निर्णय नं. ९४४० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४४० - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/०२/१० ३३०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति :- २०७२।०२।१०।१ ०६७-WO-०४२२ विषय :– उत्प्रेषण । निवेदक :- सिराहा जिल्ला डुमरी गा.वि.स वडा नं.६ बस्ने सुनैना यादवनी । विरूद्ध विपक्षी :- सिराहा जिल्ला डुमरी गा.वि.स. वडा नं.६ बस्ने लरूवती यादवसमेत । कुनै विषयमा नालिस गर्न तत्काल बहाल कानूनले किटान गरेको हदम्याद गुज्री सकेको अवस्थामा पछि हदम्यादसम्बन्धी ऐन संशोधन भएकै कारणले मात्र गुज्री सकेको हदम्याद थामिन सक्दैन । यसप्रकार काम भए गरेको समयबाट २ वर्षभित्र फिराद गरी सक्नुपर्ने हदम्यादसम्बन्धी कानूनी व्यवस्था आकर्षित हुने भै २०४७ सालमा भएको उक्त कार्यका सम्बन्धमा २०५९।५।२७ मा संशोधन भई हाल बहाल रहेको हदम्यादसम्बन्धी कानूनी व्यवस्था आकर्षित हुन सक्ने नदेखिने । (प्रकरण नं. ५) निवेदकको तर्फबाट :- विद्वान् अधिवक्ता अविनाश कुमार प्याकुरेल विपक्षीको तर्फबाट :- विद्वान् अधिवक्ता सन्तोषकुमार पाण्डे अवलम्बित नजिर :- सम्बद्ध कानून :- कीर्ते कागजको १८ नं. फैसला न्या. बैद्यनाथ उपाध्याय :- नेपालको अन्तरिम संविधान, २०६३ को धारा २३ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य आदेश यसप्रकार छ :– १. निवेदन व्यहोरा: जिल्ला सिराहा गा.वि.स. डुमरी वडा नं. ६ बस्ने जहरी दुसाधनीको पति स्व. भुला पासवानका नाममा घरबास मिन्हीमा दर्ता रहेको २००३ सालको नापिको जिल्ला सिराहा प्रगन्ना रामपुर मौजे डुमरी मालको उत्तर, निज दक्षिण, मंगल मुसहर पूर्व, डगर पश्चिम यती चार किल्लाभित्रको सा.कि.नं १२ को ज.वि.०-०-५ जग्गा जहरी दुसाधनीले मिति २०२६।६।१५, २०२६।७।१०, २०२६।८।६, २०२६।९।२१ र २०२६।१०।२२ मा एक धुर गरी रू. ९८ मोलको तत्कालीन कानूनअनुसार मलाई रीतपूर्वक घरसारको सुक्रि बिक्री राजीनामाको कागज लेखि दिएको दिनदेखि मैले निर्विवादरूपमा उक्त घरबास मिन्ही जग्गा भोग चलन गर्दै आइरहेकी छु । उक्त जग्गा हाल सर्वे नापी नभई जिल्ला सिराहा गा.वि.स. डुमरी वडा नं. ६ को गाउँ ब्लकभित्रको घरबास मिन्ही जग्गा हो । उक्त जग्गा विपक्षी इनरदेवी पासवानको सासु जहरी दुसाधनी र विपक्षी लरूवती यादवनीको पति मनिकलाल यादवबीच सा.दे.नं. ७८५ को लेनदेन मुद्दा परी मिति २०४६।२।२२ मा फैसला भई २०४६ सालको बिगो नं.२९३/२२ मा कारवाही गराई मिति २०४७।६।४ मा मनिकलाल यादवले आफ्नो नाममा लिलाम सकार गरी २०४७।६।१८ को पर्चाबमोजिम मिति २०४७।६।२१ मा चलनपुर्जीसमेत लिई सोही जग्गा गा.वि.स. को मिति २०६६।११।३ र २०६६।११।४ को झुट्ठा सिफारिस बनाई विपक्षीमध्ये लरूवती यादवले आफ्नै भतिजा नाताका विपक्षी नबल किशोर यादवलाई मिति २०६६।११।६ का दिन मालपोत कार्यालय सिराहाको र.नं. ८४३३ को हालैको बकसपत्रको लिखतबाट हक हस्तान्तरण गरेको कुरा उक्त जग्गामा विपक्षीहरूले जबरजस्ती घर बनाउन खोजेकाले पुनरावेदन अदालत, राजविराजमा निषेधाज्ञा मुद्दा दायर गरेपछि थाहा पाई सम्पूर्ण कागजातहरूको नक्कल मिति २०६६।१२।१ मा सारी लिई जानकारी भयो । विपक्षीहरूले उपर्युक्तबमोजिम मेरो हक मेट्ने गरी कीर्ते जालसाज गरेको हुँदा मुलुकी ऐन कीर्ते कागजको १ र ३ नं. को कसुरमा ऐ. को १० र ११ नं बमोजिम सजाय गरिपाउँ भनी ऐ. को १८ नं. बमोजिमको हदम्यादभित्र फिरादपत्र लिई सिराहा जिल्ला अदालतमा जाँदा सिराहा जिल्ला अदालतका नि. स्रेस्तेदार