का.प. २०६७, अङ्क ५, पृ. १५५३, नि.नं. ८६८७ सम्बद्ध कानून :- मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १३(१), १७ (३) मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ सुरू तहमा फैसला गर्ने :- मा.जि.न्या. श्री कृष्णबहादुर थापा पुनरावेदन तहमा फैसला गर्ने :- मा.का.मु.न्या. श्री गोविन्दकुमार श्रेष्ठ मा.न्या. श्री प्रकाशराम मिश्र फैसला न्या. सुशीला कार्की :- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, सुर्खेतको फैसलाउपर वादी/प्रत