निर्णय नं. ९४३९ - डाँका चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४३९ - डाँका चोरी भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/१२/१३ ६१९६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति :- २०६७।१२।१३।४ ०६७-CR-०८४९ मुद्दा : डाँका चोरी । पुनरावेदक/प्रतिवादी :- राममिलन कोहारको छोरा जिल्ला कपिलवस्तु डुमरा गा.वि.स वडा नं. ९ मुगहरी घर भई हाल जिल्ला कारागार कार्यालय पर्सामा थुनामा रहेका बलिराम कोहार विरूद्ध प्रत्यर्थी/वादी :- सन्दिपकुमार गुप्ताको जाहेरीले नेपाल सरकार मुलुकी ऐन, अदालती बन्दोबस्तको २०५ नं. ले एकै मुद्दाका हार्ने झगडिया मध्ये कसैको पुनरावेदन परी इन्साफ जाँचिदा सजाय उल्टीन जाने भयो भने पुनरावेदन नगर्नेको हकमा समेत इन्साफ जाँचि दिनुपर्ने व्यवस्था गरेको देखिन्छ । प्रस्तुत विवादमा वारदात नै डाँकाबाट रहजनी भई केही उल्टी भएको र सजाय पनि कम हुने अवस्था रहेको हुँदा पुनरावेदन नगर्ने स्कुल मियाँको हकमा पुनरावेदन नगरेकै कारणले मात्र पुनरावेदन अदालतको फैसला सदर गर्ने मिलेन । (प्रकरण नं. ८) पुनरावेदक/प्रतिवादीको तर्फबाट :- प्रत्यर्थी/वादीको तर्फबाट :- विद्वान् उपन्यायाधिवक्ता सूर्यराज दाहाल अवलम्बित नजिर :- सम्बद्ध कानून :- मुलुकी ऐन, अदालती बन्दोबस्तको २०५ मुलुकी ऐन, चोरीको ५, १२(३), १४(३)(४) मुलुकी ऐन, दण्डसजायको ३८(१) सुरू तहमा फैसला गर्ने : मा.न्या. श्री निलकण्ठ उपाध्याय पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री जगदीश शर्मा पौडेल मा. न्या. श्री बलराम विष्ट फैसला न्या. बैद्यनाथ उपाध्याय :- पुनरावेदन अदालत, बुटवलबाट मिति २०६६।१२।१० मा भएको फैसलाउपर प्रतिवादी बलिराम कोहारले जिल्ला कारागार कार्यालय पर्सामार्फत यस अदालतमा निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम निस्सा प्रदान भई पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ :– मिति २०६५।१।७ गतेका दिन जय अम्बे किराना स्टोर्स तौलिहवाबाट चुरोट बिक्री गर्न चाकर चौडातर्फ गएका बजार प्रतिनिधि त्रिवेणीकुमार गुप्ताको साथमा भएको नगद रू. २,००,०००।– मोबाइल सेट थान १ समेत पिपरा गा.वि.स. वडा नं. ६ सिसवा पुल नजिक सडकमा स्कुल मियाँ र बलिराम कोहारले जबरजस्ती चोरी गरी फरार रहेकामा तत्काल प्रहरीको सहयोगबाट निज डाँकाहरू पक्राउ परेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोरासमेतको जाहेरी प्रतिवेदन । जिल्ला कपिलवस्तु गा.वि.स. पिपरा वडा नं. ६ स्थित पूर्व खाली खेत, पश्चिम खाली खेत, उत्तर सिसवा पुल र दक्षिण बलराम शुक्लाको घर यति चार किल्लाभित्र पकडी चाकरचौडा सडक खण्डमा ना. १ ख ८०६२ नं. को मिनि ट्रकलाई हतियारधारी समूहले पेस्तोलसमेत देखाई नगद तथा मोबाइल सेट लुटी लगेको भनिएको घटनास्थल मुचुल्का । मसमेतको सहमतिमा ना. १ ख. ८०६२ नं. को ट्रकको सेल्सम्यानको साथमा भएको नगद र मोबाइल सेट थान १ समेत जबरजस्ती चोरी गरी बलिराम कोहार, नसिब मुसलमान र अलीन बन्जारसमेत भई बन्डा गर्दा मेरो भागमा रू.२८,५००।– परेको र सो रूपैयाँ रहमतुल्ला मुसलमानलाई राख्न दिएको अवस्थामा म पक्राउ परेको र बलिराम कोहारको साथबाट रू.१९,५७४।- नगद र मोबाइल सेट बरामद भएको हो । नसिब मुसलमान भागेका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी स्कुल मियाँ अन्सारी (मुसलमान) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज । नसिब मुसलमानको योजनाअनुसार ना.१ ख.८०६२ नं. को ट्रकका सेल्सम्यान त्रिवेण