निर्णय नं. ९४३८ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४३८ - बन्दीप्रत्यक्षीकरण भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/११/२० ३४१४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री दीपकराज जोशी आदेश मिति :- २०७१।११।२०।४ ०७१-WH-००४९ विषय :- बन्दीप्रत्यक्षीकरण । निवेदक :- जिल्ला उदयपुर कटारी गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेका विकाश राई दनुवार (नाम परिवर्तन) का हकमा एड्भोकेसी फोरम नेपालमा कार्यरत अधिवक्ता पुष्पराज पौडेल विरूद्ध विपक्षी :- काठमाडौं जिल्ला अदालतसमेत निवेदकले धरौट राख्न नसकेको भनी हाजिर जमानी, अभिभावकको जिम्मा लगाउनेलगायतका अन्य विकल्प हुँदा हुँदै अन्तिम विकल्पको रूपमा निजलाई थुनामा नै राखिएको देखिँदा उपर्युक्त कार्य बाल अधिकार महासन्धिको मर्म अनुरूपको भएको देखिन आएन । (प्रकरण नं. ६) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ताद्वय पुष्पराज पौडेल र सुमित्रा राई विपक्षीको तर्फबाट : उपन्यायाधिवक्ता बालकृष्ण वाग्ले अवलम्बित नजिर : ने.का.प. २०६५, निर्णय नं. ८००५ ने.का.प. २०७० अङ्क ११ निर्णय ९०७४ सम्बद्ध कानून : अन्तरिम संविधान, २०६३ को धारा १२(२), १३(१), २४ बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२), २(क), ५०(१) नेपाल सन्धि ऐन, २०४७ को दफा ९ बाल न्याय कार्यविधि नियमावली, २०६३ को नियम १५ संयुक्त राष्ट्र सङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ को धारा ३७(ख) आदेश न्या. बैद्यनाथ उपाध्याय :- नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र आदेश यसप्रकार छ :- म निवेदक एड्भोकेसी फोरम नेपालमा कार्यरत कानून व्यवसायी हुँ । एड्भोकेसी फोरमले बालन्याय प्रणालीको सुदृढीकरणको क्षेत्रमा पनि काम गर्दै आइरहेको छ । गरिब तथा निःसहाय व्यक्तिहरूलाई निःशुल्क कानूनी सहायता दिने क्रममा परिवर्तित विकाशा राई दनुवारसँग भेटघाट भई निजउपर काठमाडौं जिल्ला अदालतमा दायर भएका मुद्दाहरूमा बहस पैरवी गरेकामा मिति २०७१।१०।४ मा थुनछेक आदेश हुँदा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको ०७१ सि.आर. १०८२ को मुद्दामा रू. १,०००।-, सि.आर. १०८३ मा रू. १,५००।-, सि.आर. १०८४ मा रू. १,५००।-, सि.आर. १०८५ मा रू. १,५००।-, सि.आर. १०८६ मा रू. १,५००।-, सि.आर. १०८७ मा रू. १,५००।-, सि.आर. १०८८ मा रू. १,५००।-, सि.आर. १०८९ मा रू. २,०००।-, सि.आर. १०९० मा रू. २,०००।-, सि.आर. १०९१ मा रू. १,५००।-, सि.आर. १०९२ मा रू. १,५००।-, सि.आर. १०९३ मा रू. १,५००।-, सि.आर. १०९४ मा रू. १,५००।-, सि.आर. १०९५ मा रू. १,५००।-, सि.आर. १०९६ मा रू. १,५००।-, सि.आर. १०९७ मा रू. १,५००।-, सि.आर. १०९८ मा रू. १,५००।-, सि.आर. १०९९ मा रू. २,०००।-, सि.आर. ११०० मा रू. २,०००।-, सि.आर. ११०१ मा रू. २,५००।-, सि.आर. ११०२ मा रू. १,५००।- गरी जम्मा रू. ३३,०००।- धरौटी माग गरेको र निज नाबालकले उक्त धरौटबापतको रकम तिर्न नसकेको कारणले मुद्दा पुर्पक्षका क्रममा वयस्कहरू सँगै कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा पठाउने कार्य गैह्रकानूनी भएको र निज नाबालकको काठमाडौंमा आफन्त कोही नभएकाले नाबालक भएको कारणबाट नाम परिवर्तन गर्दा कारागारमार्फत आउन नसक्ने कारणबाट निजका हकमा सम्मानित अदालतसमक्ष प्रस्तुत रिट निवेदन लिई उपस्थित भएको छु । निज नाबालक परिवर्तित विकाशा राई दनुवारले अदालतमा आफ्नो उमेर १३ वर्ष ९ महिना भनी बयान गरी सोको प्रमाण स्वरूप स्थानीय पञ्